More Articles
- सेते दमाईको हत्या घटनाले खर्चेको हाम्रा दश दिन
- छुवाछूत ज्यूँका त्यूँ
- बाबा दलित भनेको के हो ?
- कांग्रेस महाधिवेशन र दलित
- आरक्षणः अपव्याख्याको एक खण्ड
- हामी जातमा कम्युनिष्ट व्यवहारमा वाहुनिष्ट
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था |
||
| गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
Posted: March 30, 2010 उर्मिला बिश्वकर्मा urmila.bl@gmail.com मुलुक २१ औं शताब्दिको संघारमा टॆकेको अवस्थामा विज्ञानले चमत्कार देखाईरहेको यो घडीमा नेपाली समाजमा भने आजसम्म पनि विभिन्न अन्धविश्वास र कुरीतिले जडा गाँडेर बसेको छ । त्यसमा पनि आँधा आकाश ढाँकेको महिलाहरु नै आज यहि समाजमा विभिन्न प्रकारका उत्पिडन र िहंसा र पीडाको जीबन भोग्न बाध्य भएका छन् । नारी पुरुष दुई रथका पाङग्रा भन्ने उखान भएता पनि यो समाजमा नारी सधैं पीडा र अपमान िहंसा अनि असमान जिबन भोग्न बाध्य भएका छन् । आम महिलाहरुको अवस्थामा आज पनि पूर्ण रुपमा सकारात्मक परिवर्तन आउन भने सकेको छैन । यसरी आज सम्म भएका जति पनि राजनैतिक परिवर्तनले फेरि पनि महिलाको बिषयलाई भने आँखा चिम्लेको अवस्था छर्लङग छ । महिला िहंसा चेलिबेटी बेचबिखन घरेलु िहंसा र पँहुचबिहीन जिबन बिताउन बाध्य भएका छन समग्र महिला हाम्रो नेपाली समाजमा । महिला पुरुष बराबरी भन्ने उखान केवल उखानमानै सिमीत भएको छ । यी आम बिषयलाई हेर्दा त आज महिलाहरुको अवस्था यति दर्दनाक र दयनिय र अपरिवर्तनमय छ र भने त्यसमा पनि लिगंको आधारमा हुने भेदभाव र उत्पीडत एकातर्फ समग्र महिलामा छ भने अर्को तर्फ दलित भएकै कारण स्यवंम् महिला भित्रकै माथिल्ला भनिने समुदायबाट शोषण दमन र उत्पीडनको सिकार र राज्यले दलित महिलाको सवाललाई आँखा चिम्लेको अवस्था र विभिन्न कष्ट खप्न विवश भएको अवस्थामा दलित महिलाहरुलाई नै पाउन सकिन्छ । नेपालमा पानी नचल्ने अछुत भनि हेयको दृष्टिकोणले हेरिेने करीब ५० जातीहरु छन् । कानुनी रुपमा जातिगत भेदभावको प्रचलनलाई समाप्त गरिएको साढे तीन दशक भईसक्दा पनि समाजमा जातिगत भेदभाव ब्याप्त छ । जातीय रुपमा भेदभावपूर्ण सामाजिक सम्बन्ध रहेको हाम्रो संस्कार एंव ब्यवहारको सबैभन्दा चर्को भार दलित महिला ले नै ब्यहोर्न परेको छ । नेपालमा छुवाछूत र जातीय विभेदलाई राज्यले संरक्षण दिएको कारण यो समस्याले समाजमा जरो गाडेर बसेको छ । जातिय भेदभाव र छुवाछूतको बिरुद्ध संवैधानिक र कानुनी प्रावधानहरु हुँदा हुँदै यूगौदेखि जातिय उत्पीडनको शिकार बनेर नारकीय जिबन ब्यतित गर्न विवश नेपाली दलित समुदायमा पनि दलित महिलाहरुले त्यस्ता अपमानका घाउहरु दिनहु सहनु पर्ने बाध्यता अझ पनि छ । नेपालमा छुवाछुत प्रथाको उन्मुलन कानुनी रुपमा २०२० साल भदौं १ गते राजा महेन्द्रबाट नयाँ मुलुकी ऐन जारी भए देखिनै भएको हो । युगौदेखि सामाजिक आर्थिक दासत्वको जंजीरले बाधिएर खुल्ला आकाशमुनी कैदी सरह जीबन जीउन विवश दलितहरुमाथि अझै पनि यो समाज र राज्यले केवल उपयोगवादी दृष्टिकोण मात्र आपनाएको छ । २००७ सालको आन्दोलन २०४६ सालको आन्दोलन गर्दै २०६२รท०६३ आन्दोलनमा पनि दलित समुदाय र दलित महिलाहरुको त्याग बलिदान मा कुनै कमि भएन जसले देशको लागि बलिदान दिन पछि परेनन् । देशको राजनैतिक परिवर्तन र जनताको शासन सामन्तवादको अन्त्य राजाको अन्त्य र नया नेपाल गणतान्त्रिक नेपालको स्थापना गराउन र नयाँ संविधान जनतामय संविधान कोरिने अवस्थाको सृजना गर्न पनि दलित समुदाय र दलित महिलाको भूमिका कहि कमी छैन तर आज त्यहि दलित समुदाय त्यहि महिला आज आफ्नै देशमा पनि परदेशमा भोग्नु पर्ने पिडा भोगिरहँदा आफ्नै समाजबाट तिरस्कृत हेलित भईरहदा आज यो राज्य र राजनैतिक दल र पार्टीहरु फेरी पनि दलितको सवाल र दलितको मर्मलाई आखाँ चिम्लेर बसको छ । सामन्तवाद सोच पूर्ण रुपमा नपखालीएको र त्यहि धार्मिक अन्धविश्वाससले जगडिएको समाजमा फेरी पनि दलित महिलाहरुमाथि हुने अत्याचार अपराध बलात्कार िहंसा कुटपिट जस्ता घटनाले ब्यापकता पाईरहेको अवस्था छ किनकी हाम्रो समाज साँघुरो चिन्तन र राज्यको जनताप्रति हेर्न देष्टिकोणमा समानता नएको अवस्थाले गर्दा आज दलित महिलाहरु दिनानुदिन यस्तो पिडा खप्न बाध्य भएका छन् । दलित महिलाहरु आज घरघरमा पिडीत भएका छन् । कहि अन्तरजातीय विवाहको कारण मरणासन्य हुने गरी पीटाई त कहिले कल्ली कुमारी झै बोक्सीको आरोपमा मलमुत्र खान बाध्य भएका यी त सानो उदाहरण नै हुन् आज नेपालमा कयौं दलित महिलाहरुको अवस्था यसरी नै गुज्रीरहेको छ । अझ भन्नु पर्दा दलितमा पनि अति पछाडी पारिएका वादी महिलाहरुले आफ्नै देशमा बेचिएर यौंन व्यवसाय अपनाउन बाध्य भएका छन् । उनीहरुका बालबालिकालाई आफ्नो नाम दिन र हक अधिकारबाट बिाचत भएको अवस्था छ । राजनैतिक परिवर्तनसंगै केहि सकारात्मक चेतनामा परिर्वतन आएता पनि अझै पनि उनीहरुको माग पुरा भने गरेको छैन यो सरकारले । आज आम महिला र दलित वादी महिलाको अवस्था हेर्दा जुनसुकै रुपमा भौतिक परिवर्तन र बिकास भएता पनि समाजको आँखा र राज्यको ब्यवहारमा र सोचमा भने पटक्कै परिवर्तन हुन सकेको छैन । त्यसरी तराई दलित महिलाहरुको अवस्था पनि नाजुक छ जो दिनानुदिन घरेलु हिसंा र सामाजिक िहंसा खप्न बाध्य छन् । दलित महिलाहरु न राज्यको कुनै पनि अंगमा महिलाको पँहुच बराबर र बराबर हक अधिकार सुनिश्चित हुन नसकेकॊ अवस्थामा अझ गम्भिर रुपमा हेर्ने हो भने त्यस आम महिलाहरुको बिचमा दलित महिला जो सामाजिक आर्थिक राजनितिक रुपमा मात्र नभई समाजमा दिनानुदिन दलित भएकै कारण नमिठो अपमान भोग्नु परेको अवस्था छ । यहि आम महिलाहरुको भिडमा दलित महिलाको बिषय भने अत्यन्त दयनिय र पीडामय रहेको छ । दलित महिला भन्ने बित्तिकै समाजमा हेलाको दृष्टिले हेरिने र मानवताको नै भान नहुने अवस्था सम्म दलित महिलाको अवस्था रहेको छ । नेपाली उखानमा भनिन्छ जो होचो त्यसकै मुखमा घोचो भनेझै भएको छ आज गणतान्त्रिक नेपाली समाजमा महिलाहरुको अवस्था साह्रै दयनिय र कठिन जीवन भोग्न बाध्य भएका छन् दलित महिलाहरु । िसंगो दलित समुदाय र आधि आकाश ढाक्ने महिलाहरुनै उपेक्षाको केन्द्रबिन्दु बनेको बर्तमान स्थितिमा दलित महिलाहरु जो सामाजिक मर्यादाको सबैभन्दा तल्लो धरातलमा बाच्न विवश छन् । उनीहरुको स्थिति कस्तो होला । सहर्ष अनुमान लगाउन सक्ने स्थिति छ । दलित महिला भएकै कारण आज पनि दलित महिलालाई बोक्सीको विल्ला भिराउने र अपराधीलाई प्रसय दिने काम यो समाज र राज्यबाट भएको अवस्था छ । यसरी नै दलित महिला कल्लीकुमारीको घटना सेलाउन नपाउदै आज दिनानुदिन कल्ली कुमारी जस्ता अन्य दलित महिलाहरु फेरीपनि बोक्सीको आरेापमा परी कुटपिट गरी मलमुत्र कोच्याई सामाजिक रुपमा बेइज्जती गरेका घटनाहरु बग्रयाल्तै सुनिदै आएको छ । यसमा फेरी पनि ती कल्ली कुमारीलाई अमानविय व्यवहार गर्ने बिमला लामा जस्ता शिक्षीत महिला जसले दलित महिलालाई कुटपिट गरी दिशा कोच्याएका थिए त्यस्ता सामाजिक अपराध्ाीहरुलाई गरेको अभिनन्दन र ढलौटिमा सरकारले छोडी हाल त्यस्ता सामाजिक अपराधीहरुलाई छोडी उल्टै त्यस्ता अपराधीको अभिनन्दन गरी इज्जत दिलाउने हाम्रो यो अन्धो समाजको र संकुचित बिचारको कारणले गर्दा पनि यस्ता घटनाहरुले प्रसय पाईरहेको छ । साथै आज पनि यस्ता अपराधिक घटनाहरु त घटिनै रहेको छ दलित महिलाहरु माथि जसमा यो समाजले त्यस्ता महिलाहरुमाथि गरिरहेका छन् जो निर्धन आर्थिक अवस्था कमजोर र साहाराबिहीन महिलाहरु यस्त्ाा पीडा भोग्न बाध्य भएका छ्न । जातिय छुवाछुत जस्ता कंलक र अपमानबाट त गुज्रे गुज्रे नानाथरी कुरा बात लगाई मरणासन्य हुनेगरि कुटाई पनि खानु परेको अवस्था छ । मानव सम्यता र भौतिक बिकासको चरमसीमामा नाघिसकेका देशहरु त्यसै अगाडि बढेका होईनन् उनीहरुले पछाडी परेका महिला र समुदायहरुका लागि निरन्तर रुपमा बिशेष संरक्षणकेा व्यवस्था गर्दै आएको छ भने हाम्रो समाजमा भने अझै पनि मानव मानव समान हो भन्ने भावनाको बिकास चेतनाको बिकास हुन सकेको छैन । जबसम्म देशमा समानता हुदैन तबसम्म बिकासको चरमसीमामा पुग्नु कठिन हुन्छ । युगौं देखि हरेक क्षेत्रमा उपेक्षका केन्द्र बिन्दु बनेका दलित महिलाहरुले भोग्नु परेका समस्या यस प्रकार छन् । शैक्षिक स्थिति ः शिक्षाको जस्तो उज्लालो घामबाट कोही बिाचत हुन नपरोस जसको ताप सबैले बराबर पाउन पर्छ भन्ने हजारौं बर्षदेखि शिक्षा जस्तो आधारभूत आवश्यक्ता देखि पूर्ण रुपमा बर्चित दलित समुदायको शैक्षिक स्तर अझै नै कहाली लाग्दो छ । नेपालमा राणा शासन कालसम्म जेजति सीमित शिक्षाको व्यवस्था थियो त्यसमा पनि दलितहरुलाई शिक्षा प्राप्तिबाट राज्यदारा बिाचत गरिएको थियो स्वय दलितहरु नै शिक्षाको उज्यालो घामदेखि बिाचत भएको तत्कालिन अवस्थामा महिलाको शिक्षाको परिकल्पना गर्नु भनेको अध्यारो भित्र प्रकाश खोज्नु हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात पनि दलित र महिलाहरुको शैक्षिक स्थितिमा खासै परिवर्तन हुन सकेन । एकातिर छोरीलाई पढायो भने बिग्रन्छन् भन्ने संस्कार र अर्कोतिर दलित पुरुषहरु समेत अशिक्षित भएकाले बेलामा दलित महिलाहरुको शैक्षिक स्थिती सुधार नहुनुमा राज्य यन्त्रनै दोषि छ । केही सम्पन्न दलितहरुले जे जति प्रयासबाट शिक्षा प्राप्त गरेका छन् त्यो जनसंख्याको तुलनामा सारै न्यून छ तर बिगतको तुलनामा साक्षरता प्रतिशतमा भने केही परिवर्तन भएको छ । तर अन्य जातिको तुलनामा यो साह्रै न्युन छ । यसरी दलित महिलाहरुको शैक्षिक स्थिति पछाडी पर्नुमा उनीहरुको आर्थिक स्थिती कुपोषणका कारणले स्वास्थ्यमा प्रतिकुलता पारिवारीका र्याको बोझ चेतनाको कमि छिटो विवाह तर यो भ्ान्दा पनि प्रमुख कारण देशमा विद्यमान सामाजिक आर्थिक संरचना नै हो । यसरी दलित महिलाहरु माथि दिनानुदिन पीडा र शोषण खप्नु पर्ने अवस्था उनीहरुको शैक्षिक स्थितिले नै हो । आज उनीहरु यसरी शिक्षाबाट बिाचत भएकै कारण उनीहरुको जीबनमा परिवर्तन र बिकास हुन नसकेको अवस्था छ तर पनि राज्यले ती दलित समुदाय महिला र दलित बालबालिकाको शिक्षाको बारेमा खासै ठूलॊ प्रगति र कार्य गरेको देखिदैन जसको कारण आज दलित समुदाय त्यसमा पनि दलित महिलाहरु शिक्षाको उज्यालो घामबाट बिाचत भएकै कारण यस्त्ाा पिडा भोग्न र पछाडी पर्न बाध्य भएका छन् । सामाजिक स्थितिः २०४६ सालको नेपाल अधिराज्यको संविधानले जातिप्रथालाई दण्डनीय समेत गरिसकेको छ । कानुनी रुपमा जे जस्तो व्यवहार भएपनि ब्यवहारमा भने जातिप्रथा ब्यापक नै छ । दलितहरुमाथि सामाजिक अपमान दिनानुदिन भोग्नु परेको अवस्था छ जसमा कहि चिया खाएर भाँडा धुनु पर्ने त कहि पानी छोएकै न्युहुमा कुटपिट बोक्सीको आरोपमा गाउँ निकाला दिशा कोच्याउने त कही अन्तरजातिय विवाह गरेकै कारण समाजबाट बहिष्कार हुनुपर्ने सार्वजनिक क्षेत्र प्रयोग गर्नबाट मन्दिर प्रवेश निषेध जस्ता सामाजिक अपमान भोग्न बाध्य भएका छन् दलित समुदाय तर सबैभन्दा मारमा परेका छन् दलित महिलाहरु नै । अन्तरजातीय विवाहको फल पनि दलित महिलाले नै भोग्नु परेको यति सम्मकी शिक्षित समुदाय समेतमा यो सफल हुन सकेको छैन । यसरी दलित महिलाहरु हाम्रै समाज दिदी बहिनी दाजु भाईबाट पिडीत भएका छन् तर पनि राज्य भने मौन छ । केही बोल्न सक्दैन दलित महिलाको सवालमा । यी सबै कारणले गर्दा पनि आज दलित महिलाहरु सामाजिक रुपमा पीडित हुनु परेको छ । आर्थिक स्थितिः शुद्रहरुले माटोका भाडामा खानुपर्ने खपडाको घरमा बस्नु पर्ने धनसम्पती जम्मा गर् यो भने ब्राम्हणलाई अर्पण गर्नुपर्ने अन्यथा कुनै पनि बेला ब्राम्हणले खोसेर लिनसक्ने जस्ता मनुका वाणीले सुसज्जित धर्म ग्रन्थलाई आधार मानेर व्यवस्था संचालन भएको देशमा दलितहरुको आर्थिक अवस्था दयनिय भएको अवस्थामा दलित महिलाहरु जो जन्मजात रुपमा पूर्णतया सम्पती माथिको अधिकारदेखि बिाचत छन् । विभिन्न कारणले दयनीय आर्थिक स्थितिमा बाच्न विवश दलितहरुको पीडाको बोझ दलित महिलाहरुले नै भोग्नु परेको छ । दलित महिलाहरुलाई श्रम ज्याला गर्नुपर्ने जातीयताको कारण बढी ज्याला आउने काम गर्न नपाउदा तराइका महिलाहरुले इटा भटामा र अरुको खेतीमा काम गर्न बाध्य छन् । कयौ दलित महिलाहरुको आज पनि आर्थिक स्थिति दयनीय रहेको छ जसको कारण समाजबाट उनीहरुलाई हेलित र सहजै रुपमा पिडा दिन र हेप्न सक्ने बातावरण बसेको छ जसका कारण आज त्यस्त्ाा दलित महिलाहरुमाथि समाजको यस्ता पीडा सहन बाध्य भएका छन् । आज दलित अन्तरजातिय विवाह गरका एक जोडिले माइतीपक्षले ज्यान मार्ने धम्किपछि जिल्ला छोड्नु परेको छ । अन्तरजातिय विवाह गरेर बर्दिया जिल्ला छोडेका लक्ष्यवहादुर विश्वकर्माले राससलाई फोनमार्फत आफुहरुको जिवन रक्षाका लागि पहल गरिदिन आग्ह गरेका छन् । उनले भने मैले माइती पक्षको धम्कीका कारण ज्यान जोगाउन घर छोडेको हँ । वर्दिया जिल्ला मोतिपुर ६ शंखरियाका २१ वर्षीय लक्ष्यवहादुर विक र सोहि गाउँ निवासी २० वर्षीय सिर्जना बाँस्तोलाले दुइ वर्षको प्रेम सम्वन्धपछि फागुन १९ गते भागेर विवाह गरेका थिए भने त्यसैगरी शारदा वतासे ७ की १२ वर्षिया पार्वती विकलाई गाउँकै अनिता थापाले साताअघि पानी छोएको निहुँमा कुटेको धारामा पानी भर्दै गरेको डेक्ची छोको निहँमा आफुमाथि कुटपिट भएको गरी सख्त घाईते भएकी छिन् । उनलाई दलित भएकै कारण डेक्च्ाी छोएको न्युहुमा कुटिएको थियो कुटाइवाट खुट्टामा चोट लागेको पार्वतीले वताइन् । पानी भरेपछि मैले धाराबाटा डेक्ची निकालेर राखेको थिएँ उनले भनिन् गाली गर्दै मलार्य ढुंगा र ग्यालिनले हिर्काएको पिडितले बताईन् भने दलित महिलालाईलाई नै गाउँबाट निकालीएको छ । थाहाँ छैन यस्त्ाा घटनाहरुले कतिदिन सम्म प्रसय पाउने हो यो समाजमा महिला भएकै कारण गाउँबाट नियसको लागि सम्पूर्ण मानव अधिकार संघ सस्था मानव अधिकारवकर्मी र अन्य सरोकì « Go Back |
