More Articles
Articles » नयाँ संविधान मा दलितले चाहेका कुरा
नयाँ संविधान मा दलितले चाहेका कुरा
Posted: June 29, 2009
सुभाष दर्नाल
रिपोर्ट
नयाँ संविधानमा दलितले चाहेका कुरा
इन्टरनेशनल क्राइसिस ग्रुपजस्ता अनुसन्धान संस्थाहरूले समावेशीकरणको सूचीमा नेपाल विश्वको चौधौं देश बनेको उल्लेख गरेका छन्। यो ठूलो परिवर्तन हो। तर संवैधानिक रूपमा यसको फाइदा समाजको तल्लो तहसम्म पुर्‍याउनु अबको प्रमुख चुनौती हो।

नेपाली समाज तीब्र रूपमा परिवर्तन र पुनर्गठनको प्रक्रियाबाट गुजि्ररहेको छ। ६०१ जनाको समावेशी संविधानसभाले १५ जेठ २०६५ मा २४० वर्ष पुरानो हिन्दू राजसंस्थालाई खारेज गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो जसले परम्परागत मूल्य-मान्यता र इतिहासको क्रमभङ्ग मात्र गरेन, राष्ट्रलाई नयाँ युगतिर पनि डोर्‍यायो। यसले पुरानो राज्यव्यवस्थाका खोटहरू उजागर गरिदिनुका साथै समावेशी नयाँ राज्य-संरचना निर्माण गर्ने चुनौतीपूर्ण बाटो खोलिदिएको छ। दूरदराजमा रोपिएको उपेक्षित जाति, जनजाति, क्षेत्र, वर्ग र लिङ्गका मुद्दालाई सम्बोधन गरी राज्य पुनर्गठन गर्ने नाराले समाजलाई यति गहिरोसँग हल्लाइदियो कि अहिले राज्यको मूलप्रवाह नै त्यही बनेको छ। दशवर्षको सशस्त्र विद्रोह र १९ दिने शान्तिपूर्ण जनआन्दोलनले केन्द्रीकृत राज्यसत्ताको एकल जातीय वर्चस्वलाई सिर्जना गरेको चुनौती टालटुले रूपमा पन्छाउन सक्ने अवस्थामा अहिले कुनै राजनीतिक पार्टीहरू छैनन्। 
More...
« Go Back
Supporters / Sponsors :