More Articles
Articles » विभेद अन्त्यमा हाम्रो दायित्व
विभेद अन्त्यमा हाम्रो दायित्व
Posted: June 12, 2009
डीवी नेपाली
विश्व २१ औ शताब्दिको विज्ञान र प्रविधिले सुसज्जित सुशिक्षित र सभ्य तरिकाले अघि बढि रहेको छ । विश्व मानव समाजलाई सर्वसुलभ र सहज बनाउन नयाँ आविस्कार र बैज्ञानिक चमत्कारी भईरहेका छन् । यान्त्रिक श्रमिक बढदैछन् । मानव श्रमिक घटदैछन । स्व्ाीच प्रणालीको कार्यलाई व्यवस्थित गरिदैछ । यता नेपाल भने विश्वको गरिव राष्ट्रको दर्जामा गजधम्म बसिरहेको छ । नेपाल १६ । १७ औं शताब्दिमातिरको दास मनोबृत्तिबाट अइाै माथि उठ्न सकेको छँैन् ।

नेपाल र नेपाली समाजलाई रोग भोक गरीवी अशिक्षा अन्धविश्वाश्ा र कुरीतिले चल्ने नसक्ने गरी गाँजेको छ । अन्ध्ाविश्वास र कुरीतील्ो गर्दा सचेत र सभ्य नेपालीहरुलाई दिउँसै सपना देखाई दिएको छ। नदेखाओस पनि कसरी शिक्षित र पढेलेखेकाहरुल्ो नै श्रीमतिले छोरा नपाएको निहुँमा आफनै श्रीमतिलाई मृत्युको मुखमा पु-याउँछन् । दाइजो नलःयाएँको इाोकमा कैयो चेलीहरुले ज्यूँदै जलेर मर्नू परिरहेको छ । कतिले आधी शरीर जलाएर कुरुप जीव्ान जिउनु परेको छ । पश्चिमा उपभोक्तावादी संस्कतिमा रम्न चाहने सभ्य सुसंस्कृत भइनसकेको समाजमा प्रेम दिवस भ्यालेन्सटाइन डे मनाउन औधी हतारो हुन्छ। तर दुई आत्माको मिलनमा बाँधिएका थुप्रेै दलित जोडीहरुलाई छुट्याईन्छ । त्यति मात्रै होइन िसंगो दलित बस्तीलाई नै लखेटिँदा पनि प्रशासन रमिते बनेर वस्छ । संसारका स्चनाकार परिवर्तनका बाहक महिलाहरुलाई कथित नामधारी बोक्स्ाीको आरोप लगाई गाली -बेइज्जती गरिन्छ । त्यहि ढोगी समाज महिलाको उखान-बखान गर्न छोडदैन । बस । कुरीति कुसंस्कार र अन्ध्ाबिस्वासको शैतानी भूतको पाजामा जकडिएको नेपालको सक्कली रुप यहि हो । नेपालको सामन्ती सामाजिक प्रणाली राज्य व्यवस्थाको गैर जिम्मेवारीप्ान र कानूनी कार्यन्यनमा निस्क्रियताले गर्दा नेपाल विश्वमा मनोरम र स्व्ार्ग जस्तै भएर पनि । जनजातिको महिला दलित लगायत अन्य ठूलो समूहले अइाै पनि नर्क तूल्य जीवन जीउनु परिरहेको छ ।

दायित्व भित्र के -को
पहिलो समाज र राष्ट्र परिवर्तको लागि राजनितिक दलहरुको ठूलो
भूमिका रहेको हुन्छ । तर आजसम्म कुनै पनि राजनीतीक दलको इच्छा शक्ति र परिवर्तनकारी कार्यक्रम देखिदैन् । भइहाले पनि मौसमी प्रकारको चुनावी घोषणापत्रमा मात्र सीमित रहने गरेको छ । आजसम्म भोट उपभोगवादी प्रबृत्तिमात्रै हावी भइराखे देखिन्छ । दलहरुको यसतर्फ सार्वजनिक प्रतिवद्धता व्यक्त गर्न जरुरी छ । सामाजिक परिवर्तनकारी कार्यक्रम ल्याएर तुरुन्तै कार्यन्वयन गरिनु पर्दछ । तवमात्र वोली र व्यवहारमा समायोजन हुन सक्छ । यसले जनतालाई विश्वासमा लिएर अघि वढन् थप उर्जा प्राप्त गर्दछ ।
दोस्रो समाज रुपान्तरणका लागि निर्मित सम्पूर्ण ऐन कानुनको प्रभावकारी कार्यन्ययन र आवस्यक परेमा थप कानुन निर्माण गरी व्यवस्थित कार्यन्वयन गर्दे जानुपर्छ । तर आजसम्म जति पनि पीडित वचाउको लागि दोषीलाई कारवाही गरिनुपर्ने हो । हुन् सकेको छैन। सेवा सुरक्षा र न्याय नागरिक प्रति राज्यको प्रमुख दायित्व हो । न्यायपूर्ण समाज स्थापनाका लागि । छिटो -छरितो रुपमा कानूनको कार्यन्ययन राज्यले गर्नू अपरिहार्य र जरुरी छ । सम्पूर्ण पीडीत नागरिकले कानूनी उपचारको सुनिश्चितता पाउनुपर्छ । यो आफना नागरिक प्रति राज्यले गर्नूपर्ने दायित्व र जिम्मेवारी दुबै हो ।
तेस्रो बैज्ञानिक शिक्षा प्रणाली र सभ्य समाजको निर्माण । अहिलेको जस्तो - एउटाले अर्कालाई हेपिरहने किचिरहने सामन्ती सामाजिक प्रणाली अवैज्ञानिक र असभ्य शिक्षा प्रणाली रहिरहे सम्म परम्परावादी साँमन्ती समाजमा कहिल्यै पविर्तन आउने वाला छै
न । पुरानो समाज र संस्कारलाई विस्थापन गर्नका लागि । समयसापेक्ष बैज्ञानिक र परिवर्तनकारी शिक्षा प्रणालीको आवस्यकतामा निकै ढिलो भइसकेको छ । प्रयोगमा आईरहेको जस्तै दर्शन र शिक्षा प्रणालीमा उत्पादित समाजले हाम्रो समाजको चेतना माथि उठ्ने छाटकाट छैन्ा । अहिलेको युगमा शिक्षा प्रमाणपत्रमुखीबाट रोजगारमुखी र सैद्धान्तिकबाट व्यवहारिकमा परिवर्तन गर्न जरुरी छ । तबमात्र समाज र राष्ट्रले केहि पाउन सक्दछ ।


शिक्षाको औपचारिक प्रमाणपत्र लिएर वा विधावारिधी गर्देमा मात्रै व्यक्ति काँहि पुग्दैन । व्यक्ति भित्र समेत आत्मा अथवा भित्री आत्मिकी आँखा खुल्न जरुरी छ । डा। साहेवको एउटा रोचक दृष्टान्त यस्तो छ । केहि बर्ष पहिले महेन्द्रप्रकृति सरंक्षण कोषअहिले राष्ट्रिय प्रकृति संरक्षण कोष एक जना गुरुङ्ग पि। एच । डी । होल्डर थिए । उनी मुस्ताङ्ग जिल्लामा प्रकृति संरक्षण अधिकृत थिए । तर उनले दलितप्रति गर्ने भेदभाव भने उनकै हजूरबाकै पालाको िबंडो थामेका थिए । विद्धावारिधी प्राप्त गरेर खै के भयो त दिमाखभरी रुढीवादी भूतलाई सवार गरिरहने हो भने पि। एच । डि ले के हात लाग्यो त राजधानीमा बसेर पनि विभेद गर्ने शिक्षित भन्दा अशिक्षित र दुृगर््ाममा बसेर पनि दलितलाई सम्मान गर्नृे महान र पूज्य हुन सक्छन् । शिक्षित भएर पनि विभेद गनूॄ्र लाज मर्दाे मात्र होइन। समाज र राष्ट्रकै लागि क्यान्सर र कृष्ठरोग बराबर हो । यसले समाजलाई सभ्यताको सास फेर्ने दिँदैन । केहि बर्ष अघि चर्चित डोटी जिल्ला स्थित दलितहरुको शैलेश्वरी मन्दिर प्रवेश काण्ड । त्यस मन्दिरमा पूजारी एक जना ्रभट्टु थरका स्थानिय अंग्रेजी प्राध्यापक थिए । उनी भित्र सामाजिक मूल्य - मान्यता र सभ्य समाजका कुरा दिमाखमा घुसेको खै त प्रष्ट रुपमा भन्नुपर्दा पूजारी भएका असल हुन चाहे पनि सामन्ती शिक्षाप्रणालीको चक्रमा जब उनी हुर्के बढे पढे पारिवारीक परिवेश वरिपरिको समाजको जे देखायो जे सिकायो । भट्टले त्यहि गर्दे गए । समाजमा प्राध्यापक जस्तो अवल दर्जाको शिक्षित पदमा रहेर पनि । उनको सामाजिक प्रतिष्टा र इज्जतलाई दुनियाका सामु जिउदै माटामा मिलाई दिन पुग्यो । इान्डै एक वर्ष अघि पर्वत जिल्ल्ाामा दलित विद्यार्थीलाई पाक शिक्षा खाना पकाउन सिकाउने तौरतरिका मा शिक्षकले सहभागी नगराएको घटनाले मुद्धाको रुप लिन पुग्यो । तर दोषी शिक्षकलाई कुनै गल्ती महसुस भएन । बरु उल्टै दलित विद्यार्थीले उजूरी दिएकोमा धाक - धम्की र त्राहीमाम बनाइँयो ।

मध्यपश्चिमाालको कर्णाली अाचलमा । अइाै पनि विश्व खाद्य कार्यक्रमले प्रदान गरेको पौष्टिक आहारा खुक्ाउँदा । दलित विद्यार्थीलाई कक्षा - कोठा बाहिरै राखिएको समाचार पढियो รทसुनियो । अब हामीलाई लाग्न सक्छ माथिको प्रतिनिधिसाचारले आम समुदायमा सचेतनामा बृद्धि समाज र िसंगो राष्ट्रलाई परिवर्तन उन्मुख गराउदै । देशलाई आधुनिक र सभ्य समाज निर्माण गन
्र पनि आम साचारले पुलको काम गर्ने गर्दछ । सा पात्रहरुले दलित विद्यार्थी माथि किन भेदभाव गरे होला उत्तर सजिलो छ । उनीहरुको वाल्य कालमा पाएको शिक्षा - दिक्षाले नै विभेद गर्नूमा प्रमुख भूमिका खेलेको हुन्छ। कल्पना गरौ त यस्तो विभेद गर्नूमा प्रमुख भूमिका खेलेका ेहुन्छ । कल्पना गरौ त यस्तो विभेद गर्ने शिक्षकवाट उत्पादित विद्यार्थीहरुको जमातले । हाम्रो समाजमा कति सभ्य समाजको निर्माण होला सहजै अनुमान गर्न सकिन्छ । तसर्थ सभ्य र विभेदरहित समाज निर्माणका लागि बैज्ञानिक र आमुल परिवर्तनकारी शिक्षा प्रणाली तत्काल लागू गरिनुपर्छ । शिक्षा समाज निमार्णको जग हो । शिक्षामा राजनितिकरण गर्नु हाम्रो होइन ।
चौथो दायित्व भित्र आम संचार माध्यमको शसक्त प्रभावकारी र हस्तेक्षेपकारी भूमिका । आमसाचार माध्यमको अन्य थुप्रै दायित्व मध्ये सामाजिक दायित्व पनि महत्वपूर्ण रहेको हुन्छ ।

चारका छापामाध्यम बिद्युतिय र अन्ालाईन माध्यम मध्य पनि । नेपाल जस्तो ८० प्रतिशत जनता गाँउमा नै बसोवास गर्ने भएकोले । अन्धविश्वास र कुरीति अन्त्यका लागि रेडियो नेपाल र स्थानिय एफ। एमहरुले शसक्त र प्रभावकारी नेतृत्व लिन सक्छन् ।
माथिउल्लेख गरिएका विभेदका प्रतिनिधि दृष्टान्तहरुलाई आम साचारका सबै माध्यममार्फत प्रभावकारी रुपमा प्रचार - प्रसार गरिनु पर्छ । सामन्ती संरचनालाई भत्काई सभ्य समाज निर्माणका लागि सकारात्मक आक्रमक प्रचार - प्रसार गरिनु पर्छ । तर यसका लागि यथास्थितिबादी प्रकृतिले सामन्ती संरचनाको डेग चल्ने छैन । आमसाचार माध्यम प्रसारणको राष्ट्रिय नितिमा को नेतृत्वदायी संयोजनमा । सरकारी र नीजि क्षेत्रका साचारले समेत । सामाजिक दायित्व लागि निश्च्ाित समय छुट्टयाएर प्रसारण गरेमा । यसले समाज परिवर्तन र जनताको परिवर्तनकारी चेतनामा वृद्धिभई । सभ्य र समतामुलक समाज निर्माणमा मद्धत मिल्न सक्छ ।
अधिकांश आमसाचारको कुनै पनि पीडित र पीडकको समाचार प्रसारण गर्नू सामाजिक दायित्व भित्रै पर्ने हो । तर छोरा नपाउँदा लोग्नेबाट पिडित महिला दाइजो नल्याउँदा सम्बन्ध विच्छेद गर्नू परेकी चेलीको व्यथा अन्तरजातीय विवाह गर्दा लखेटिएका दलित जोडी बोक्सीको आरोपमा अपमानित भएकी दिदी - बहिनीहरुको समाचाँर प्रसारण । र प्रकाशनले मात्रै सामाजिक दायित्व पूर्णरुपमा पूरा हुने सक्दैन ।
यस खालका अन्य विश्वास र रुढिवादी च्ािन्तन प्रबृत्तिलाई पूर्ण रुपमा अन्त्य गर्नका लागि । घटना र समस्यालाई पहिचान गर्ने समाधानको उपाय खोजी गर्ने समस्या अन्त्यका लागि सरोकारवाला पक्षसँग संवादछलफल र बहश गर्ने । आम साचारका सबै माध्यमबाट निरन्तर रुपमा प्रचार -प्रसार गरिरहने संस्कृतिको विकास गर्न सकेमा । यस्ता खाले सामाजिक विभेदका घटनाहरु विस्थापित भई । बैज्ञानिक चेतनामा आधारित सभ्य र समतामूलक समाज निर्माण गर्नमा शंका छैन ।
बैज्ञानिक शिक्षा प्रणालीमा आधारित जनचेतना मूलक कार्यक्रम प्रकाशन प्रचार -प्रसार र प्रसारण निरन्तर रुपमा साचार माध्यमले गरि रहने हो भने । अन्ध विश्वासको भूत हामीबाट छिट्टै भाग्ने छ । समाजमा कुनैपनि क्षेत्र र व्यक्तिले पीडितहुनु पर्ने छैन । अइा आम जनतालाई सचेत र सुचित गराउन छोरा र छोरी कसरी जन्मछनः दाइजो र महिला के उस्तै हुन विवाह के हो कसरी गरिन्छन् विवाह र प्रेम सम्वन्ध्ालाई जातको पर्खालले छेक्न सक्छ बोक्सी हुन्छ की हुदैन आदि महत्वपुर्ण विषय र क्षेत्रलाई मसिनो र सुक्ष्म रुपमा अध्ययन अनुसन्ध्ाान र विश्लेषण गरी । मसिनो र सुक्ष्म रुपमा अध्ययन अनुसन्ध्ाान र विश्लेषण गरी । साचार माध्यमबाट प्रचार गर्न सकेमा हाम्रो जस्तो दासमानसिकता र रुढिवादी चिन्तन प्रवृत्तिको सामाजिक चेतनामा परिवर्तन आई समाज परिवर्तन । तर्फ उन्मुख हुनसक्छ । सभ्य र समतामूलक समाज निर्माण गर्नमा परिवर्तनकारी भूमिका खेल्न सक्दछ। मानिस सबै भन्दा बढि आत्मा संमानको भोको रहेको हुन्छ। आत्मा सम्मानको चोट घाउ र अपमानलाई कुनै पनि क्षतिपूर्ति आरक्षण वा विशेषाधिकारले समेत पूर्ति गर्न सक्दैन । सबै व्यक्ति र नागरिक आत्म सम्मानित भएर बाँच्न द्धन्दको अन्त्य र शान्ति स्थापना हुनु पनि हो । तसर्थ सभ्य समानता र हिँसारहित समाज स्थापना गनूृ्रमा तपाई हामी प्रत्यकले । एक -अर्कालाई सम्मान लिने -दिने संस्कार र संस्कृतिको विकास गर्न सक्नु पर्छ । यसका लागि प्रत्येक नागरिकले दायित्व र जिम्मेवारी लिनुपर्छ । यसैमा सबैको कल्याण र समृद्धि छ । नकी परेवा उडाउँदैमा पूजा -पाठ र वलि दिँदैमा शान्ति र सभ्य समाज स्थापना भई हाल्दैन । पहिला हामी आफै परिवर्तन हुनुपर्छ । तबमात्र परिवार समाज र राष्ट्रमा आमुल परिवर्तन आउँन सक्छ । त्यसो भए मात्र अन्धबिश्वास रुढिवाद र विभेदका सम्पूर्ण समस्या किनारा लाग्दै जाने पक्का छ । यस तर्फ सबैका लागि सबैले आजै देखि समाज र समाजिक जीव्ानका लागि दायित्व र जिम्मेवारी बोध गर्ने वानी बसालौ ।

« Go Back
Supporters / Sponsors :