More Articles
Articles » २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
२१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
Posted: March 21, 2010
- पदम विश्वकर्मा
आजको दिन (२१ मार्च) ४५ औं अन्तर्रर्ााट्रय जातिभेद उन्मूलन दिवस हो । यो दिवसको स्मरण गर्दा भर्खरै सम्पन्न सैयौं अन्तर्रर्ााट्रय श्रमिक महिला दिवस जो सामन्ती पितसत्तात्मक उत्पीडनका विरुद्ध प्रतिरोध दिवसका रुपमा नेपाली राजनीतिक र·मञ्चमा नेपाली श्रमजीवी महिलाहरूले भव्यतापर्ूवक मनाएको सर्न्दर्भ जोडिन्छ । यो दिवसलाई क्रान्तिकारी दलित मुक्ति आन्दोलनले कुन रुपमा हेरिरहेको छ भन्ने कुरा आम जनमानसमा जिज्ञासा पैदा हुनु स्वभाविक बन्न गएको छ । तर्सथ नेपाली दलित मुक्ति आन्दोलनमा नगन्य रुपमा मनाइने गरेको कुरालाई स्वीकार गर्दै हाम्रो संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा जसले ८० प्रतिशत भन्दा बढि दलितहरूको संगठित आवाजको प्रतिनिधित्व गर्दछ, २१ मार्च अर्थात अन्तर्रर्ााट्रय जातिभेद उन्मुलन दिवसलाई कुन रुपमा हर्ेदछ भन्ने भन्ने विषयलाई समेट्दै यो आलेखलाई तयार पार्न प्रयास गरिएको छ ।

जतिखेर दोस्रो विश्वयुद्धको समाप्तिपछि १० डिसेम्बर १९४८ मा मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र जारी गरिएको थियो, ठीक त्यसको १२ वर्षछि र·भेद तथा जातीय विभेदको चरम मारमा परेका दक्षिण अप्रिmकी जनताले र·भेद तथा जातीय विभेद बिरुद्ध आन्दोलन शुरु गरेका थिए । र·भेदी तथा जातीय विभेद विरोधी आन्दोलनको सबैभन्दा ठूलो पर््रदर्शन २१ मार्च सन् १९६० मा भएको थियो । जातीय विभेद र र·भेद आन्दोलन बिरुद्धको पर््रदर्शनमा र्सार्पभिल्लेमा उत्रिएका पर््रदर्शनकारी जनतामाथि तात्कालीन दक्षिण अप्रिmकन जातिवादी पासाल सरकारले गोली वषर्ाएर ६९ जनाको कायरतापर्ूण्ा ढ·ले हत्या गरेको थियो । अन्तर्रर्ााट्रय जातीय विभेद बिरुद्धको आन्दोलनको इतिहासमा सबैभन्दा फासिष्ट दक्षिण अप्रिmकी सरकारको क्रुर दमनको सिकार भएका आन्दोलनकारीहरूको त्यो बलिदानीपर्ूण्ा दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्रसंघले सन् १९६६ देखि नै २१ मार्चलाई “र·भेद तथा जातीय विभेद बिरुद्ध अन्तर्रर्ााट्रय दिवश” मनाउने निर्ण्र्ाागरेको थियो । यद्यपी दक्षिण अप्रिmकन जनताको मुक्ति आन्दोलनको नेतृत्व गरेका नेल्शन मण्डेलाले २७ वर्षजेल जीवन बिताए पनि उनको पार्टर्ीीनेश्नल कन्प|mेन्स्” ले समग्र शोषित-पीडित वर्गलाई भने समेट्न असफल भयो । उनीहरूले समग्र वर्गीय मुक्ति आन्दोदनको नेतृत्व गर्नुको सट्टा गोराहरूको बिरुद्ध कालाहरूको मात्र नेतृत्व गरेकाले पनि काला जातिहरूको पर्ूण्ार् मुक्ति हुन सकेन र आन्दोलनको सफलतापछिको अवस्थामा गोरा जातीय शोषकको सट्टा काला जातीय अभिजात वर्ग शोषक बने । त्यसैकारण दक्षिण अप्रिmकाको स्वतन्त्रता आन्दोलनको ४४ औं दिवस मनाइरह“दा पनि काला जातिहरूको समस्या हल हुन सकेको छैन । यद्यपी सैयौं बर्षेखि वर्गीय, जातीय, क्षेत्रीय, लै·कि र धार्मिक विभेदको सिकार भएका नेपाली उत्पीडित जनता र उत्पीडक शासकहरू बीचमा कुनै न कुनै रुपमा संर्घष्ा चलिरहेको नेपाली समाजमा यो दिनले विशेष गरी सन् १९९० पछिका बर्षरूमा स्थान पाउ“दै आएको छ । नेपाली समाजमा हजारौं बर्षेखि पशुभन्दा पनि तल्लो स्तरको जिन्दगी जिउन बाध्य नेपाली दलितहरूको मुक्तिका लागि लडिरहेका तमाम क्रान्तिकारी आन्दोलनकारीहरूका लागि यो दिवस नया“ शिक्षा र उर्जाको रुपमा लिने गरिएको छ ।

यसपटकको अन्तर्रर्ााट्रय जातिभेद उन्मुलन दिवस भव्यतापर्ूवक मनाउनका लागि राष्ट्रिय दलित आयोग लगायत नेपाली दलित मुक्ति आन्दोलनमा क्रियाशिल केही दलित संगठन तथा एन.जि.ओ.हरूले राम्रै तयारी गरेका छन् । जातीय भेदभाव सम्बन्धी अन्तर्रर्ााट्रय महासन्धीमा नेपालको तर्फाट सम्झौता भइसकेको र नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकोले नेपाली दलित मुक्ति आन्दोलनलाई अन्तर्रर्ााट्रयकरण गर्ने दिशामा यो दिवस एउटा अवसरको रुपमा प्रयोग हुनु पक्कै पनि सुखद पक्ष हो । जातीय उत्पीडनस“ग सम्बन्धीत संघ/संगठन तथा सरोकारवालाहरूले यो दिवस मनाउ“दै आउ“दा नेपाली क्रान्तिकारी दलित मुक्ति आन्दोलनस“ग सम्बन्धीत बलिदानीपर्ूण्ा आन्दोलनको क्रममा ११ सयभन्दा बढी नेपाली दलित समुदायका असल छोराछोरीहरूको शहादत, हजारौं दलितहरूको त्याग, बीरता र बलिदानको स्मरण गर्नैपर्ने हुन्छ । जसले नेपाली दलितहरूको समस्यालाई वर्गीय आन्दोलनबाटै हल गर्ने उद्देश्यले सञ्चालन गरिएको महान जनयुद्धस“ग दलितहरूको रगतको नाता गा“सिएको प्रमाणित गर्दछ । महान जनयुद्धको पहिलो शहीद बन्ने अवसर पनि दलित समुदायका दिलबहादुर रम्तेललाई प्राप्त भएको छ, जसलाई २०५२ फागुन १४ गते फासिष्ट प्रशासनले गोली हानी हत्या गरेको थियो । त्यसैगरी २०५४ साल चैत्र २६ गते कालिकोटका निशस्त्र दलित समुदायमाथि दमनमा उत्रिएका दर्जनौं हतियारधारी प्रहरीजत्थाको दमन उत्पीडनको प्रतिरोध गरेर नेपाली दलित र महिला मुक्ति आन्दोलनमा गौरवशाली दिन बनाएका छन् । निःशस्त्र दलित महिलाहरूले प्रहरीको हातबाट राइफल खोसेर प्रतिरोध गर्नु वास्तवमै सानो कुरा होइन । २०५७ साल चैत्र १७ गते ६ जना महिलाहरूले गोरखाको जेल ब्रेक गरेका थिए, जहा“ २ जना दलित महिलाहरू एञ्जेला बि.क. र रीता बि.क. सहभागी थिए । यस्ता बहादुरी, वीरता र बलिदानीले भरिएका महान तथा ऐतिहासिक दिवसहरू दलित मुक्ति आन्दोलनका उपज हुन् । जसलाई उल्लेख सम्म नगरी मनाइने अन्तर्रर्ााट्रय दिवसको नियतमाथि प्रश्न उठ्नु स्वभाविक हुन्छ । नजिकको जोगी गिद्ध, टाढाको जोगी सिद्ध भनेझै नेपाली दलित मुक्ति आन्दोलनको उपरोक्त गौरवमय दिनहरूलाई नदेखिकनै आज भन्दा पा“च दशक अगाडिको दक्षिण अप्रिmकाको बर्ण्र्ाामात्रै गरिनु र नेपालमा अन्धानुकरणको कुरा गरिनु भनेको नेपाली दलित समुदाय माथि अपमान र दलित मुक्ति आन्दोलनप्रति गम्भीर अन्याय हुन्छ । यी माथिका दिवसहरू, घटनाहरूलाई अन्तर्रर्ााट्रकरण गरियो भने मात्रै २१ मार्च मनाउनुको र्सार्थकता हुनेछ । त्यसो त अन्तर्रर्ााट्रय जातीय विभेद उन्मूलन दिवस मनाउने नाममा लाखौं डलर खर्च गरी तारे होटलहरू बुक गरेर मनाइने भनेर आरोप खेपिरहेको यो दिवसलाई मितव्ययी, पारदर्शी, बढी भन्दा बढी जनसहभागीमूलक, आत्मनिर्भर, नेपाली दलित मुक्तिका लागि प्रेरक दिवसको रुपमा मनाउनु जरुरी त भएकै हो । यथार्थमा उक्त दिवसको स्मरण गर्दा सामन्ती, विखण्डनकारी, साम्प्रदायिक, साम्राज्यवादीहरूको लगानी, दृष्टिकोण र विचारको घेराभन्दा माथि उठेर वास्तविक मेहेनतकस नेपाली जनता र मुलुकको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको सर्वोच्चता स्थापित गर्ने दिशामा केन्द्रित हुनर्ुपर्दछ । रक्षाको लागि नै हुनर्ुपर्दछ । विगतदेखि अहिलेसम्म अध्ययन गर्दा आफ्नो स्वार्थको व्यापारिक प्रयोजनको खेती बनाउन कुनै न कुनै रुपमा क्रियाशिल अमेरिकी साम्राज्यवादीहरूको शोषण र उत्पीडनको लुटबाट जबसम्म दलित मुक्ति आन्दोलन मुक्त हुन सक्दैन, तबसम्म न त हाम्रो राष्ट्रिय स्वाधिनताको रक्षा हुन सक्छ, न त हाम्रो राजनैतिक अधिकार सुनिश्चित हुन सक्छ । यतिबेला अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेप र लुटलाई भूमण्डलीस्तरमा विकास गर्दै अघि बढिरहेको छ । साम्राज्यवादले फौजीकरण, र·भेद, नश्लभेद, धार्मिक अन्धता, जातीय सम्प्रदायिकता जस्ता “फुटाऊ र शासन गर” भन्ने पुरानो सुत्रहरूलाई पुनः प्रोत्साहित गर्दैछ । नेपाली भूमिमा विशेषगरी र्सवहारा, दलित तथा किसान वर्गको नेतृत्वमा सञ्चालित महान जनयुद्धलाई निस्तेज पार्न उसले एन.जि.ओ. तथा धार्मिक मिसनको नाममा दलित, महिला, विपन्न र उत्पीडित समुदायबीचमा पुग्ने र चलखेल गर्ने रणनीति अख्तियार गर्दै आएको छ । दोस्रो विश्वयुद्धपछि विकसित गरिएका अन्तर्रर्ााट्रय मूल्य-मान्यता र विधि विधानहरू एवं संघ/संस्थाहरूलाई समेत निरिह बनाउने धृष्टता गर्दैछ । यसका बिरुद्ध अन्तर्रर्ााट्रय र्सवहारा वर्गको वैचारिक नेतृत्वमा ऐतिहासिक र्सवहारा वर्ग दलितहरूलगायत शोषित-पीडित श्रमजीवी जनसमुदायहरू सचेत र र्सतर्क रह“दै एकजुट हुन जरुरी छ । त्यसो त दलित समस्याको सूत्रधार भारतीय विस्तारवादबिरुद्ध समेत दलित मुक्ति आन्दोलन क्रियाशिल गराउन जरुरी छ । भारतीय विस्तारवादी शासककै कारण दलित समस्या दक्षिण एशिया र विशेषतः नेपाल र भारतमा जब्बर रुपमा रहेको ऐतिहासिक तथ्यहरूले पुष्टि गर्दछन् । वास्तवमा दलित समस्याको जातपात-छुवाछूत प्रथाले भारतीय शासक वर्गको स्वार्थको संरक्षण गर्दै आएको छ । त्यसैले उसले दलित समस्यालाई अन्तर्रर्ााट्रयकरण गर्नबाट रोक्न चाहन्छ । यसैको ज्वलन्त प्रमाण २००१ को र्डबान सम्मेलनको तयारी बैठक बैठकमा भारतीय शासकवर्गका प्रतिनिधिको कडा विरोधका कारण छलफलको विषय सूचीबाट “दलित जातीय विषय” हटाइएको थियो । त्यस्तै गत वर्षअर्थात अप्रिल २०-२४, २००९ मा स्विटजरल्याण्डको जेनेभामा “जाति विभेद बिरुद्ध विश्व सम्मेलन २००१” को घोषणापत्र कार्यान्वयन सम्बन्धी समिक्षात्मक सम्मेलन “र्डबान समिक्षा सम्मेलन” सम्पन्न भयो । त्यसमा नेपाली प्रतिनिधिहरूले नेपाली दलित मुक्ति आन्दोलनका सवल पक्ष र बस्तुगत परिस्थितिको बारेमा उठान गर्न प्राय असफल भएको पाइएको छ । त्यसकारण २००१ देखि यता नेपाली दलित मुक्ति आन्दोलनले सामन्ती-व्राह्मणवादी राजतन्त्रात्मक राज्यसत्ता, प्रशासनिक निकाय, साम्राज्यवाद र विस्तारवाद विरुद्धको आन्दोलनको समिक्षा गर्नैपर्दछ । उनीहरूमाथि अझै पनि भइरहेका दमन, ज्यादती, विभेद र अन्याय-अत्याचारको उठान अन्तर्रर्ााट्रय स्तरमा गर्न जरुरी छ । वास्तवमा नेपाली दलितहरू जो कला, सिप र श्रमका अनन्य श्रोत हुन्, तीनीहरू सस्तो वा निःशुल्क मूल्यमा लुटिएका छन् । उनीहरू भूमिहीन छन् । युवाहरू बेरोजगार छन् । अशिक्षित छन् । सामाजिक-सांस्कृतिक शोषण उत्पीडनको एउटा रुप जातपात-छुवाछूत अहिले पनि भिन्न रुपमा जारी रहेकै छ । परम्परागत पेशा नगरेर वा सामन्ती-व्राह्मणवादी संस्कृति तोड्दा गाउ“ निकाला वा सामाजिक बहिष्कारमा परेका छन् । हामीले पढ्ने, सुन्ने र हर्ेर्ने मिडियाहरूको ध्यान सामान्यतया त्यता नजा“दा दलित समस्या नदेखिएको मात्र हो । नत्र दलित समुदाय मात्र होइन, गैर दलितले समेत आत्मसात र अनुभव गरेको दलित उत्पीडनको बिरुद्ध जेहाद छेड्न यसपटकको अन्तर्रर्ााट्रय जातिभेद दिवस प्रेरक बन्न सक्नर्ुपर्दछ । मुलुकमा यी समस्या हल नहुदा आशु“ र आक्रोश पिएर बाचेका २० प्रतिशत भन्दा बढी दलित समुदायलको मुक्तिको खोजीका लागि राज्य गम्भीर बन्नर्ैपर्दछ । दलित आन्दोलनकारीहरू, राजनीतिक पार्टर्ीी गम्भीर बन्नै पर्दछ । विचारको वैज्ञानिकता र उच्चता विना दलित मुक्ति सम्भव छैन । चाहे जतिसुकै बलिदान, त्याग, तपस्या गरे विचार, राजनीति, संगठन र जीवन व्यवहारमा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको प्रयोग विना दलित मुक्ति हुन सक्दैन भन्ने कुरा स्पष्ट भैसकेको छ ।

अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवस मनाइरहदा भर्खरै सम्पन्न महान जनयुद्धको १४ औं बाषिर्कोत्सव (फागुन १) तथा सहीद सप्ताह दिवस (फागुन १४-२१) सम्झना आइरहेको छ । वास्तवमा नेपाली दलित मुक्ति आन्दोलनको कोणबाट यी दिवसहरू ऐतिहासिक हर्षर गौरवमय दिन हो । यी दिनहरू नेपाली समाजमा लुप्त रहेका मानव मुक्तिस“ग सम्बन्धीत पक्षहरू जस्तै दलित समुदायलाई एउटा नविन चेतनाको कम्पायमानमार्फ प्रशिक्षित बनाउ“दै व्रि्रोह र बलिदानीको पर्यायवाची हुन् । दलित समुदायको ऐतिहासिक दुश्मन सामन्ती-व्राह्मणवादी राजतन्त्रात्मक राज्यसत्ताको बिरुद्ध भिषण लर्डाईको सूत्रपात गर्ने दिनहरू हुन् । आम भोका-ना·ा, शोषित-उत्पीडितहरूको मुक्तिको गर्जनको दिन हुन् । नेपाली समाजलाई यथास्थितिमा राख्न र ँजातपात-छुवाछूत’ जस्तो अत्यन्तै निकृष्ट प्रथालाई संस्थागत गर्न कुनै न कुनै कोणबाट मलजल गर्ने देशीय सामन्ती प्रतिक्रियावादी, विस्तारवादी र साम्राज्यवादीहरूको मृत्युको घण्टी बजाउने दिनहरू हुन् । अन्तर्रर्ााट्रय जातिभेद उन्मून दिवस तथा विश्व मानव अधिकार दिवस मनाउनेका नाममा ँहरिया डलर’को खेतिबाटै मुक्तिको सपना देख्ने कतिपय कथित बुद्धिजीवी तथा आन्दोलनकारीहरूलाई नया“ पाठ सिकाउने एउटा बेग्लै शिक्षालयको उद्घाटनको दिन समेत हुन् । समग्रमा नेपाली दलित मुक्ति आन्दोलनको भविष्यलाई नया“ दिशा देखाइदिने, न्यूनतम मानवीय जीवनभन्दा पनि ज्यादै तल्लो स्तरको व्यवहार खेप्न बाध्य नेपाली दलित समुदायका लागि त आफ्नो मुक्तिको सुरुवातको दिन हुन् । यी ऐतिहासिक र गौरवशाली दिनहरूलाई अझै पनि नेपाली दलित मुक्ति आन्दोलनमा एउटा राजनीतिक पार्टर्ीीे मात्रै संर्घष्ा देखेर एकाङ्की र पर्ूवाग्रही रुपमा छा“यामा पार्ने काम हु“दै आएको छ । जसले अन्तर्रर्ााट्रय स्तरमा पक्कै पनि राम्रो सन्देश जादैन । यी कुरालाई हामी दलित आन्दोलनकारीहरूले बुझेनौं भने नेपाली दलित मुक्ति आन्दोलन विगतमा सामन्ती-व्राह्मणवादी राजतन्त्रात्मक राज्यसत्ताले उठ्न दिएन, अब साम्राज्यवाद र विस्तारवाद तथा साम्प्रदायिकतावादले उठ्न दिने छ्रैन । अहिलेको दलितहरूको प्रश्न भनेका राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व सहितको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सामाजिक-सांस्कृतिक अधिकार सुनिश्चिताको प्रश्न हो, जसलाई राज्यले प्रभावकारी रुपमा सम्बोधन नगरी सुखै छैन । त्यसका लागि हामी दलित आन्दोलनकारीहरूले यस कुरालाई राष्ट्रिय र अन्तर्रर्ााट्रय रुपमा एकजुट रुपमा उठाउन सक्यौं भने मात्रै हाम्रो संर्घ« Go Back

Supporters / Sponsors :