More Articles
Articles » अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
Posted: March 18, 2010
कृष्ण दर्नाल
रुपैया पैसाको आविष्कार हुन भन्दा अघि देखि सुरु भएको बालीघरे प्रथामा काम गर्ने चलन नेपाली समाजमा अझै पनि दलित समुदायले अगाल्न बाध्य भएका छन् ।
बालीघरे प्रथालाई उन्मूलन गर्न सरकारले बेवास्ता गरेकै कारण पुस्तौ पुस्तादेखि सिलाई पेशामा काम गर्ने परियार जाती र फलामका घरासी प्रयोजनका लागि हातहतियार निर्माण गर्ने विश्वकर्मा जातीले आजको एक्कासौ शताब्दीमा पनि बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन ।
दलित समुदाय अन्र्तगत परियार जातीले विष्टको कपडा सिलाईदिए वापत र विश्वकर्मा जातीले विष्टको फलामको काम गरीदिए वापत पाउने निश्चित अन्न बाली धान मकै कोदो लगायतका बाली प्रथामा गरिने कामबाट यो समुदाय आर्थिक रुपमा ठगिदै आएको छ ।
पाल्पा जिल्लाको ६५ गाविसमाहरु कचल भुवनपोखरीताहू सिलुवा झडेवाकसेनी जल्पा देवीनगर बहादुरपुर लगायतका गाविसहरुमा बालीघरे प्रथामा काम गर्ने पुरानो रोगले दलित समुदायलाई अझै पनि सताएका रहेकॊ छ । दलित समुदायले वर्ष भरि बाली घरे प्रथामा काम गरेता पनि जिविकोपार्जन गर्न नै यो पेशा कठिन हुन लागेको छ । दलित समुदायलले खोलेका होटल व्यवसायहरु संचालन हुन कठीन भएका कारण आजको सुचना र प्रविधिको युगमा दलित समुदायले अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन ।
बालीघरे प्रथामा काम गर्दा दलित समुदायले विष्टको घरमा पुगेर काम गर्नुपर्ने बाध्यता अझै पनि रहेको देखिन्छ । ज्यालाको रुपमा पाइने अन्न बाली लिन पनि उनीहरुको घर खेतमा पुग्नु पर्ने सामन्ती प्रथामा काम गर्न बाध्यता रहेको कुरा बाली घरे प्रथामा काम गर्ने दलित समुदायको गुनासो रहेको छ ।
बालीघरे प्रथामा वर्ष भरि काम गरेपनि नौ दश पाथी धान वा मकै वा कोदो लगायतका बाली पाइने भएकाले गर्दा यो समुदाय आर्थिक रुपमा शेषणमा परेको हो । बालीघरे प्रथामाा गरिने कामभन्दा व्यवसायिक रुपमा चलाएका टेलरिङ पसलमा काम गदौ दोबर पैसा तिर्दछन तर बाली प्रथामा काम गर्दा वर्षमा नौे दश पाथी अन्न बाहेक अन्य केही पनि नपाउदा गुजारा चलाउन नै कठिन हुन अवस्था सिर्जना भइसककाले अन्य काम गर्नु परेको छ । यो प्रथामा काम गर्दा पैसा देख्न रहर हुने पाल्पा जिल्लाको फेक गाविसका प्रेम कुमार नेपालीकॊ गुनासो रहेको छ ।
दुई मुडी चामलमा साहुका लुगाा सिउनेहरु जति फलाम ठोके पनि दुःखी जिवन जिउनेहरु दलित समुदाय वर्षभरि बालीघरे प्रथामा काम गरेतापनि जिविकापार्जन गर्न नै धौ धौ बन्न थालेको छ । फेक गाविसको आठ नौ वडासम्म काम गरेतापनि दशै तिहार मनाउनका लागि साहुको घरका ऋणको लागि धाउनुपर्ने बाध्यता अझै पनि बालीघरे प्रथामा काम गर्न दलित समुदायको रहेको नेपालीले बताउछन् । वर्षभरि यो पेशामा काम गरेतापनि छोराछोरी पढाउने खच्र बिरामी हुदा उपचार खर्च जुठाउनका लागि ऋण खोज्नु पर्ने बाध्यता रहेको नेपालीलॆ गुनासो पोख्र्दछन् ।
फलामको काम गर्दा कडा श्रम हुने भएतापनि त्यस अनुरुपको प्रतिफल पाउन नसकिएको गुनासो फेक गाविस वडा -७ सोमहरका धनबहादर विश्वकर्माले रहेको छ । ूआरनमा काम गरे अनुसारको ज्याला पाउन सकिएको छैन । त्यसैले गर्दा घरखर्च जुटाउन पनि कठिन भएको छ ।ूधनकहादुरले बताउछन ।
सामान्य विरामी हुदा पनि हामीले साहुको घरमा ऋण खोज्न जानुपर्नै स्थिति अझै पनि छ । बाली घरे प्रथालाई उन्मुलन गरी नगदमा कारोबार चलाउनुपर्नेमा विश्वकर्माको जोड रहेको पाइन्छ । आफुले यो पेशा अगालेर आर्थिक रुपमा शेषण खेप्नु परेको र सामाजिक रुपमा अपमानित बन्नु परेकै कारण भावी पुस्तााले यो पेशा भन्दा पढाएर अन्य पेशामा लाग्नुपर्ने उनले जोड दिदै आएका छन् । बालीघरे प्रथामा काम गर्दा दलित समुदाय आर्थिक रुपमा शेषित र सामाजिक रुपमा अपमानित हुन परेका अवस्था रहेको छ । समाजमा बालीघरे प्रथामा काम गर्दा छुवाछुतको सिकार बन्नु परेकोले गर्दा पनि पछिल्लो पुस्ता यो पेशाप्रति रुष्ट बन्दै गएको कुरा दलित जनहित सेन्टरका अध्यक्ष केशव दर्नालले बताउँछन् ।
दलित समुदायलले अगालेको बालीघरेप्रथामा काम गर्दा श्रमको उचित रुपमा ज्याला पाउन नसकेको र समाजमा बालीघरे प्रथामा काम गरेवापत थप सामाजिक पिडा छुवाछुतको सिकार बन्नु पनर््ो कारण पछिल्लो समयमा युवाहरु यो पेशा छोडेर पैसा कमाउनका लागि विदेश पलाएन हुनको संख्या वृद्धि भएको छ ।
ूबालीघरे प्रथामा काम गर्दा दलित समुदाय आर्थिक रुपमा शोषणमा पर्ने भएकाले यो समुदाय काम गर्दा गदै पनि गरीवीको रेखामुनि बाँच्न बाध्य भएकोूतानसेन बहुमुखी क्याम्पस पाल्पा तानसेनमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत समाजशास्त्रका विद्यार्थी तोपेन्द्र विश्वकर्माको तर्क छ । त्यसैले यो प्रथालाई आधुनिक प्रथामा बदली नगर प्रणालीमा काम गर्नु पर्ने आवश्यक रहेकोमा विश्वकर्माको जोड छ । नेपाल दलित मुक्ति मोर्चा पाल्पाका सचिव मिलन विकले बालीघरे प्रथालाई राज्यले समाजबाट उन्मुलन गरी नगद प्रथामा काम गर्न सकने वातावराण सिर्जना गर्न सकेमा दलित समुदायको आर्थिक सामाजिक रुपमा उनीहरुका स्तरमा वृद्धि हुने कुरा बताउँछन् । विकका अनुसार राज्य सत्ताले बालीघरे प्रथा हटाउन सकेमा दलित समुदायमा रहेका पुस्तौली पेशा संरक्षण हुनेमा जोड दिए

दर्नाल तानसेन बहुमुखी क्याम्पस पाल्पामा
स्नातक तह तेसो वर्षमा अध्ययनरत हुनुहुन्छ (आमसंचार तथा पत्रकारिता विषयमा) ।
darnal.krishna@yahoo.com
« Go Back
Supporters / Sponsors :