More Articles
Articles » सेते दमाईको हत्या घटनाले खर्चेको हाम्रा दश दिन
सेते दमाईको हत्या घटनाले खर्चेको हाम्रा दश दिन
Posted: September 9, 2011
-अमर सुनार
भदौ १३ गते तोली गाविस-२ धनीगाउँमा भएको सो घटनाको विषयमा १४ गते विहानै ४ बजे टेलिफोनबाट नारायण नगरपालिका-६ का कृष्ण खत्री र उनका भाइ डिल्लीले खुकुरी प्रहार गरको प्रारम्भिक खवर पाएपछि म र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला अध्यक्ष रेशम बिश्वकर्माले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज खड्कालाई भनियो । 
त्यस घटनाको खवर गरेकी स्थानीय ज्योती रानाले प्रहरी नआएर विरामी लिन कठिनाई जनाएकी थिइन । तर विरामी पठाउन प्रहरी नपर्खन मैंले उनलाई भने अनि उपचारका लागि दैलेख तर्फ ल्याउदै तयारी भएकै बेला विहान साढे ८ बजेतिरको समयमा नौमूलेबाट प्रहरी टोली आएर घटना मुचुल्का बनाउदै गर्दा विरामी र नवविवाहित जोडी विहान ९ बजेतिर त्यहाँबाट िहंडेको र बाटोबाट पनि खवर आइरहेको थियो । 
त्यो दिन हिन्दू धर्मालम्वी नारीहरुको प्रमुख चा तीजको अवसरमा सदरमुकामको टुडिखेल चौरमा आयोजित तीज गीत प्रतियोगितामा दलित जनवकालत साजालको तर्फबाट दलित महिला संघको अगुवाईमा सहभागी तीज गीत प्रतियोगिता समूहलाई हौसला दिन र व्यवस्थापकीय काम पनि हामीसंग भएकोले तीज गीत प्रतियोगितातिर र घाईते कतिवेला अस्पताल आई पुग्छन् दुबैतिर बढी चनाखो भई ध्यान दिइरहेका थिएऔं यसवीच ३ बजेतिर मात्र जिल्ला अस्पतालमा घाईते पुर् याइएको खवर थाहा पाएऔं । 
यता पौने ४ बजेतिर हाम्रो समूहको तीज गीत प्रस्तूत भयो अनि म रेशम बिश्वकर्मा सूर्य बिश्वकर्मा र बालाराम नेपाली ४ जना अस्पताल पुग्दा उपचार सुरु भइसकेको थियो । त्यहाँ अस्पताल प्रमुख डा। खगेन्दजंग शाहलाई भेटेर घाईतेको बारे जानकारी माग्दा सेते दमाईको छातिमा हानिएको चक्कूले भित्र फोक्सोमा घाऊ भइसकेकोले बाँच्ने संभावना कम छ भने । तैपनि ूसास छउाजेल आस !ू 
घाईतेका साथ आएकाहरुलाई सोध्दा २ रुपैंयाँ नल्याएको बुझियो । अनि सापटी लिई विरामीका साथ जाने रुपेश थापाको हातमा नगद ५ हजार दिइयो उधारो ७ हजारमा गाडीको व्यवस्था गरी पठाइयो । घाईते सुर्खेत अस्पतालमा पुर् याए लगतै उपचार सुरु नै गर्न नपाई राति साढे ९ बजे ज्यान गएको खवर प्राप्त भयो । त्यो खवर दैलेख प्रहरी प्रमुख डीएसपी दिपक बस्नेत र इन्सपेक्टर नवराज खड्का अनि केही पत्रका साथीहरुलाई पनि भनेऊ । 
१५ गते दिनभर बिधुतीय संचार माध्यमहरुले ूछोराले अन्तरजातीय विवाह गरेकै कारण सेते दमाईको हत्याू भएको समाचार महत्व दिएर यो उठाए हामी भने सुर्खेतमा क्षेत्रीय अस्पतालले लास पोष्ट मार्टम गर्न कहिल्यै सुर्खेत प्रहरीमा जाहेरी दिनु पर्छ भन्यो त कहिल्यै दैलेख प्रहरीको पत्र चाहिन्छ भनेर सुर्खेतमा घाईतको उपचारका लागि साथमा गएका रुपेश थापा र हामी दैलेखमा दिनभर हैरानी भएऔं तर १५ गते लास पोष्ट मार्टम भएन । बल्ल-बल्ल भदौ १६ गते दिउँसो मात्र पोष्टमार्टम गराएर त्यही दिन शव बाहनमा दैलेख सदसरमुकामसम्म ल्याई पुर् याइयो शव बाहनको पैंसा ५ हजार तिर्न फेरी हम्मेहम्मे पर् यो । धेरै ठाउँ भनियो उद्योग बाणिज्य संघका अध्यक्ष शान्ति शर्माले २५ सय र आवाज संस्थाकी टीम लिडर तारा खड्काले ६५० बाहेक कसैले १ रुपैंयाँ दिनन् । कति व्यापारीले त हामीलाई टेलिफोनबाट कुरा गर्दा ूआऊू भनेर बोलाए तर दिउँसै पसल बन्द गरे । 
शवलाई १६ गते नै तामेखोला पुर् याइएको थियो । दैलेख सदरमुकामबाट पनि संस्थाका साथीहरु पुग्नु पर्छ भनियो तर म बालाराम नेपाली र दिलीप बिक मात्र भदौ १७ गते विहान जान लाग्दा मलामी जानु पर्ने तोलीका ६ जनालाई होटलमा खाना खुवाई हतारले दिउँसो १ बजे मात्र तामेमा पुगेऔं त्यहाँ तयारी गर्न बाँकी थियो । साढे २ बजेदेखि सुरु भएको शवयात्रा ४ बजे दाहासंस्कार गर्ने चिहान घाटमा पुर् याई साढे ४ बजेतिर सेते दमाईका ३ छोराबाट दाग बत्ति दिइयो र साँझ साढे ७ बजेतिर दाहसंस्कार सकिएपछि हामी पनि धनी गाउँको उकालो लागियो । 
भदौ १७ गतेको राति कि्रयापुर्तिसंग बसी भोलिपल्ट राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द नेपाली लगायतको टोली घटनाको अनुसन्धानको लागि आउँदै छ भन्ने पूर्व जानकारी भएकोले १८ गते विहानैदेखि घटनाको बारे सूचना संकलन गरियो । 
राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द नेपाली लगायतको अनुसन्धानको टोली १८ गते दिउँसो ३ बजे मात्र त्यहाँ पुगे लगतै स्थानीय बासिन्दा र अनुसन्धान टोलीले तपाईंलाई धेरै जानकारी छ बताउनुस् भनेपछि मैंले नै आफूले पाएको जानकारी त्यहाँ बताएँ । 
पछि केही संक्षिप्त प्रश्न अनि आफ्नो सहयोग प्रतिवद्धता दिई अनुसन्धान टोली र असुरक्षा महशुस गरेकाले नवविवाहित जोडी पनि हामीसंगै साँझ ४ बजे सदरमुकाम तर्फ िहंडेऔं । तामेखोला पुल तरेपछि करिव पानी पर् यो हामी १६ जनाको टोलीमा मेरो सहित ४ वटा मात्र छाता भएकाले झिजेमा बिग्रन क्यामेरा मोवाइल लगायतका सामान छाता ओड्ने साथीलाई राख्न दिई बाँकी साथीहरु पानीमा भिज्दै िहंडेऔं सोतको बिनी पिपलडाँडाामा आई पुगेपछि पानी बिदो भयो । साँझ पनि परिसकेको थियो देशीगाडे बजारबाट जाने कि धिताँबाट जाने भन्ने दुविदावीच फेरि धिताँबाट सबै जना आइयो । राति १० बजे मात्र सदरमुकाम आएम सबै जना लुथ्रुक्क भिजेर । 
भदौ १९ गते दिनभर नै आयोगका सदस्य लगायतको काठमाण्डौंबाट आएको टोली र दलित जनवकालत साजालको संयुक्त बैठकमा केन्द्रमा सेते दमाईको हत्या भएको विषयमा समीक्षा राज्यका तहबाट क्षतिपूर्ति लिने र दोषीलाई कडा कार्वाही कसरी गराउन सकिन्छ भन्ने बारे छलफल तथा विचार-बिमर्श भयो । 
भदौ २० गते सेते दमाईको मृत्यू दर्तादेखि सन्तबहादुर र राजकुमारीको नागरिकता प्राप्ती सम्वन्धी कामका लागि तोली गाविस कार्यालयबाट सम्पूर्ण काम सम्पादनमा म कमल बिश्वकर्मा र बालाराम नेपाली दिनभर नै लागेऔं ।
भदौ २१ गते सन्तबहादुरको नागरिकता बनाउन म र पार्वती बिशुन्के दिनभर नै लागेऔं । भदौ २२ गते पुनः प्रहरीलाई थप प्रमाण कागज जुटाउनेदेखि २३ गते सेते दमाईलाई शहीद घोषणाको माग नेपाल सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत दिइने ज्ञापन-पत्र दिनेसम्मका कामका लागि १० दिन पूरा खर्च भएछन् । 
जस र अपजसका कुरा 
यो घटना दलित अधिकारसंग जोडिएकोले हामीलाई सोध्नेहरु सबैलाई हामीले भनेका छौं ूप्रहरी प्रशासनको सहयोग राम्रो मिलेको छ ।ू तर प्रशासनले भने केटा र केटीको सुरक्षालाई दलित संस्थाहरुले जस लिनको लागि यो कुरा उचालेका छन् भनी प्रतिकि्रया दिइन्छ रे । 
भदौ ३० गते यही अन्तरजातीय विवाहको सन्दर्भमा कुट्ने तुलबहादुर चन्द उनकी आमा रत्ना र प्रेमबहादुर शाहीलाई त्यतिबेलै प्रहरीले थुनेको भए यो ज्यान जाने घटना गराउने योजना बन्न सक्थेन । दाहसंस्कार गर्ने ठाउँमा प्रहरी पठाई दिन मैंले आफै डीएसपी सावलाई भनेको थिएँ प्रहरी १ जना पनि पठाइएन । 
अनि सेते दमाईको कि्रया सकिने दिन भदौ २४ गते बिवाहित जोडीको घर र माईतीको वीचमा पर्ने भाङ्गघारी विद्यालय चौरमा त्यही राति मेला लाग्दैछ यसमा पनि ख्याल पुर् याएन भने पीडित माथि थप पींडा थप्ने अर्को घटना हुन सक्छ । 
ूदलित बस्तीमा ठकुरी ३ घर मात्र हुन् बरु ठकुरी असुरक्षित छनू भनी जिम्मेवारी व्यक्तिहरुको अभिव्यक्ति दिन थालेका छन् । त्यसो भए कुन दिन दलितबाट ती ठकुरी पिटिए न भए सोझो हेरेर कुनै एक दलितले कुनै ठकुरी कुरा गर्ने आँट गर् यो उदाहरण दिनुस् कि सेते दमाई मारिएको देखेका छैनौ 

छुवाछुत मुक्त राष्ट्रमा सरकारले नै अन्तरजातीय विवाहलाई प्रोत्साहन गरी जातीय विभेद उन्मूलन गर्ने नीति लिएको बेला अन्तरजातीय विवाह गर्ने यो तस्वीरका जस्ता कति सन्तबहादुर दमाई र राजकुमारी शाहीले बुबा-आमा वा आफन्त कि आफैले सहादत दिनु पने हो ।
Supporters / Sponsors :