Showing All News
सेते दमाईको परिवारलाई पनि १० लाख क्षतिपूर्तिको सिफारिस
संविधानसभा/व्यवस्थापिका संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिद्वारा गठित जातीय भेदभाव, छुवाछुत समस्या र समाधानका उपाय अध्ययन गर्न गठित उपसमितिले जातीय कारण हत्या गरिएका दैलेखको तोली गाविस–२ धनीगाउँका सेते दमाईको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिनु पर्ने सिफारिस गरेको छ ।
Posted: February 8, 2012 | Category: दलित समाचार
राज्यले निति बनाए पनि कार्यान्वयन नभएको गुनासो
महिला बालबालिका र समाजकल्याण समिति अन्र्तगत जातिय भेदभाव,छुवाछुत समस्या र समाधानका उपाय अध्ययन गर्न गठित उप समितिले कालिकोट जिल्लामा सरोकारवालासँग एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
Posted: January 27, 2012 | Category: दलित समाचार
कालीकोटका सुनारको हत्या छुवाछुतकै कारण्ाँ भएको खुलासा
दलित संघसंस्थाहरुले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनले कालिकोटका मनवीर सुनार हत्या छुवाछुतकै कारण्ाँ भएको देखाएको छ ।
Posted: January 22, 2012 | Category: दलित समाचार
न्यायोचित रुपले दलित संघीय प्रान्त निर्माण गरिनु पर्ने माग
दलित गैरसरकारी सस्था महासंघले दलितको पहिचान र पहुँच स्थापित हुने गरी भौगोलिक रुपमा राज्यको पुर्नसंरचना गरिनु पर्ने माग गरेका छन् ।
Posted: January 18, 2012 | Category: दलित समाचार
कालिकोट घटनाको विरोधमा आज रुपन्देही बन्द
कालिकोट जुविथा ६ का मनविर सुनारको चुल्हो छोएको निहुुमा हत्या भएको विरोधमा संयुक्त संघर्ष समिति रुपन्देहीले आज रुपन्देही बन्द गरेको छ ।
Posted: December 23, 2011 | Category: दलित समाचार
रेडियो जागरण पाचौँ वर्षमा प्रवेश
सक्रिय दलित संचारकर्मीको संस्था जागरणमिडिया सेन्टर द्धारा संचालित रेडियो जागरण ९३.६ मेगाहर्जले आजदेखि चौथो बर्ष पुरा गरि पाचौं बर्षमा प्रवेश गरेको छ ।
Posted: December 17, 2011 | Category: दलित समाचार
चुलो छोएको निहुमा हत्या भएकोमा सर्वत्र विरोध
कालिकोट जिल्लाको जुविथा ६ स्थित माइधाराको पसलमा चुलो छोएको निहुँमा कुटपिट गरि एक दलित युवाको हत्या गरेको विरोधमा सर्वत्र निन्दा एंव विरोध भएको छ ।
Posted: December 14, 2011 | Category: दलित समाचार
चुलो छोईदा कालिकोटका एक दलितको हत्या udpated
चुल्हो छोईएको निहुमा कालिकोटको जुविथामा एक दलित मारिएका छन् । जुविथा ४ का मनवीर सुनारलाई मिन वहादुर शाही र दीपक वहादुर शाहीले निर्धात कुटपिट गरेको र उपचारका लागि लैजाँदै गर्दा वाटोमै उनको मृत्यू भएको पिडितका आफन्तले वीरभद्र सुनारले वताएका छन् ।
Posted: December 14, 2011 | Category: दलित समाचार
अन्तरजातीय विवाहमा बाधा हाल्नेहरुलाई ८ महिना जेल सजाय
दैलेखमा अन्तरजातीय विवाह गरेका जोडीको सम्वन्ध टुटाउने ६ जना व्यक्तिलाई दैलेख जिल्ला अदालतले जनही ५ हजार रुपैंयाँ नगद जरिवाना र सबैलाई ८–८ महिना जेल सजाय तोकेको छ ।
Posted: December 1, 2011 | Category: दलित समाचार
जागरण मिडिया सेन्टरद्धारा छात्रवृति बितरण
गत बर्षको एसएलसी परीक्षामा उत्कृष्ट नम्बर ल्याउने चार जना दलित विद्यार्थीहरुलाई जागरण मिडिया सेन्टरले छात्रवृति प्रदान गरेको छ
Posted: November 28, 2011 | Category: दलित समाचार
दलित संगठनको भेला सम्पन्न
नेकपा एमालको दलित संगठन नेपाल उत्पिडीत जातीय मुतिm समाज पश्चिम अमुवाको भेला सम्पन्न भएको छ
Posted: November 28, 2011 | Category: दलित समाचार
दलितहरुको पराम्परागत पेशा आधुनिकि हुनु पर्ने माग
दलितहरुको पराम्परागत पेशालाई युग अनुसार आधुनिकि करण गर्दै उनिहरुको जिवन उकास्नु पर्नेमा जोड दिईएको छ
Posted: November 27, 2011 | Category: दलित समाचार
दलित महिलाहरु मदिरा नियन्त्रण अभियानमा
सीता बि.के. बटवल,कार्तिक २३ नवलपरासीको विकट पहाडी क्षेत्रअन्तर्गत पर्ने कोटथर गाविसका दलित महिलाहरु मदिरा नियन्त्रण अभियानमा लागेका छन् । गाविसको वडा नं ४ र ५ का दलित महिलाहरु संगठित भएर मदिरा नियन्त्रण अभियानमा लागेका हुन् ।
Posted: November 9, 2011 | Category: दलित समाचार
अन्तरजातिय प्रोत्साहन रकम यो बर्ष रोकियो
सीता बि.के. ब्ुाटवल, कार्तिक १८ सरकारले उपलब्ध गराउदै आएको अन्तरजातिय प्रोत्साहन रकम चालु आर्थिक बर्षमा रोकिएको छ ।
Posted: November 4, 2011 | Category: दलित समाचार
दलितहरुले गर्दै आएको परम्परागत पेशालाई आधुनिकिकरण र सम्मान गर्नु पर्छ ः सभासद पृथ्वी सुब्बा गुरुङ
अंभिर प्रसाद वि.क. लमजुङ– कार्तिक १६ गते । पश्चिम लमजुङको भोजे गाउविकास समितिमा आईतवार दलित तथा उत्पीडित वर्गको नेतृत्व क्षमता अभिवृद्धि तालिमको पुर्व पर्याटन तथा नागरिक उड्यान मन्त्रि एवं संविधानसभाका सदस्य पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभयो । उद्घाटनमा मन्वब्य राख्दै गरुङले दलित जातिले गर्दै आएको परम्परागत पेशालाई आधुनिकिकरण गर्नु पर्ने र पेशालाई सवैले सम्मान गर्नुपर्ने वताउनु भयो ।
Posted: November 2, 2011 | Category: दलित समाचार
हरेक क्षेत्रमा दलित महिलाहरुको सहभागिता न्यून रहेको सरोकारवालाहरुको गुनासो
विभिन्न सरकारी,गैरसरकारी एंव राजनितिक पार्टिहरुमा दलित महिलाहरुको सहभागिता न्यून भएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् ।
Posted: October 25, 2011 | Category: दलित समाचार
दलित र मुस्लिमको छात्रवृत्तिमा राजनीतिक दलको चासो
नसर्िङ अध्ययनका लागि लिएको परिक्षामा आरक्षण भित्र परेका ६५ प्रतिशत छात्राहरु अनुर्तीण भए पछि बांकेका राजनीतिक दलहरुले त्यसको कारण खोज्न थालेका छन् । निकै कसरत गरेर बांकेमा मुस्लिम र दलितका लागि आरक्षण दिलाउन सफल भएका राजनीतिक दलहरु परिक्षाको नतिजा देखेर निराश भएका छन् ।
Posted: October 24, 2011 | Category: दलित समाचार
दलित सृजनशिल पत्रकारिता पुरस्कार स्थापना
जातिय विभेद र असमानताका विरुद्ध संचार वकालत गर्ने उदेश्यका साथ गठन भएको दलित पत्रकार संघ नवलपरासीले ‘दलित सृजनशिल पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ ।
Posted: October 23, 2011 | Category: दलित समाचार
सजाय तोकेका गाउलेले पिडित युवा समक्ष माफि मागे
दलित युवालाइ ढुङगा बोक्ने सजाय तोकेका ठुलोलुम्पेक गाउलेले पिडित युवा समक्ष माफि मागेका छन
Posted: October 22, 2011 | Category: दलित समाचार
मन्दिर पसेकामा ढुंगा बोकाइयो
पाल्पा- दसैंमा दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई गाउँलेले कुटपिट गरी ढुंगा बोक्ने सजाय तोकेका छन् । गाउँलेको सजायअनुसार ढुंगा बोक्न नसकेपछि ती युवा भागेर पाल्पा आइपुगेका छन् ।
Posted: October 19, 2011 | Category: दलित समाचार
तीन जातिका तीन कुवा
राकम कर्णाली (दैलेख), कार्तिक २ - गायक यशकुमारले गीतमा छुवाछूतको चोट सहन नसकेर बेग्लै संसार बनाउन चाहेजस्तै दैलेखको राकम कर्णालीवासीले बेग्लाबेग्लै कुवा बनाएका छन्- तीन जातिका तीनवटै ।
Posted: October 19, 2011 | Category: पत्रपत्रिका बाट
सरकारमा दलित सहभागि नराएकोमा आक्रोश
वर्तमान सरकार दलितको भावाना विपरितको भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन्
Posted: October 15, 2011 | Category: दलित समाचार
दलित नेता विश्वकर्माको बर्तमान सरकारले सिंगो दलितलाई उपेक्षा गरेको भनाई
, दलित नेता एंव नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले बर्तमान सरकारले सिंगो दलित समुदायलाई उपेक्षा गरेको बताउनुभएको छ
Posted: September 29, 2011 | Category: दलित समाचार
नातीद्वारा हजुरबुबा र आमाको हत्या
सुर्खेतमा एक नातीले आफ्नै हजुरआमा र हजुरवुवाको बुधबार हत्या गरेका छन् । जिल्लाको विद्यापुर गाविस-७ का २२ वर्षिय धनबहादुर विश्वकर्माले मावली हजुरबुबा ८८ वर्षिय टेकबहादुर र हजुरआमा ८० वÈर्ीया देवीसराको बाचरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
Posted: September 8, 2011 | Category: दलित समाचार
हत्यामा संलग्न ५ जना पक्राउ
अन्तरजातीय बिवाह पछि केटी पक्षहरुबाट खुकुरी प्रहार गरि मृत्यु भएका सेते दमाईको हत्यामा संगल्न नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दैलेखको तोली गावीस वडा न।ं २ धनिगाउँका एक अन्तरजातीय जोडीले बिहे गरेपछि केटी पक्षका आफन्तहरुले खुकुरी प्रहार गरी घाईते भएका सेते नेपालीको बुधवार राती उपचारको क्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यू भएको थियो ।
Posted: September 5, 2011 | Category: दलित समाचार
दलित महिलाले गाउँ भरि पाहुना भरिन
आफ्नो र आफ्नो परिवारको भविष्यबाणी जान्न चाहने ब्यक्तिले हातमा फूल अविर र अक्षता लिएर बसेपछि उपस्थित ब्यक्तिको पितृ बोल्ने र उनै पितृले उनीहरुको विगत वर्तमान र भविष्य बताइदिने गरेपछि धेरैका लागि चासोको बिषय बनेको हो ।
Posted: September 5, 2011 | Category: दलित समाचार
दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा हत्या (प्रेस विज्ञप्ती)- DNF
दैलेख जिल्ला तोली गा।वि।स। वडा नं। २ धनीगाँउ निवासी सेते दमाईका २२ वर्षिय छोरा सन्ते दमाई र सोही ठाँउ बस्ने २० वर्षिय राजकुमारी शाहीले २०६८ साउन २८ गते प्रेम विवाह गरेका थिए । उक्त प्रेम विवाहलाई अस्विकार गर्दै्र केटीराजकुमारी पक्षका आफन्तको एक हतियारधारी समुहले केटा सन्तेका बाबुलाई यहि भदौ १३ गते खुकुरी प्रहार गरी सख्त घाईते बनाएकोमा उपचार हुदा हुदै मध्य-पश्चिमााचल क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको छ । अन्तरजातीय विवाह गरेकै निँहुमा केटाका बाबुको हत्या भएको घटनाप्रति दलित गैरसरकारी संस्था
Posted: September 1, 2011 | Category: प्रेस विज्ञप्ती
दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा गरिएको हत्याको बिरोधमा (प्रेस विज्ञप्ती)- दलित नागरिक समाज
मिति २०६८ साल भाद्र १३ गते वेलुका अंन्दाजी ९ बजेको समयमा दैलेख जिल्ला टोली गा.वि.स. वार्ड नं. २ निवासी सन्ते दमाई र सोही गा.वि.स. निवासी राजकुमारी शाही वीच अन्तरजातीय विवाह भएको विषयलाई लिएर स्थानीय कृष्णबहादुर शाहीको नेतृत्वमा आएको हतियारधारी समुहले खुकुरी प्रहार गरी केटाको वावु सेते दमाईको हत्या गरिएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी उक्त घटनाप्रति घोर भत्स्रना व्यक्त गर्दछौं ।
Posted: September 1, 2011 | Category: प्रेस विज्ञप्ती
दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा खुकुरी प्रहारबाट घाइतेको मृत्यू
दैलेखको तोली गावीस। वडा न २ धनिगाउँका एक अन्तरजातीय जोडीले बिहे गरेपछि केटी पक्षका आफन्तहरुले खुकुरी प्रहार गरी घाईते भएका सेते नेपालीको बुधवार राती उपचारको क्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यू भएको छ ।
Posted: September 1, 2011 | Category: दलित समाचार
दलितद्वारा सामूहिक पूजा
बिजुलीकोटको धोविस्थित झटेश्वर महादेवी मन्दिरमा बुधबार बिहान स्थ्ानीय दलितले सामूहिक प्रवेश गरी पूजाआजा गरेका छन् ।
Posted: September 1, 2011 | Category: पत्रपत्रिका बाट
बाझाँपाटनमा परियार सेवा समाज गठन
बाझाँपाटनमा बसोवास गर्ने परियारहरुको भेलाले सोमवार परियार सेवा समाज गुठीको गठन गरेको छ ।
Posted: August 30, 2011 | Category: दलित समाचार
राज्यको संरचनामा अझै विभेद–दलित अगुवा
सिता विके बुटवल, १० भदौ । लोकतान्त्रिक गणतन्त्र प्राप्त पछाडि पनि राज्यको संरचनाबाट दलित समुदायलाई उपेक्षा गरेको दलित अधिकारकर्मिहरुले गुनसो गरेका छन् । ६२–६३ को जनआन्दोलन पश्चात बनेका सरकारमा समेत दलित समुदायको प्रतिनिधित्व अत्यन्तै न्यून भएको र दिईएका पद पनि जिम्मेवारविहिन जस्तो बनाईएको उनीहरुको अरोप छ । दलित सेवा संघ रुपन्देहीको दोस्रो साधारण सभाको अवसरमा शनिवार भैरहवामा बोल्दै दलित अगुवाहरुले यस्तो गुनासो गरेका हुन् ।
Posted: August 27, 2011 | Category: दलित समाचार
पोखरामा एक दलित महिलाको हत्या
पोखरामा बिहीबार बिहान एक दलित महिलाको हत्या भएको छ ।
Posted: August 26, 2011 | Category: दलित समाचार
पहिरोमा पुरिएर तीनको मृत्यु ४ घाइते, दुइ दर्जन बेपत्ता
अविरल वर्षासँगै जाजरकोटको भगवती गाविस-३ अवलगुर्तामा गएराति पहिरोले घर भत्काउँदा पुरिएर एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।
Posted: August 26, 2011 | Category: दलित समाचार
आठौं दलित संसद राजधानीमा सुरु
आर्थिक सामाजिक प्रगतिशील रुपान्तरणका लागि हरेक क्षेत्रमा दलित सहभागिता, संविधानसभाबाट सङ्घीय राज्यको दलितमैत्री संविधानको सुनिश्चितता भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन बिहीबारसम्म चल्ने छ ।
Posted: August 26, 2011 | Category: दलित समाचार
युवतीलाई दलित केटासँग विवाह गरेको आरोपमा चरम यातना
जाजरकोट पजारु-४ रेलकोटकी एक युवतीलाई दलित केटासँग विवाह गरेको आरोपमा चरम यातना दिइएको छ । जाजरकोट पजारु-४ रेलकोटकी चन्द्रा सिंहले गत साउनमा स्थानीय जयबहादुर नेपालीसँग प्रेमविवाह गरेकी थिइन् ।
Posted: August 23, 2011 | Category: दलित समाचार
सुभाष दर्नालको दुःखद निधनले रेडियो जागरण शोकमा
सीता बि.के. वुटवल,भदौ ३ जागरण मिडीया सेनटरका संस्थापक सुभाष दर्नालको दुःखद निधनमा रेडियो जागरणले शोक मनाईरहेको छ । रेडियो जागरणको संचालक संस्था जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष एंव दलित अगुवा दर्नालको निधनले संचार जगत र सिंगो दलित आन्दोलनमै अपुर्णयि क्षति पुगेको ठहर गर्दै शोक जनाएको हो ।
Posted: August 20, 2011 | Category: दलित समाचार
अमेरिकामा नेपालका दलित अगुवा सुभाश दर्नालको कार दुर्घटनामा असामयिक निधन
न्यू योर्क- समता फाउन्डेसनका कार्यकारी निर्देशक तथा जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष सुभाश दर्नालको अमेरिकाको वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयर्पोर्टदेखि १० माइल्स पर डलस एक्प्रेस हाइवेमा एक कार दुर्घटनामा दुखान्त निधन हुन पुगेको खबर प्राप्त भएको छ।
Posted: August 16, 2011 | Category: दलित समाचार
५ सय रुपैयाँ र १ पाथी अन्नको भरमा कटुवालको काम गर्छन श्ाुक्रबहादुरले
५१ वर्षीय श्ाुक्रबहादुर विकले ३३ वर्ष अघिदेखि निरन्तर रुपमा कटुवाल पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । विकले छिमेकी गाविस रामपुर दर्छा लगायतका गाविसमा समेत कटुवालको काम गर्दै आउनुभएको छ ।
Posted: August 15, 2011 | Category: दलित समाचार
युवा तातेपछि दलित समुदायमा परिवर्तन
गाउका धारा कुवाहरुमा पानी लिन गएका बेला छोइन्छ भनेर धारा कुवाको टाडा नै बस्नुपर्ने बाध्यताबाट यहाका दलित समुदाय अहिले मुक्त भएका छन् ।यहाको धारा कुवाहरुमा दलित भन्दै पालै नदिने र छोइन्छ भनेर अपमान गर्ने पुरानो प्रचलनको अन्त्य भएपछि गाउका दलि त समुदायमा खुसी छाएको छ ।
Posted: July 31, 2011 | Category: दलित समाचार
आर्थिक अभावका कारण उपचार नपाएर दलित बालकको मृत्यू
गुल्मीको दुर्गम गाविस सिसे्रनीका एक दलित बालकको आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा मृत्यू भएको छ । सदरमुकामदेखि पश्चिम विकट गाविस सिसे्रनी वार्ड नं ९ निबासी चन्द्र परीयारका तीन वर्षिय छोरा करण परियारको मृत्यू भएको हो ।
Posted: July 24, 2011 | Category: दलित समाचार
अन्र्तजातिय बिबाह गर्ने जोडि बिचल्लीमा
हुन त भन्ने गरीन्छ यो धर्तिमा जम्मा दुईवटा मात्रै जात हुन्छ । एउटा महिला अनि पुरुष तर अझै पनि किन यो समाजले त तल्लो जात अनि उपल्लो जात भनेर किटान गर्दछ । जातियताकै आधारमा किन यस्तो बिभेद !
Posted: July 23, 2011 | Category: दलित समाचार
तामाको अत्यधिक मुल्य बृद्धी र प्लास्टिक भाँडाका कारण पेशा संकटमा
पाल्पामा परम्परागत रुपमा तामाको भाडाँकुडा बनाएर जिविकोपार्जन गर्दै आएका पाल्पाका दलित समुदायको पेशा दिनहु संकटमा पर्दै गएको छ ।
Posted: July 14, 2011 | Category: दलित समाचार
दलित समुदायको उत्थानका लागि बादी विकास समिति गठन गरिने
उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले दलित समुदायको उत्थानका लागि बादी विकास समिति गठन गरिने बताउनुभएको छ ।
Posted: July 12, 2011 | Category: दलित समाचार
जनगणनामा दलित परिणाम अनुमान गर्न गारो छ
सरकारले कोही नछुटौं कोही नदोरिऔं भन्ने नाराका साथ शुरु गरेको पहिलो चरणको जनगणना सकिएको छ । तर २० प्रतिशत दावी गरिएका दलितहरु भने फेरि पनि संकटमा पर्ने देखिएको छ ।
Posted: July 7, 2011 | Category: दलित समाचार
दलित किशोरी वलत्कार अभियोगमा युवा जेल चलान
केहि दिन अघि एक दलित किशोरी वलात्कार अभियोगमा पक्राउ परेका गुल्मी नेटा गाविसका एक व्राम्हण युवा जेल चलान भएका छन् ।
Posted: July 6, 2011 | Category: दलित समाचार
गुल्मी खेलकुदमा पहिलो दलित अध्यक्ष
जिल्ला खेलकुद विकाश समितिमा पहिलो पटक दलित समुदायका एक व्यक्ति अध्यक्ष नियुक्त भएका छन् । वामी गाविस निवासी गोविन्द वि।s। आकासलाई नेपाल राष्ट्रिय खेलकुद परिषदले जिल्ला खेलकुद विकाश गुल्मीको अध्यक्ष पदमा नियुक्ती गरेको हो ।
Posted: July 6, 2011 | Category: दलित समाचार
न्याय दिलाउन संघर्ष समिति गठन
रुपन्देहीको मानपकडी स्थित सुनिता विकलाई गर्भवति बनाएर फरार भएका उदीत नारायण चौधरीलाई प्रहरीले कारवाहि नगरेको भन्दै दलित अगुवाहरुले न्याय दिलाउन संघर्ष समिति गठन गरेकाछन् छन् ।
Posted: July 5, 2011 | Category: दलित समाचार
अन्तरजातिय प्रेमविवाहपछिको अवरोधकोकारण आत्महत्या
अंभिर प्रसाद वि.क. लमजुङ, असार १८ अन्तरजातिय प्रेमविवाह गरीसके पश्चात माईती पक्षले जोडिलाई छुट्टाएपछि एक युवतिले शुक्रवार झुण्डिएर आत्महत्या गरेकी छन् ।
Posted: July 2, 2011 | Category: दलित समाचार
पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु
अछाम, अषाढ १८ - पानी पर्न केही कम भएपछि अछाममा झरेको पहिरोले पुरिएर मलाकोट साततालीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धारामा पानी भर्न गएका ध्रुव विश्वकर्मा, इसारा विश्वकर्मा र रमेश विश्वकर्माको पहिरोले शनिबार बिहान पुरिएर मृत्यु भएको छ । उनीहरु नौ देखि १३ वर्र्षका रहेका छन् । उनीहरुकी आमा गंम्भीर घाइते भएकी छन् ।
Posted: July 2, 2011 | Category: पत्रपत्रिका बाट
दलित समुदायको पहिलो महानिर्देशक ः मानवहादुर
अंभिर प्रसाद वि.क. कुनै कार्यलयको प्रमुख एवं महानिर्देशक भने पछि कथित उपल्लो जातको वाहुन, क्षेत्रि र खानदानि जमिनदारकुलको होला भनेर अड्कलवाजि गर्ने हाम्रो नेपाली समाजलाई साधारण परिवारमा जन्मेका दलित समुदायका मान वहादुर वि.केले गलत सावित गरीदिएका छन् ।
Posted: June 29, 2011 | Category: दलित समाचार
दलित एकता भवनको शिलन्यास
अंभिर प्रसाद वि.क. लमजुङ, असार १२ दलित विकास तथा अनुसन्धान केन्द्र लमजुङले निर्माणगर्न लागेको दलित एकता भवनको आईतवार एक कार्यक्रमका विच शिलन्यास गरिएको छ ।
Posted: June 26, 2011 | Category: दलित समाचार
दलितहरुको बास्तवीक तथ्याकको लागी अन्तरक्रिया
अंभिर प्रसाद वि.क. लमजुङ,असार १ जात प्रष्ट लेखौ आफ्नो जनसख्या सुनीश्चीत गरौ दलित समुदायको पहिचान प्रष्ट भनौ राज्यमा हिस्सेदारी कायम गरौ भन्ने मूल नाराका साथ बुधबार बेसीशहरमा राष्ट्रिय जनगणना २०६८ मा दलितहको बास्तबिक तथ्याँक बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनउत्थान प्रतिष्ठान केन्द्रीय कार्यालय, राष्ट्रिय जनगणना अभियान जिल्ला संयोजन समीती लमजुङको आयोजना तथा दलित हकहित सरक्षण समाज लमजुङको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
Posted: June 15, 2011 | Category: दलित समाचार
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको सातौं महाधिवेशन सम्पन्न अध्यक्षमा पुनः भक्त विश्वकर्मा
दलित समुदायको उत्थान र विकासमा विगत २८ वर्षदेखि संगठित रुपमा कि्रयाशिल ऐतिहासिक तथा जेष्ठ संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको सातौं महाधिवेशन ललितपुरको जावलाखेलमा जेष्ठ २७ र २८ गते भव्य रुपमा सम्पन्न भएको छ । सम्माननीय सभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङद्वारा समुद्घाटन भएको महाधिवेशनले केन्द्रीय अध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित गरेकेा छ ।
Posted: June 13, 2011 | Category: दलित समाचार
गृहमन्त्रालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध निगरानी केन्द्र स्थापना हुने
उपप्रधान एवं गृहमन्त्री कृष्ण वहादुर महराले गृहमन्त्रालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध निगरानी केन्द्र स्थापना गर्ने घोषणा गर्नुृ भएको छ ।
Posted: June 13, 2011 | Category: दलित समाचार
छुवाछुत निगरानी गर्न गृहमै केन्द्र
काठमाडौं, जेष्ठ २८ - सरकारले छुवाछुत र भेदभाव हटाउन केन्द्रीय स्तरमा निगरानी केन्द्र स्थापना गर्ने भएको छ । उक्त केन्द्र गृह मन्त्रालयमा रहनेछ । संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिमा शनिवार बोल्दै उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले 'जातिय भेदभाव र छुवाछुत अपराध निगरानी केन्द्र' स्थापना गर्ने बताएका हुन् ।
Posted: June 11, 2011 | Category: यता उताबाट
महिला शशक्तिकरण तालिम सम्पन्न
सीता बि.के. ब्ुाटवल, जेष्ट २७ दलित महिला आपm्नो हक अकिारको लागि आफै सचेत हुनु पर्ने एक कार्यक्रमा सहभागिले औल्याएका छन । दलित महिला सघं रुपन्देहीले आयोजना गरेको दलित महिलाहरुको लागि राजनितीक शशतिmकरण, लैङ्गीक, सामाजिक समाबेशिकरण तथा कानुनि प्रावधानहरु सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तामिको समापन कार्यक्रममा बोल्ने सहभागिले सो कुरा बताएका हुन ।
Posted: June 11, 2011 | Category: दलित समाचार
जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि समय तोकेर अभियान चलाउनुपर्ने
सीता बि.के. जेष्ठ २१, ब्ुटवल जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि निश्चित समय तोकेर अभियानै चलाउन सरकारसंग यहा“का दलित अगुवाहरुले माग गरेका छन् ।
Posted: June 5, 2011 | Category: दलित समाचार
जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा कोणशभा
अंभिर प्रसाद वि.क., लमजुङ, जेठ–२१ जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा दलित विकास तथा अनुसन्धान केन्द्र लमजुङको आयोजनामा आज लमजुङको सदुरमुकाम वेशिसहरमा कोणशभाको कार्यक्रम संपन्न भएको छ ।
Posted: June 4, 2011 | Category: दलित समाचार
जातिय छुवाछुत र विभेदविरुद्ध संघर्षमा सक्रिय रहन दलित समुदायलाई प्रमको आह्वान
अंभिर प्रसाद वि.क., जेठ–२१, जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा जातिय छुवाछुत र विभेदविरुद्ध संघर्षमा सक्रिय रहन दलित समुदायलाई प्रधानमन्त्री झलनाथ खनालले आह्वान गर्नुभएको छ ।
Posted: June 4, 2011 | Category: दलित समाचार
लमजुङको पर्यटकीय गाउँ खासुरमा अन्र्तकृया
अंभिर प्रसाद वि.क. लमजुङ,जेठ–१८ जिल्लाको पर्यटकीय गाउँ खासुरमा जातिय विभेद सम्बन्धि एक अन्र्तकृया कार्यक्रम आज संपन्न भएको छ । जातिय विभेदको अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं भन्ने नाराको साथ बाँझाखेत गाविस वडानं १ स्थित खासुरमा स्थानीय दलित समुदाय र गैरदलित समुदायका प्रतिनीधिका विचमा जातियविभेद सम्बन्धि अन्र्तकृया गरिएको हो ।
Posted: June 1, 2011 | Category: दलित समाचार
उत्पीडित दलित समुदायद्वारा अनुसन्धान केन्द्रको लागि जग्गा खरिद
लमजुङका उत्पीडित दलित समुदायद्वारा जिल्लामा दलित विद्यार्थीको लागि छात्रावास निमार्ण गर्न जग्गा खरिद गरिएको छ ।
Posted: May 25, 2011 | Category: दलित समाचार
उत्पीडित दलित समुदायले गर्यो अनुसन्धान केन्द्रको स्थापना
वर्षौंदेखि विभिन्न क्षेत्रबाट विभेद र दुव्र्यवहारको सामाना गर्दै आएको उत्पीडित दलित समुदायको उत्थान र सहयोगकोलागि लमजुङका दलितहरुले दलित विकास तथा अनुसन्धान केन्द्र नामक संस्थाको स्थापना गरेका छन् ।
Posted: May 20, 2011 | Category: दलित समाचार
बोक्सी आरोपमा खुट्टा चटाइयो
हापुर ९ तल्लो टिकरीका तीन दलित महिलालाई बोक्सी आरोपमा गाउँ भेलाले कारबाही गरेको छ । स्थानीय एक परिवारका चार सदस्यलाई बिरामी बनाएको आरोप लगाउँदै ती महिलालाई बिरामीको खुट्टा चाट्न लगाइएको छ ।
Posted: April 29, 2011 | Category: दलित समाचार
अन्तरजातीय विवाह गरेको सातामै बेखबर
अन्तरजातीय विवाह गरेका स्थानीय एक जोडी सातादेखि बेखबर भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । बिनामारे-७ की माया नेपाली र नारायणस्थान-९ का अर्जुन सुवेदी विवाह गरेलगत्तै बेपत्ता भएका हुन् ।
Posted: April 29, 2011 | Category: दलित समाचार
नहरमा चिप्लिएर एक अपांगको मृत्यू
अंभिर प्रसाद विक लमजुङ बैशाख १४ गते । पूर्वी लमजुङस्थित धमिलीकुवा गाविसको नहरमा चिप्लिएर बगाउँदा एक अपांग बृद्धको ज्यान गएको छ । धमिलिकुवा गाविस ८ का ५९ वर्षिय कृष्ण विकको नहरले बगाएको बैशाखी खोज्ने क्रममा चिप्लि सोही नहरले बगाउँदा मृत्यू भएको हो ।
Posted: April 29, 2011 | Category: दलित समाचार
लमजुङमा दलित महिलामाथि कुटपिट
लमजुङको सुन्दरबजारमा एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ । आफ्नो बारीको मकै बाख्राले खान आएपछि धपाउने क्रममा छिमेकीले कुटपिट गरेपछि सुन्दरबजार ५ पुरानो डीकी ३२ बर्षिया शान्ता नेपाली घाईते भएकीछन् ।
Posted: April 29, 2011 | Category: दलित समाचार
भीरवाट खसेर मृत्यू
लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नम्बर ८ मा पर्ने बाङ्ग्रेभीरवाट खसेर एकजनाको मृत्यू भएको छ । सदरमुकाम वेसीशहरवाट घर जाने क्रममा भीरवाट लडेर सिम्पानी ४ घर भएका ३० वर्षिय जङ्गबहादुर विश्वकर्माको मृत्यू भएको हो ।
Posted: February 8, 2011 | Category: दलित समाचार
१५ हजार नहुदा दलित महिला विचल्लीमा
उपचार अभावमा सल्यान थारमारेकी एक दलित महिलाको विचल्ली भएको छ । तीन सन्तानकी आमा थारमारे ४ की मनकली परियार औषधि उपचार गर्ने पैसा नभएका कारण बिचल्ली परेकी हुन । एक वर्ष देखि पाठेघर खस्ने रोगवाट पीडित बनेकी परियारले उपचारको अभावमा आफ्नो जिवन संकटमा परेको भन्दै सहयोगको याचना गर्नुभएको छ ।
Posted: February 1, 2011 | Category: दलित समाचार
दलित भुमिहिन किसान संघ लमजुङ गठन
दलित भुमिहिन किसान संघको शनिवार लमजुङमा भएको एक भेलाले रमेश विकको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति गठन गरिएको छ ।
Posted: January 31, 2011 | Category: दलित समाचार
दबिएका आवाज प्रकाशित
दलित विद्यार्थीहरुको हक अधिकार तथा समस्यालाई साहित्यको क्षेत्रबाट उजागर गराउने उद्देश्यले दबिएका आवाज वार्षिक पत्रिकाको आइतवार एक कार्यक्रमको बीच बिमोचन गरिएको छ ।
Posted: January 24, 2011 | Category: दलित समाचार
दलितलाई बाख्रा तथा बुंगुर वितरण
बालीघरे दलित समुदायको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले बाँकेको बैजापुरमा निशुल्क बाख्रा तथा बुंगुर वितरण गरिएको छ ।
Posted: January 24, 2011 | Category: दलित समाचार
आफ्नै पहलमा दलित समुदायले विद्यालय भवन निर्माण
जाजरकोटमा स्थानीय दलित समुदायले स्थानीय जनश्रमदानबाट गाउमै पक्की तीन कोठे विद्यालय भवन निर्माण गरेका छन् । जाजरकोट टालेगाउ गाविस ६ लोहोर गाउका ६० घरधुरी दलित समुदायले जनश्रमदानमा गाउमै तनि कोठे भवन निर्माण गरेका हुन् ।
Posted: January 9, 2011 | Category: दलित समाचार
दलित संघ लमजुङको जिल्लास्तरीय भेला सम्पन्न
नेपाल दलित संघ जिल्ला कार्य समिति लमजुङले शनिवार जिल्ला स्तरीय दलितहरुको भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य आनन्द घिमिरेको प्रमुख आतिथ्य एवं नेपाल दलित संघ जिल्ला कार्य समितिका अध्यक्ष गोपाल खातीको सभापतित्वमा सम्पन्न भेलाले दलित संघ लमजुङलाई पूर्णता दिएको छ ।
Posted: January 9, 2011 | Category: दलित समाचार
दलित महिलाहरुद्धारा संचलित कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न
लमजुङ हिलेटक्सार गाविसमा रहेको दलित महिलाहरुद्धारा संचालित बनदेवी कृषि सहकारी संस्थाको प्रथम साधारण सभा तथा अधिवेसनले खिममाया सुनारको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।
Posted: January 4, 2011 | Category: दलित समाचार
महासंघद्वारा राज्यमन्त्रीलाई ज्ञापन-पत्र बुझाईयो
आज दलित गैर सरकारी सस्था महासंघको आयोजना र दलित अधिकारका लागि कैलालीमा कि्रयाशील दलित संघस्थाहरुको सहकार्यमा दलित उत्थान र विकाशका सवालहरुमा माननीय भौतिक योजना तथा निर्माण राज्यमन्त्री कलावती पासवानवीच अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राज्यमन्त्री पासवानले दलित अधिकारका सवालमा पार्टीका ह्ीपहरुलाई समेत उल्ांघन गरेर कि्रयाशील रहने वताउनु भएको छ । उहाँले आदिवासी जनजाती मधेसी महिलादलित र गरिवहरुलाई पहिलो प्राथमिकतामा राखेर विकाश निर्माण काम गर्नुपर्ने वताउनु भयो ।
Posted: January 2, 2011 | Category: दलित समाचार
एड्स संक्रमित महिलाहरु एड्स विरुद्धको अभियानमा
आफना श्रीमानवाट एचआइभी एड्स सक्रमित भएका डोटीका महिलाहरु आफै एड्स विरुद्धको अभियानमा लागेका छन । गाँउ गाँउमा पुगेर अहिले उनीहरु एड्स विरुद्ध चेतना जगाउने काममा बेस्त छन । अहिले उनीहरु एड्स लागेका पुरुषलाई बाँकी जिवन आशावादी भएर जिउन सल्लाह दिन्छन । यो अभियानमा एड्स सक्रमित पुरुष भन्दा डोटीका महिला अगाडी छन् । वैदेशिक रोजगारीमा गएका आफ्ना श्रीमानवाट एड्स सक्रमित महिलाहरु अहिले एड्सवाट बच्ने उपायका बारेमा चेतना जगाउने काममा पुरुष भन्दा अगाडी छन् । आफनो दोष बिना रोग पाल्न बाध्य भएका यी महिलाहरु आफु
Posted: January 2, 2011 | Category: दलित समाचार
सार्वजनिक सुनुवाईका बारेमा अभिमुखिकरण
बाँके र बर्दियाका बिभिन्न गाबिस सचिबहरुलाई सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखापरिक्षण सम्बन्धि अभिमुखिकरण तालिम प्रदान गरिएको छ । बागेश्वरी असल शासन क्लब बास र दलित सेवा सँघको संयुक्त आयोजनामा बाँकेको कोहलपुरमा सो तालिम सम्पन्न भएको हो ।
Posted: December 25, 2010 | Category: दलित समाचार
ब्राह्मण युवतीले पूर्व दलित प्रेमीको यौनाङ्गमा सियो रोपे
एक ब्राह्मण युवतीले पुराना दलित प्रेमीलाई सोमबार दिउँसो संवेदनशील अंगमा सियो रोपेर घाइते बनाएकी छन्। नयाँ प्रेमीको सहयोगमा मोरङ, लक्ष्मीमार्गकी सरिता आचार्यले खोटाङ रतन्छाका २६ वर्षीय गंगा विकको संवेदनशील अंगका पाँच ठाउँमा सियो रोपेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
Posted: December 21, 2010 | Category: दलित समाचार
दलितसँग सम्बन्ध राखेको भन्दै गाउँ निकाला
दलित महिलासंग सम्वन्ध राखेको भन्दै कालिकोटको एक गाँउमा एकै घरका चारजनालई गाउँ निकाला गरिएको छ । सदसमुकामबाट १० कोष टाढा वदलकोट गाबिस काँडा गाउँका कालीबहादुर वोगटिले दलित महिलासंग सम्बन्ध राखी छोरा जन्माएको भन्दै गाउलेहरुले बच्चा जन्मीएको ६ वर्ष पछि उनको घरपरिवारलाई गाउँ निकाला गरेका हुन् ।
Posted: December 21, 2010 | Category: दलित समाचार
दलित स-शक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
दलित सेवा संघ प्रसाखा गमौडिको आयोजना तथा गाबिस कार्यालय गमौडिको आर्थिक सहयोगमा गामौडिमा पुष २ गते दलित अधिकारका लागि स-शक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
Posted: December 20, 2010 | Category: दलित समाचार
जातीय भेदभाव विरुद्ध लोक गित प्रतियोगिता
६२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा दलित स्वावलम्बी समाज दैलेखको आयोजनामा मंसिर २४ गते अधिक रुपमा जातीय भेदभाव हुने क्षेत्रको रुपमा चिनिने दैलेख जिल्लाको ईलाका नं ४ मा रहेको ज्वाला उच्च मा।बि। वेस्तडामा विद्यालय स्तरीय जातीय भेदभाव विरुद्ध चेतना मुलक लोकगित प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सरास्वती नि।मा।बि। कट्टी ९ प्रथमभैरव उ।मा।बि। द्धितीय ज्वाला उ।मा।वि वेस्तडा समुह ख तृतीय र ज्वाला उ।मा।वि वेस्तडा समुह क ले सान्त्वना स्थान हासिल गरेको थियो । उक्त प्रतियोगितामा ८ ओटा विद्य
Posted: December 14, 2010 | Category: दलित समाचार
दलित नेताका नाममा पहिलो पटक हुलाक टिकट
नेपाली दलित मुक्ति आन्दोलनका अग्रणी संस्थापक व्यक्तित्व भगत सर्वजीत विश्वकर्माले सामाजिक परिवर्तनको आन्दोलनमा पुर् याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले उनको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । उनको १ सय १८ औ जन्म जयन्तीको अवसर पारेर भगत सर्वजीत स्मृति प्रतिष्ठानले राजधानीमा आयोजना गरेको बिषेश समारोहमा सूचना तथा साचार मन्त्री शंकर पोखरेलले सो टिकटमा प्रथम दिवसीय टाँचा लगाइ सार्वजनिक गरे ।
Posted: December 14, 2010 | Category: दलित समाचार
दलित सेवा संघको अध्यक्षमा चक्रमान विश्वकर्मा
दलित सेवा संघको चौथो राष्ट्रिय महाधिवेशनले चक्रमान विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको मङ्सिर २१ देखि २३ सम्म काठमाडौंमा सम्पन्न महाधिवेशनले पाँच उपाध्यक्षसहित १९ सदस्यीय कार्यसमितिको गठन गरेको हो ।
Posted: December 14, 2010 | Category: दलित समाचार
मानवअधिकार दिबसमा नै दलित गिरफ्तार
६२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसर पारेर राष्ट्रिय मानवअधिकार आयोगमा शान्तिपूर्ण धर्नामा बसेका दलितहरु माथि प्रहरीले धरपकड गरि जन उत्थान मासिकका सम्पादक रणबहादुर रम्तेललाई गिरफ्तार गरि केहि बेरमा छाड्यो भने दलित नागरिक समाजले आयोगमा ३ बुदे मागहरु राखि ज्ञापन-पत्र बुझाएको छ ।
Posted: December 10, 2010 | Category: दलित समाचार
परिवर्तनको बाटोमा रुमका दलितहरु
दैलेख जिल्ला सदरमुकाम देखी करिव ११ कोष पुर्वमा पर्ने रुम गा।बि।स।मा दलित स्वावलम्बी समाज द्धारा िलंङ्क÷हेल्भेटासको आर्थिक सहयोगमा ूदलित श-शक्तिकरण कार्यक्रमू संचालन भए पछि त्याहाँका दलितहरु अधिकार प्राप्त गर्ने कुरामा थप श-सक्त हुन थालेका छन् । कार्यक्रम संचालन भए पछि स्थानीय स्रोत र साधनमा दलित समुदायको पहुँच वृद्धि हुन थालेको छ । गा।बि।स।बाट रकम छुट्टयाई दलित अधिकारका लागि सामुहिक छलफल गर्न नेटवर्कको भवन निमार्ण गरेका छन् ।
Posted: December 10, 2010 | Category: दलित समाचार
बेवारिसे बम विस्फोटमा परी दलित बालक घाइते
रोल्पा जिल्ला हारजंग गाविस-७ का चार वर्षीय बालक अनाराम विक सोमवार विहान करिव आठ बजे आफ्नै घर छेउँको बारीमा फेला परेको बेवारिसे बम विस्फोटनमा परी गम्भीर घाइते भएका छन् । साथीहरुसँग बारीमा खेल्दै गरेको अवस्थामा फेला परेको फलामको डल्लोलाई ढुंगामा ठोक्काउदा विस्फोटन भएको बताइएको छ ।
Posted: December 7, 2010 | Category: दलित समाचार
शिक्षा ऐन दलितमैत्री बनाउन दलित सभासद्हरु एकजुट हुने
शिक्षामा दलित समुदायको पहुँच अभिवृद्धि गर्न शिक्षा मन्त्रालय योजना आयोग सीटीईभीटी लयायतका निकायमा दबाब दिनुपर्नेमा दलित सभासद्हरुले जोड दिएका छन् ।
Posted: December 6, 2010 | Category: दलित समाचार
विद्यालय जान थाले दलित विद्यार्थी
चेतनाका साथै आर्थिक अभावले शिक्षाबाट बञ्चित भएका म्याग्दीको लुलाङ गाविसका अधिकांस दलित बालबालीका पछिल्लो समय विद्यालय जान थालेका छन् । गाउँबाट अधिकांस दलीतहरु बैदेशीक रोजगारीमा जान थालेपछि आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिका धमाधम विद्यालय जान थालेका हुन् ।
Posted: December 2, 2010 | Category: दलित समाचार
दलन निर्माणको बयान
स्वयम्भू विजेश्वरीमा एउटा समाज विकास छात्रावास छ जहाँ दलित समुदायका उच्च शिक्षा अध्ययन गर्ने विद्यर्थीले निःशुल्क बस्न पाउँछन् । म पनि केही समय त्यहाँ बसेँ । त्यही छात्रावासदेखि भृकुटीमण्डपको खुला चौरबाट जागरण मिडिया सेन्टरको यात्रा थालियो । मेरो दसवर्षे यात्रामा अघिल्लो वर्षबाट विराम लाग्यो, मिडिया सेन्टरमा । 'हामी सबै बराबरी' भन्ने हाम्रो आदर्श गलत थियो, सायद संस्थामा । दलित एनजिओभित्रको टुटफुटको शृंखला रोक्ने आदर्श र विभेदविरुद्ध मिलेर लड्ने प्रणका साथ जुटेका थियौँ हामी । तर, विडम्बना हाम्रै
Posted: December 2, 2010 | Category: दलित समाचार
दलित केटीलाई गर्भवती बनाई बाहुनको छोरा फरार
उदयपुर बेल्टार गाविस–९ की प्रमिला परियारलाई स्थानीय नुतन भट्टराईले गर्भ बोकाई फरार भएपछि अहिले प्रमिला घर न घाटको भएकी छिन्। गत वैशाख महिनादेखि नै प्रमिलालाई बिहे गर्ने प्रलोभन देखाई नुतनले शारिरीक सम्पर्क राख्दै आएको बताइन्छ।
Posted: December 1, 2010 | Category: दलित समाचार
दलित समूदायलाई पुजा गर्नमा रोकावट
बाँधु गाविस-१ पाँणी गाउँमा आयोजना गरिएको महायज्ञमा स्थानीय दलित समूदायका व्यक्तिहरुलाई पुजारीले पुजा गर्न दिएनन् । गत कात्तिक २९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन भएको उक्त पुजामा आफूहरुलाई पुजा गर्न नदिएको स्थानीय गोरख सार्कीले बताए ।
Posted: November 30, 2010 | Category: दलित समाचार
अन्तरजातीय विवाह गरेकी महिला अधिकारको खोजिमा
अन्तरजातीय विवाह गरेकी एक महिला अधिकार खोजिका लागि दैलेख सदरमुकाम आई पुगेकि छन् । सल्यान जिल्ला त्रिवेणी गा।बि।स।वडा नं ८ की पुष्पा बि।s।आफ्ना ३ छोरी सहित सदरमुकाम आएकी हुन् । सल्यान जिल्ला त्रिवेणी गा।बि।स। वडा नं ८ की पुष्पा बि।s।र दैलेख जिल्ला नेपा गा।बि।स। वडा नं ७ का प्रमबहादुर वुढा वीच २०५७ माघ १ गते प्रेम विवाह भएको थियो । प्रेमबहादुर वुढा नेपाल प्रहरीमा कार्यरत रहदा पुष्पा संग प्रेम सम्बन्ध कायम गरि विवाह गरेका थिए ।
Posted: November 29, 2010 | Category: दलित समाचार
पानी छोएको निहुंमा दलित युवती कुटिइन्
पानी छोएको भन्दै सप्तरीको राजविराजमा आज एक युवती कुटिएकी छिन् ।सप्तरीको दौलतपुर गाविस-२ घर भई सदरमुकाम राजविराजमा डेरा लिई बस्दै आएकी २० वर्षीया बच्कुनकुमारी राम छिमेकी एक व्यक्तिद्वारा निर्घात कुटिएकी हुन् । पानी छोएको निहुँमा आफूलाई छपकी निवासी रामनारायण यादवले कुटपिट गरेको पीडित युवती रामले बताइन् ।
Posted: November 29, 2010 | Category: दलित समाचार
दलितद्वारा उत्पादित दुध अब डेरीले लिने सहमति
दलित सेवा संघ उपशाखा वैरेनिको आयोजनामा दलितको दुध डेरिमा लिने बारे अन्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वैरेनि गाउँ बिकास समितिको भवनमा सम्पन्न अन्तरक्रियामा दलित गैह्र सरकारी महासंघका केन्द्रीय सदस्य हरी रर्साईली, दलित सेवा संघ धादिङ्गका अध्यक्ष श्याम मग्राति, दलित सेवा संघका प्रतिनिधि राजेन्द्र ताम्राकार, एकिकृत माओवादीका प्रतिनिधी उत्तम अधिकारी, नेकपा एमालेका शिव भण्डारी, नेपाली कांगे्रसका गोपि रीमाल, राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रतिनिधि शंकर अर्याल लगायतको उपस्थिति रहेको थियो ।
Posted: November 29, 2010 | Category: दलित समाचार
दलित छात्रवृत्तिको रकम दुरुपयोग
नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ काचनपुरले दलित छात्रवृत्तिको रकम वितरणमा व्यापक दुरुपयोग भएको जनाएको छ । सङ्घको शिक्षा जनवकालत कार्यक्रमअन्तर्गत यहाँका २४ सरकारी विद्यालयको अनुगमनका क्रममा १३ वटा विद्यालयमा दलित छात्रवृत्तिको रकम दुरुपयोग भएको बताइएको छ ।
Posted: November 29, 2010 | Category: दलित समाचार
दलितभएकै निहुंमा छात्रामाथि कुटपिट
छुवाछुत विरुद्ध अनेकौं अभियानहरु सञ्चालनमा रहेको भए पनि सप्तरीमा भने यस्ता क्रियाकलापहरु अझै पनि रोकिएको छ्रैन् । यसैक्रममा आइतवार विहान अनमी प्रथम वर्षा अध्ययनरत एक दलित छात्रालाई दलित भएकै निहुँमा कुटिएकी छिन् ।
Posted: November 29, 2010 | Category: दलित समाचार
माटोको भाडा वनाउने दलितको पेशा संकटमा
दैलेख जिल्ला सदरमुकाम देखि पश्चिममा पर्ने राकमकर्णाली दुल्लु छिउडिपुसाकोट मालिका लगाएतका गाविसहरुमा माटोको भाडा वनाउने दलितहरुको पेशा संकटमा परेको छ । अधुनिकता सगै वजारमा सस्तो मुल्यमा पाष्लाटिक तथा अन्य धातुका भाडाकुडा बजारमा भित्रदा उनीहरुको पेशामा संकट आएको हो । वाजे वावुको पाला देखी नै माटोको भाडा वनाउने काम गर्दै आए पनि अहिले माटाको भाडा बनाउने पेशाबाट घरव्यवहार चलाउन गाह्रो भएको उक्त पेशामा संलग्नहरु बताउछन ।
Posted: November 25, 2010 | Category: दलित समाचार
एक सय दलित बालबालिका शिक्षाबाट बन्चित
आर्थिक अभावले नवलपरासीको रुपैलिया गाविस ४ बनदेबीबस्तीका करिब एक सय बालबालिका बिद्यालय जानबाट बन्चित भएका छन् ।
Posted: November 22, 2010 | Category: दलित समाचार
‘बजेटले खासै छुन सकेन दलित समुदायलाई’
सरकारले आर्थिक वर्ष २०६७/०६८ का लागि ल्याएको रु तीन खर्ब ३७ अर्ब ९० करोड बराबरको नीति तथा कार्यक्रमा दलित समुदायका लागि विनियोजित बजेटले दलित समुदायलाई खासै छुन नसकेको ठहर दलित अगुवाहरुले गर्नुभएको छ ।
Posted: November 22, 2010 | Category: दलित समाचार
दलित विद्यार्थीद्वारा विद्यालयबाट नौ वर्षदेखि छात्रवृद्धि नपाइएको भन्दै उजुरी
उदयदेव गाविसको पिपलकोट माविका २६ जना दलित विद्यार्थीले विगत नौ वर्षदेखि हालसम्म दलित छात्रवृद्धिलगायत अन्य कुनै सुविधा नपाएको भन्दै ०६७ कात्तिक २८ गते जिल्ला शिक्षा कार्यालय बैतडीमा उजुरी दिएका छन् ।
Posted: November 18, 2010 | Category: दलित समाचार
छोराको उपचारका लागि सहयोगको खोजीमा भौतारीदै आमा
आर्थिक अभावमा छोराको उपचार गराउन नसकेपछि सहयोगको खोजीमा आर्थिक अभावका कारण विगत ६ वर्षदेखि मानसिक विमारी भएका आफ्ना छोराको उपचार गराउन नसकेपछि बेसीशहरकी उत्पीडित दलित समुदायकी एक महिला सहयोगको खोजीमा भौतारिई रहेकी छन् २०६१ सालदेखि मानसिक सन्तुलन गुमाएका आफ्नो छोरा लक्ष्मण विकको उपचार गराउन आर्थिक समस्या भएकी बेसीशहर वडा नं ४ सहजीकी मैतकुमारी विक आर्थिक सहयोगको खोजीमा जिल्लास्थित कार्यालय संघसंस्था र व्यक्तिको घरमा धाउदै आउनु भएको हो ।
Posted: November 16, 2010 | Category: दलित समाचार
छोरी पढाउन नसक्दा आत्महत्या
साँझ स-परिवार हाँसी खुसी खाना खाएर सुतेका उदीपुर-२ लमजुङका ६५ वर्षिय धनबहादुर परियारको मनमा के थियो परिवारका सदस्यले कुनै भेउ पाएका थिएनन् । नाम धनबहादुर भए पनि उनको जीवन जहिले पनि गरिबीमै बित्यो । र गरिबीसंग लड्न नसकेर उनले आफ्नो जीवन त्याग गरे ।
Posted: November 12, 2010 | Category: दलित समाचार
दलित बालिका बलात्कारको आरोपमा मुद्दा दर्ता
सुकाजोर गाविस-२ की एक १६ वर्षीया दलित किशोरीलाई बलात्कार गरेको आरोपमा रामेछाप गाविस- ९ का २४ वषीय फडेन्द्र श्रेष्ठ र २१ वर्षीय रोशन तामाङमाथि ०६७ कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा मुद्दा दर्ता भएको छ।
Posted: November 4, 2010 | Category: दलित समाचार
विस्थापित अन्तरजातिय बिहे गरेका जोडी गाउँ फर्किए
अन्तरजातिय बैवाहिक बन्धनमा बाधिए लगत्तै गाउँमा बस्ने वातावरण नभर विस्थापित हुन पुगेका एक दम्पति घर फर्किएका छन । एकवर्ष अघि अन्तरजातिय बिहे गरेर बैवाहिक बन्धनमा बाधिए लगत्तै गाउँ घरमा बस्ने वातावरण नभए संघसस्थाको पहलमा काठमाण्डौ पुगेका विमल र सुनिता दम्पति आफ्नो घर फर्किएका हुन ।
Posted: November 3, 2010 | Category: दलित समाचार
जातिय राज्य नबनाउन दलित आयोगको सुझाव
राष्ट्रिय दलित आयोगले संविधानसभा अन्र्तगतका बिषयगत समितिहरुमा जातिय राज्यको माग गरिको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उसले जातिय राज्य बनाउने भए दलितहरुका लागि पनि दलित राज्य हुनुपर्ने माग गरेको छ ।
Posted: November 3, 2010 | Category: दलित समाचार
छुवाछुत गर्नेलाई राजनीतिक संरक्षण
गत वर्ष महेन्द्र नमुना उच्चका पियन महावीर सार्कीलाई जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराका कर्मचारी डिगम्बर मिश्रले सार्वजनिक स्थलमै छुवाछुतको भेदभाव गरे। कार्यालय नजिकै चिया पसल समेत संचालन गरिरहेका मिश्रले चिया पिउन त्यहाँ गएका सार्कीलाई दलितले चिया पिएपछि गिलास आफैले धुनुपर्ने र चिया पसलभित्र पस्न नपाउने भन्दैं दुर्ब्यवहार गरेकोविरुद्धमा परेको मुद्दा हाल न्यायालयमा विचाराधीन छ।
Posted: November 3, 2010 | Category: दलित समाचार
पुस्तौंदेखि खलिया बस्दै दलित
अरूको जग्गामा बसोवास गर्नु परेकाले बाजुराको कोटिला गाविसको खोयाका २३ दलित परिवार जीविकोपार्जनका लागि पुस्तौंदेखि गैरदलितको खलिया बस्दै आएका छन् । स्थानीय मनबहादुर मल्ल र पाण्डुसेनका मुखिया काँसी जेठाराको जग्गामा घर भएका यी दलित परिवारले १५ पुस्तादेखि उनै जग्ग्ााधनीकै खलियाका रूपमा काम गर्दै आएका हुन् ।
Posted: November 3, 2010 | Category: दलित समाचार
लमजुङमा अन्तरदलित फुटवल खेल सम्पन्न
विजय दशमीको अवसरमा लमजुङ जिल्लाको उत्तरकन्या गा।वि।स। वगुङमा अन्तर दलित फुलवल प्रतियोगीता शनिवार सम्पन्न भएको छ ।
Posted: October 24, 2010 | Category: दलित समाचार
रक्तश्रावले सुत्केरीको मृत्यु
गुल्मी ग्वादी, ९ मा एक सुत्केरीको जुम्ल्याहा छोरा जन्माएको केही बेरमै बुधबार मृत्यु भएको छ । घरमै सुत्केरी भएको केही समयपछि अत्यधिक रक्तस्रावका कारण २६ वर्षीया चन्द्रकला बिकको मृत्यु भएको स्थानीय सूर्यबहादुर रेगामीले बताए । जन्मिएका दुई नवजात शिशु भने सकुशल रहेका छन् ।
Posted: October 7, 2010 | Category: दलित समाचार
दलित परिवारको दसैं ओडारमै
गाउँ बजारका बासिन्दा दसैंको चहलपहलमा जुट्न थालेका छन् । विगत १५ वर्षदेखि ओडारमा बस्दै आएका साप्पाटाका एक दलित परिवारलाई चाडबाडको रौनकले कुनै हौसला ल्याएको छैन । सदरमुकाम मार्तडीदेखि दुई दिन पैदल विकट साप्पाटा ९ मुक्तिकोटका रैभाने विकको परिवार १४ वर्षदेखि ओडारमा बस्दै आएको छ । एक छोरी र एक छोरा गरी तीन जनाको आफ्नै घरजग्गा केही छैन । उनको परिवारलाई कुनै चाडबाडले कहिल्यै खुसियाली ल्याउन सकेको छैन । उनले भने, 'पेटभरि खान पाएको दिन हाम्रा लागि सधैं दसैं हुन्छ ।'
Posted: October 6, 2010 | Category: दलित समाचार
नयाँ संविधान निर्माणमा जुट्न दलित सभासद तथा अधिकारकर्मीको आग्रह
विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने दलित संविधानसभा सदस्य तथा अधिकारकर्मीहरुले नयाँ संविधान निर्माणमा जुट्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । नेपाल, भारत दलित मैत्री सङ्घ र भारतीय समाज विकास एकेडेमीको संयुक्त आयोजनामा ०६७ असोज १६ गते काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले सो आग्रह गरेका हुन् ।
Posted: October 4, 2010 | Category: दलित समाचार
सुनचाँदी व्यवसायीलाई धम्की
मोरङका विभिन्न स्थानहरुमा सुनचाँदीको व्यवसाय साचालन गर्दै आएका व्यवसायीहरुलाई जातीय मुक्ति मोर्चा बताउने समुहले धम्क्याउँदै चन्दा आतंक मच्चाएको छ । मोरङको पथरी बेलवारी लेटाङ लगायतका बजारहरुमा बसेर सुनचाँदीको कारोबार साचालन गर्दै आएका व्यवसायीहरुमाथि जातीय मुक्ति मोर्चाको नाममा धम्की आएको हो ।
Posted: October 4, 2010 | Category: दलित समाचार
दलितलाई निकाला गर्ने धरौटीमा रिहा
तल्लो जातको भनेर घरभाडामा बसेकी दलित छात्रालाई घरबाट निकालेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक महिलालाई धरौटी लिई तारेखमा छाडेको छ । निमित्त जिल्ला न्यायाधीश हरिप्रसाद भट्टको जलासले शुक्रबार दलित छात्रालाई पानी नचल्ने जातको भनी घरबाट निकालेको आरोपमा हेटांैडा नगरपालिका-४ की ४९ वषर्ीया गौरी बर्तौलालाई १० हजार धरौटी लिई तारेखका छाडेको हो ।
Posted: October 4, 2010 | Category: दलित समाचार
खटिकले पुरस्कार थापिन
न्यूनतम सहयोगबाट आफ्नो परिवारको आर्थिक उन्नतीका साथै सामाजिक क्षेत्रमा योगदान पुर् याएकी बँकेकी एक दलित महिलालाई आईतवार नेपालगन्जमा स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरिएको छ । हेफर ईन्टरनेसनल नेपालले संस्थाको १३ औ वार्षिक उत्सब कार्यक्रमका अबसरमा बाँके बेतहनी-९ की जनचेतना महिला बचत समूहमा आबद्ध कौशल्या खटिकलाई १ हजार अमेरिकी डलर अर्थात ७० हजार नेपाली रुपैया तथा सम्मान पत्र सहित स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी रेशम पाण्डेले खटिक र उनक
Posted: September 28, 2010 | Category: दलित समाचार
छुवाछुत प्रथा उन्मुलनको माग गर्दै ज्ञापनपत्र
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटि तनहूँले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । छुवाछुत प्रथा कानूनमा दण्डनीय र राज्यले छुवाछुत मुक्त राष्टू घोषण गरेतापनि प्रभावकारी कार्यान्ववय नभएकोले प्रभावकारी गराउन माग गर्दै समाजले ज्ञापनपत्र बुझाएको हो ।
Posted: September 27, 2010 | Category: दलित समाचार
तल्लो जातकी भनेर छात्रालाई घरबाट निकाल्ने महिला पक्राउ
तल्लो जातकी भनेर घर भाडामा बसेकी दलित छात्रालाई घरवाट निकालेको आरोपमा प्रहरीले एक जना महिलालाई गिरफ्तार गरेको छ । पानी नचल्ने जात भनेर घरबाट निकालेको आरोपमा हेटौडा नपा-४ की ४९ वर्षीया गौरी बर्तौलालाई ०६७ असोज ११ गते प्रहरीले पक्राउ गरेको हो । सरिखेत गाविस घर भई उच्च शिक्षा हासिल गर्न हेटौडामा कोठा भाडामा लिएर बसेकी देउती परियारलाई घरबेटी बर्तौलाले पानी नचल्ने जातको भनी अपमानित गरेर ०६७ असोज ५ गते घरबाट निकालेकी थिइन् ।
Posted: September 27, 2010 | Category: दलित समाचार
दलित बालिका बिचल्लीमा पारी फरार पाण्डे बिरुद्ध मुद्दा
गुल्मी धुर्कोटबस्तुकी १४ बषिर्य दलित कालिकालाई गर्भधारण गर्राई छोरी समेत जन्माएर फरार भएका स्थानीय एक पाण्डै परिवार बिरुद्ध आज जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरिएको छ । धुर्कोट बस्तु वार्ड नम्बर ३ निवासी करि १४ बषिर्य बालिका चन्द्रीका नेपाली (पाण्डे) लाई स्वीकार्र्नु को साटो खुसुक्क कसैलाई थाहा नदिई आफ्नो घर सम्पत्ति समेत बेचेर फरार भएका टेमलाल पाण्डे उनकी श्रीमती राधादेवी र छोरा रामचन्द्र पाण्डे विरुद्ध आज जिल्ला अदालत गुल्मीमा दलित अधिकारकर्मीहरुले मुद्दा दायर गरेका हुन ।
Posted: September 27, 2010 | Category: दलित समाचार
दलितहरु शौचालय निर्माण र बाटो सफाईमा जुटे
बाटोको छेउ–छाउमा दिसा पिसाब गर्ने बानी त्यसको सरसफाइमा कसैले चासो नदिदा बाटोमा हिडने बटुवा नाक थुनेर हिड्नु पर्ने बाध्यता भोगिरहेका यहाँका स्थानिय बासिन्दाहरु उक्त समस्याबाट मुक्त हुने भएका छन्। स्याङ्जाको रापाकोट गाविसमा रहेका दलित समुदायका स्थानियबासिन्दाहरु घर–घरमा शौचालय निर्माण तथा बाटो सरसफाईमा एक साथ जुटेपछि सो समस्याबाट मुक्त हुने भएका हुन्।
Posted: September 27, 2010 | Category: दलित समाचार
वादी समुदायको दिनचर्या कष्टकर
खोलाकिनारामा रहेको झुपडीभित्र उज्यालो छिर्नासाथ कल्पना वादीको दिनचर्या सुरु हुन्छ । उनी हातमा तागो र अल्लोको धागो लिएर जाल बुन्न थाल्छिन् । उनले बुनेका जाल बोकेर श्रीमान् रविलाल नलगाडतिर ओर्लन्छन् । श्रीमान्ले माछा मार्ने र श्रमतीले जाल बुन्नेे पेसाबाटै गुजारा चलेको छ उनीहरूको ।
Posted: September 26, 2010 | Category: दलित समाचार
बाँकेकि दलित महिलालाई अन्तर्राष्ट्रियस्तर पुरस्कार
छोटो समयमै राम्रो आर्थिक फड्को मारेर उदाहरण बनेकी मधेसी दलित महिला कौशिल्या खटिकले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउने भएकी छन् । अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेसनलले उनलाई 'गोल्डेन ट्यालेन्ट अवार्ड' का लागि छनोट गरेको हो । चितवनदेखि पश्चिमका कसैले यसअघि यो पुरस्कार पाएका थिएनन् । एक हजार डलरको यो पुरस्कार कौशिल्यालाई आइतबार भव्य कार्यक्रमबीच नेपालगन्जमा प्रदान गरिने हेफरका संयोजक दुर्गा केसीले बताए । ३५ वर्षीया कौशिल्याले पुरस्कार पाएको थाहा पाएपछि बधाई दिन वरपर गाउँका महिला उनको घरमा झ
Posted: September 26, 2010 | Category: दलित समाचार
कोही कतै यस्तो पनि हुन्छ
कथित सानो जातसँग बिहे गरेको भनेर केटीका आफन्तले खोसेर लगेकी श्रीमती अढाई महिनापछि आफै आएपछि खुसी भएका गाउँलेहरुले वैण्डबाजा बजाएर बेहुला बेहुलीलाई चौक बजार परिक्रमा गराई बिहे गराएका छन् । मोरङको टङ्की सिनवारी १ गंगा चौक बस्ने २३ वर्षका गङ्गा ऋषिदेवले सुनसरी अमडुवा ३ बस्ने तिलक पोख्ररेलकी २२ वर्षीया छोरी सरस्वती पोख्रेलसँग गत जेठमा मोरङ जिल्ला अदालतमा नाता प्रमाणित गरी बिहे गरेका थिए ।
Posted: September 26, 2010 | Category: दलित समाचार
देउसाको दलित बस्तीमा एक घर एक सोलार
देउसा गाविसको अनुदान तथा स्थानीय समाज सुधार दलित एकता समुहको प्रयासमा दलित बस्तीमा एकघर एक सोलार जडान कार्य सम्पन्न भएको छ । गत असोज ७ गतेबाट शुरु गरिएको सोलार जडान कार्य आज सम्पन्न भएको हो ।
Posted: September 26, 2010 | Category: दलित समाचार
नेपाली काँग्रँसको दलित तर्फको परिणाम आयो
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा समावेशी कोटाबाट दलिततर्फको पुरुषको कोटामा मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र जीवन परियार निर्वाचित भएका छन् । मानबहादुर १४ सय ५, मीन ११ सय ४५ र जीवन ९ सय ५९ मतले विजयी भएका हुन् ।
Posted: September 25, 2010 | Category: दलित समाचार
नेपाली काँग्रेसको दलित तर्फको ५ पदका लागि ३० को भिडन्त
नेपाली कांग्रेस १२ औं महाधिवेशनको चुनावी मैदानमा ५ जना दलितका लागि छुट्टाईएको पदका लागि ३० जना भिड्दैछन । जसमा पुरुषबाट ३ र महिलाबाट २ गरि ५ जना नेपाली काँग्रेसको केन्द्रिय सदस्य बन्ने छन् । केन्दीय सदस्य (दलित पुरुष आरक्षण तर्फ)को पदका लागि २५ जना र केन्दीय सदस्य (दलित महिला आरक्षण) तर्फको पदका लागि ५ जना गरी ५ दलित कोटामा जम्मा ३० जना उत्रिएका छन्। उमेद्वारको नामावली यस प्रकार र‍हेको छ ।
Posted: September 23, 2010 | Category: दलित समाचार
दलितको समस्या समाधान गर्न सरकार कटिबद्द
सामान्य प्रशासन राज्यमन्त्री जीतबहादुर दर्जी गौतमले नयाँ संविधानले दलित एवम् विपन्न वर्गको समस्या समाधान गर्दै उनीहरुको जीवनस्तर उकास्न सघाउने विश्वास प्रकट गर्नु भएको छ ।
Posted: September 24, 2010 | Category: दलित समाचार
पहिरो नियन्त्रण अभियानमा जुटे गाजरीका दलित महिला
बर्षोनी प्राकृतिक प्रकोपको जोखीममा पर्ने डोटीको गाजरी गाविसका दलितहरु अचेल प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण गर्ने अभियानमा डटेर लागी परेका छन् । प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण गर्ने अभियानमा दलित महिलाहरुले अगुवाई गरेका छन् । बर्षोनी बाढी पहिरोले घरखेत बगाउने पिरले गाउ बस्तीनै छोडेर छिमेकी गाविसमा शरण लिन पुग्ने गाजरीका दलितहरुमा आगामी दिनमा जोखिम घट्ने विश्वास जागेको छ ।
Posted: September 24, 2010 | Category: दलित समाचार
दलित र विपन्न वर्गलाई बैंकीङ्ग क्षेत्रमा पहुच पुर्याउन गाउं गाउंमा लघु वित्तिय संस्थालाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने
गाउंका किसान दलित र विपन्न वर्गलाई बैंकीङ्ग क्षेत्रमा पहुच पुर्याउन गाउं गाउंमा लघु वित्तिय संस्थालाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने नेपालगन्जका बैंकका अधिकारीहरुले बताएका छन् । दलित सेवा संघ कोहलपुरले बुधबार नेपालगन्जमा आयोजना गरेको दलित र विपन्न बर्गका लागि आर्थिक कारोवारमा पहुंच विषयक कार्यक्रममा सहभागी भएका नेपालगन्जका सरकारी र नीजि बैंकका प्रमुखहरुले यस्तो बताएका हुन् ।
Posted: September 23, 2010 | Category: दलित समाचार
संस्कृत विद्यालयमा दलितको बाहुल्य
कुनैबेला ब्रा³मणका छोराहरुले मात्रै अध्ययन गर्ने संस्कृत पाठशालामा अहिले दलित र जनजाति विद्यार्थीहरुको बाहुल्य रहेको छ। पोखराको बगरमा रहेको संस्कृत माविमा मजदुरीबट जीवन धान्दै आएका गरिब दलित र जनजातिका छोराछोरीहरुले अध्ययन गरिरहेका छन्। संस्कृत पढ्नभन्दा पनि विद्यालयमा निःशुल्क पढ्न पाइने र विभिन्न किसिमका छात्रवृत्तिहरु पनि रहेकोले गरिब दलित र जनजाति विद्यार्थीको आकर्षण बढेको हो।
Posted: September 21, 2010 | Category: दलित समाचार
दलित बस्तीमा एसएलसी उत्तीर्ण नै छैनन्
अहिले एसएलसी उत्तीर्ण हुने कुरा सामान्य बन्न थालिसकेको छ। तर पर्वतका कुनै बस्तीहरु यस्ता पनि छन् जहाँ एसएलसी उत्तीर्ण व्यक्ति भेट्नै सकिँदैन। यस्तै बस्तीमध्ये एक हो कटुवाचौपारी गाविस-६ छेउखन्ना बस्ती। आर्थिक अभावका कारण बालबालिकाले बीचमै पढाइ छाड्दै आएकाले एसएलसीसम्म अध्ययन गरेका सदस्य यो समुदायमा नभएका हुन्।
Posted: September 21, 2010 | Category: दलित समाचार
गुल्मीको दलित बस्तीमा झाडा पखालाको प्रकोप
सदरमुकामबाट १० कोष टाढा पर्ने गुल्मीको विकट गाविस म्यालपोखरी र मलायागीरीमा पखालाको प्रकोप फैलिएको छ। म्यालपोखरी गाविस–१ र ९ रहेको दलित बस्तीमा झाडापखालाको प्रकोप फैलिएको हो। एक सातादेखि दुई गाविसमा फैलिएको पखालाबाट एकसयभन्दा बढी प्रभावित भएका म्यालपोखरी– ३ का सुधीर सेनले बताए ।
Posted: September 21, 2010 | Category: दलित समाचार
दलित बालबालिकाको १ करोड १० लाख स्वाहा
नेपाल सरकारले स्थानीय बिकास मन्त्रालय मार्फत पर्सा जिल्लाका ८२ गाबिसहरू मध्ये ६४ गाबिसहरूका लागि दलित बालबालिकाहरूलाई पठाएको १ करोड १० लाख रूपैयाँमा भ्रष्टाचार भएको खुलासा भएको छ। दलित जनजाति पार्टी पर्साका अध्यक्ष दिनेश रामले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी सो रकम असोज महिना भित्र नबांडेमा कडा आन्दोलन गर्ने चेतावानी दिइएका छन्। बिज्ञप्तिमा औराहा, लगडी, मसिहानी, मिर्जापुर, भिस्वा, भौराटार, सुगौली बिर्ता, बागेश्वरी तित्रौना, नगरदाहा गाबिसहरूमा सो रकम बितरण नगरिएको उल्लेख छ।
Posted: September 16, 2010 | Category: दलित समाचार
दोहामा प्रवास दलित एकता समाजको तेस्रो वार्षिकोत्सव सम्पन्न
राष्ट्रिय स्वाधिनता, दिगो शान्ति र प्रवासी हितका लागि हाम्रो अभियान, आत्मनिर्णयको अधिकारसहित दलित मुक्तिका लागि जनमुखी संविधान भन्ने मूल नारा लिएर आयोजित नेपाल प्रवास दलित एकता समाजको तेश्रो वार्षिकोत्सव तथा प्रवास दलित एकता संगठन, कतारको प्रथम महाधिवेशन सेप्टेम्बर ११ का दिन दोहामा सम्पन्न भएको छ ।
Posted: September 16, 2010 | Category: दलित समाचार
दलित, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यलाई बधाई तथा शुभकामना
नेपाल दलित सङ्घले आयोजना गरेको ‘दलित महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टीलाई तल्लो तहका कार्यकर्ताको भावनाअनुरुप सञ्चालन गर्न पनि आफू तयार भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले सत्ताका लागि नभएर शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्रीको उम्मेदवारी दिएको स्मरण गर्दै वर्तमान राजनीतिक अवस्थालाई चिर्नका लागि राजनीतिक दलबीचको सहमतिबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
Posted: September 16, 2010 | Category: दलित समाचार
दलित भएकै कारण गयो जागिर
आफूमाथि भएको ज्यादती र शोषणको विरोधमा आवाज उठाउँदैमा आफ्नो खाइपाई आएको जागिर नै चट हुन्छ भनेर शङ्कर पासवानले सायदै सोचेका थिए । तर मधेसी दलित भएकै कारण र आफूमाथि गरिएको छुवाछुत, भेदभावजन्य एवम् यातनापूर्ण अमानवीय व्यवहारविरुद्ध मुख खोलेकै कारण उनले जागिरबाट हात धुनुपरेको छ । सुनसरी–५ का शङ्कर पासवानको यो यथार्थ सुन्दा कथा झै लाग्नसक्छ, तर नौ महिनादेखि राजधानीमा भौँतारिँदै हिँडेका उनको दैनिकीलाई बुझे छर्लङ्ग हुन्छ ।
Posted: September 13, 2010 | Category: दलित समाचार
छोरीको आँखाको अप्रेसनका लागि घर घरमा सहयोग माग्दै बाबु आमा
पूलबाट खसेर ३ बर्ष अघि आखा नदेख्ने भएकी महादेवपुरी -६ बालापुरकी रिमा बि.क ९ बर्षको उमेरमा पनि बिद्यालय जान सकेकी छैनन । आमा सानी र बुवा धनवहादुर रिमाको उपचार खर्च जुटाउन अर्काको घर र पसलमा सहयोग माग्दै हिडेका छन् ।
Posted: September 13, 2010 | Category: दलित समाचार
दलित महिला माछापालन व्यावसाय तर्फ
नवलपरासीको सरावल गाउँ विकाश समितिका दलित महिलाहरू यतिबेला माछा पालन व्यावसायबाट आम्दानी गरि विभिन्न आयमुलक कार्य सुरू गरेका छन् । सरावल गाविस वडा नम्बर ७ गोबरहियाका दलित महिलाको समुहले माछा पालनबाट भएको आम्दानी बचत गरि अहिले तरकारी खेति बाखा्र पालन लगायतका कार्यहरू गर्न थालेका छन् ।
Posted: September 13, 2010 | Category: दलित समाचार
डोम भएकै कारण खोलाको पानी खान बाध्य !
उपल्लो जातिका मानीसहरुले र्सार्वजनिक इनारबाट पानी खान नदिएपछि रिहा चन्द्रउदयपुर गाविस ९ डन्डाटोलका डोम समुदायका मानिस लामो समयदेखि घुर्मीखोलाको धमिलो पानी खान बाध्य छन् । खोलाको धमिलो पानी खाँदा चार घर डोम समुदायका दर्जनौ बालबालिका रुघा खोकी, ज्वरो, झाडापखला जस्ता रोगबाट विरामी परेका छन् ।
Posted: September 8, 2010 | Category: दलित समाचार
छुवाछूतमुक्त गाउँ घोषणा
चानुवा गाविसलाई छुवाछूतमुक्त घोषणा गरिएको छ । आइतबार भएको सर्वपक्षीय भेलाले यो गाविसलाई छुवाछूतमुक्त गाविस बनाउने निर्णय गरेको हो ।
Posted: September 8, 2010 | Category: दलित समाचार
१३ वर्षीया दलित बालिकाले बच्चा जन्माईन, केटा फरार
दलित युवतीलाई बुहारीको रूपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अर्न्तजातीय विवाहको आशामा गरेको यौन सम्पर्कपछि रहेको गर्भबाट बालिकाले भने शनिवार जिल्ला अस्पतालमा बच्चा जन्माएकी छन् ।
Posted: September 6, 2010 | Category: दलित समाचार
कपिलवस्तु खोरिया गाउँका दलित समुदाय बंगुर पालन तर्फ आकर्षित
कपिलवस्तुस्थित सिहोखोर गाविसको खोरिया गाउँका दलित समुदाय आजभोलि बंगुर पालन तर्फ आकर्षित हुन थालेका छन्। खेती योग्य जमिन नदीले कटान गरी बगरमा परिणत गरेपछि अहिले खोरिया गाउँका करीब ३० दलित परिवार बंगुरपालन तर्फ आकर्षित भएका हुन्। बाबुबाजेले एक दुई जोडी बंगुर परम्परागत रुपमा पाल्दै आए पनि आज भोलि यी समुदायले भने यो पेशालाई व्यवसायिक रुपमा अंगालेका छन्।
Posted: September 6, 2010 | Category: दलित समाचार
दलितलाई विशेषाधिकारको व्यवस्था हुनुपर्ने माग
दलित अधिकारकर्मीले जातीय विभेद अन्त्यका लागि निश्चित समयसम्म विशेषाधिकारको व्यवस्था हुनुपर्ने माग गरेका छन्। दलित कल्याण संघले आज राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा सहभागी अधिकारकर्मीले यस्तो माग गरेका हुन।
Posted: September 6, 2010 | Category: दलित समाचार
लाहाचोकको दलित पक्की विद्यालय भवनको शिलान्यास
कास्कीको लाहाचोक स्थित दलित विद्यार्थी मात्रै अध्ययन गर्ने जनजागरण प्राविमा थप भवन निर्माण हुने भएको छ । भवन अभावमा एउटै कोठामा दुइ वटा कक्षा सञ्चालन हुदै आएको उक्त विद्यालयमा थप भवन निर्माण हुने भएपछि अव कक्षा सञ्चालनको लागी समस्या हट्ने भएको छ ।
Posted: September 6, 2010 | Category: दलित समाचार
दलित भनी हेला गरेको भन्दै आपत्ति
गाउँशहर गाउँ विकास समिति वडा नं २ दनाईगाउँ निवासी काजीराम परियारले जातियताको सवाललाई लिएर आफुलाई दुव्र्यवहार भएको वताउनु भएको छ ।
Posted: September 6, 2010 | Category: दलित समाचार
दमाई बनिन् कल्पना सोब
नेपाली कांग्रेसबाट समानुपातिक सभासद् बनेकी कल्पना सोबले सभासद् बन्नका लागि थर परिवर्तन गरेको रहस्य खुलेको छ । उनले सभासद् हुनका लागि कल्पना सोब दमाई लेखेकी छन् । संविधानसभाको निर्वाचनका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको ठाडो आदेशमा उनको थर सोब पछाडि दमाई थपिएको हो ।
Posted: September 6, 2010 | Category: दलित समाचार
दलित बस्ती दर्ता गर्ने तरखर
भूमाफियाले बेल्टार ५ सातधारेस्थित दलित बस्तीको करिब ७ बिघा जग्गा दर्ता प्रक्रिया अगाडि बढाएका छन् । करिब १२ परिवार दलितसहित झन्डै २५ घरले वर्षौंदेखि भोगचलन गरिरहेको जग्गा मालपोत कर्मचारीसहितको मिलेमतोमा भूमाफिया समूहले दर्ता गर्न लागेको हो ।
Posted: September 3, 2010 | Category: दलित समाचार
गरिबी निवारणद्वारा १३ लाख ऋण प्रदान
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको पहलमा तथा गरिबी निवारण कोषको सहयोगमा दोस्रो चरणको दलित समुदायलाई ऋण उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पर्साको देवरवानासहित विभिन्न गाविसको दलित समुदायलाई अनुदान ऋण प्रदान गरिएको छ ।
Posted: September 3, 2010 | Category: दलित समाचार
दलितले पनि गौरा मनाए
कञ्चनपुरमा दलित समुदायका महिला तथा पुरुषहरुले समेत गौरा पर्व धुमधामसँग मनाए छन् । दलितहरुले गौरा मनाउनु पर्दै भन्ने मान्यतालाई त्याग्दै उनीहरुले धुमधामका साथ गौरा पर्व मनाएका हुन ।
Posted: September 3, 2010 | Category: दलित समाचार
संविधानसभाका विषयगत समितिहरुको प्रतिवेदनहरु दलित पक्षबाट विश्लेषण हुने
संविधानसभा अन्तर्गतका विभिन्न विषयगत समितिहरुले तयार पारेको प्रतिवेदनहरुलाई दलित समुदायका विज्ञहरुले दलित दृष्टिकोणबाट विश्लेषण गरी समितीका प्रतिवेदनहरुमा नसमेटिएका दलित सवालहरुलाई समेट्नका लागि थप सुझाव दिन दलित गैरसरकारी संस्था महासंघको आयोजनामा दलित गैरसरकारी संस्था महासंघराष्ट्रिय दलित आयोग उपेक्षित उत्पीडित वर्ग उत्थान विकास समिति र राजनीतिक दलहरुका दलित भातृ संगठनहरुका प्रतिनिधिहरुको छलफल भाद्र १६ गते काठमाडौंमा सम्पन्न भयो ।
Posted: September 2, 2010 | Category: दलित समाचार
तीनै छोरा बितेपछि भुलाउने बाटो अर्को छोरा पाउँला
तुफान न्यौपाने, जुम्ला, भदौ १७ - त्यो दिन गाउँमा जात्रा नभदिएको भए पर्व दमाइले सदरमुकाम मान्म गएर परिवार नियोजन गराइसकेका हुन्थे। जात्रामा बहिनी-ज्वाइँको खातिर गर्नुपरेकाले उनी मान्म जान पाएनन्। जात्राकै राति सोमबार (भदौ १२) पहिरोले तीनतले घर भत्कँदा उनका तीनै छोरा बिते।
Posted: September 2, 2010 | Category: दलित समाचार
उत्पीडित दलित समुदायको संजाल धवलागिरीको पे्रस विज्ञप्ती
समाज तथा राज्यमा स्वतन्त्र तथा सम्मानपुर्ण तरिकाले बाच्न पाउने अधिकार व्यक्तिको नैस्रगिक अधिकार हो । यो अधिकारको उल्लधन कुनै निकाय संस्था तथा नागरिकले गर्न पाउँदैनन । यही सिद्धान्त बमोजिम अन्तरिम संविधान २०६३ ले प्रत्येक नागरिकलाई राज्यमा सम्मानपुर्ण तरिकाले बाँच्न पाउने र व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरिने छैन भनि व्यक्तिको सम्मानपुर्वक बाँच्न पाउने अधिकारलाई मौलिक हकको रुपमा नै व्यवस्था गरेको छ ।
Posted: September 2, 2010 | Category: प्रेस विज्ञप्ती
अनिश्चितकालीन विद्यालय बन्द
दलित विद्यार्थी भर्नामा शुल्क लिएको भन्दै संयुक्त दलित विद्यार्थी मञ्चले उच्च माविका प्राचार्य मीनबहादुर पुनको कुर्सी जलाएपछि विद्यालय प्रशासनले आइतबारदेखि अनश्चितकालका लागि विद्यालय बन्द गरेको हो ।
Posted: August 31, 2010 | Category: दलित समाचार
हँसिया र कोदालोबाटै राम्रो आम्दानी
जिल्लाको केहि गाविसका विप्पन्न तथा दलित परिवारहरूले गाउँमानै हँसिया र कोदालो बनाएर आम्दानीको स्रोतमा वृद्धि गरेका छन्। दोखु, फुङ्लिङ्ग, नाङ्खोल्याङ्ग लगायत गाविसका यि परिवारले पुख्यौलि र लोप हुन लागेको पेशा लाई व्यवस्थित बनाएर काम गर्न थाले पछि यसबाट राम्रो आम्दानीमा वृद्धि भएको दोखु गाविसका चन्द्र विकले बताए।
Posted: August 31, 2010 | Category: दलित समाचार
दलित पत्रकारलाई तालिम
उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले आज काठमाडौंमा दुई दिने पत्रकारिता तालिम शुरु गरेको छ । तालिममा दलित पत्रकारलाई दलितका समस्यालाई रेडियो मार्फत कसरी उठान गर्ने भन्ने बारेमा तालिम दिईएको छ ।
Posted: August 27, 2010 | Category: दलित समाचार
दलित महिला समाजसेवामा
स्थानीय विवाकुमारी नेपालीले सल्यानकोट उपस्वास्थ्य चौकी जाने ३ सय मिटर गोरेटो बाटो पुर्ननिर्माण गर्नुभएको हो । ग्रामीण सडकका कारण स्वास्थ्य चौकी पुग्ने गोरेटोवाटो भत्किएर हिडनै नहुने भएकाले आंफुले वाटो मर्मत गरेको नेपालीले वताउनुभयो ।
Posted: August 26, 2010 | Category: दलित समाचार
दलित बस्ति बाढीको जोखिममा
तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने विद्यालयसहित विद्यालयदेखि दक्षिणतर्फको टोलमा रहेका करिब ५० घर दलित घर परिवार जोखिममा छन् ।
Posted: August 26, 2010 | Category: दलित समाचार
विभेद अनत्य गर्न शिक्षामा जोड दिनु पर्ने
समाजका सबै विभेदलाई शिक्षा द्धारा अनत्य गर्न सकिने हुदा शिक्षामा समावेशी हुनु पर्ने भनी बागलुङमा आयोजित कार्यक्रमका वक्त्ताले जोड दिएका छन् । दलित सेवा संघ जिल्ला शाखा बागलुङले आयोजना गरेको शिक्षा ऐन २०२८ शिक्षा नियमवाली तथा शिक्षक सेवा आयोग नियमावली शंसोधन विषयक १ दिने सुझाव संकलन अन्तरकि्रया कार्यक्रममा बोल्ने वक्ताले यस्तो वताएका हुन् ।
Posted: August 26, 2010 | Category: दलित समाचार
दलित बस्तीमा शौचालय निर्माण अभियान
डोटीमा पहिलो पटक एक घर एक शौचालय अभियान सञ्चालन गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने छपाली-६, चेडीगाउँको दलित बस्तीमा सो अभियान सुरु गरिएको हो ।
Posted: August 26, 2010 | Category: दलित समाचार
जातीय विभेद गर्ने सञ्चारकर्मीले माफी मागे
गेटा गाविस- ७ निवासी खप्तड एफएममा प्राविधिक पदमा कार्यरत खगेन्द्र भण्डारीले सोही ठाँउमा कार्यरत समाचार प्रस्तोता कञ्चनपुर जिल्ला शकंरपुर गाविस-७ निवासी कुष्ण पिल्कोटीलाई जातीय दुर्व्यवहार गरेकोमा ०६७ भदौ ६ गते सार्वजानिक रुपमा माफी मागे ।
Posted: August 26, 2010 | Category: दलित समाचार
दलित महिलाहरुले समूह बनाएर जडिबुटी खेती गर्न शुरु
रझेना -४ प्रेमनगर सुर्खेतका महिलाहरुले प्रगतिशिल दलित महिला जडिबुटी समुहको स्थापना गरी जडिबुटी खेती गर्न शुरु गरेका हुन । जडिबुटी खेतीको शुरुमा कालोमेघ तुलसी र बेसार खेतीको शुरु गरेका महिलाहरुले अहिले लेमनग्रासको खेती शुरु गरेका छन ।
Posted: August 26, 2010 | Category: दलित समाचार
दलितद्वारा राष्ट्रिय योजना आयोगमा १२ बुंदे माग पेश
केन्द्रीय तथ्याङ्क विभागले २०६८ सालमा गर्न लागेको नेपालको राष्ट्रिय जनगणनामा दलित समुदायको बास्तविक तथ्य तथ्यांक आउनु पर्ने जनगणना प्रकृयामा पुनरावलोकन गर्नुपर्ने भन्दै राष्ट्रिय दलित आयोग उत्पीडित उपेक्षित तथा दलित वर्ग उत्थान विकास समिति दलित गैरसरकारी संस्था महासंघ राजनीतिक दलित भातृ संगठनहरु दलित समुदायका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने दलित सभासद् लगायतका सम्पूर्ण दलित नागरिक समाजको तर्फबाट राष्ट्रिय योजना आयोग र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै १२ बुंदे माग राष्ट्रिय योजना आ
Posted: August 19, 2010 | Category: दलित समाचार
दुर्गामन्दिरमा दलित महिला पुजारी
पर्वतको शिवालय गाविस वडा नम्बर ३ स्थित गोदामको दुर्गामन्दिरमा दलित महिला पुजारीले पूजा गर्दै आएकी छिन् । पानी चल्ने जातले मात्र मन्दिरमा पूजा गर्ने परम्परा तोड्दै यहाँकी एक दलित महिलाले सात वर्षदेखि पुजारीको काम गर्दै आएकी हुन् । स्थानीय डल्ली नेपाली मन्दिरमा पूजा गर्ने पहिलो दलित महिला पनि हुन् ।
Posted: August 17, 2010 | Category: दलित समाचार
दलित मोर्चाद्वारा आयोगमा अनिश्चितकालिन तालाबन्दी
कर्मचारी भर्ना आवेदनको म्याद थप १५ दिन लम्ब्याउन माग गर्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले राष्ट्रिय दलित आयोगमा तालाबन्दी गरेको छ । मोर्चाका केन्द्रीय सह संयोजक रणेन्द्र बरालीद्वारा आज जारी प्रेस विज्ञप्तीमा कर्मचारी भर्ना आवेदनको म्याद थप १५ दिन लम्ब्याउने मागका विषयमा यही साउन १९ गते आयोगलाई एक ज्ञापन पत्र दिइएको बताईएको छ ।
Posted: August 17, 2010 | Category: दलित समाचार
दलित बस्ति सोलारबाट झिलिमिली
बागलुङको एक दलित बस्तीमा सौर्य उर्जाबाट विद्युत सेवा विस्तार गरेपछि गाउ झिलिमिली भएको छ । बेलायती नागरिक 'नीक' तथा 'सस्टेन लिमिटेड' नामक संस्थाको सहयोगमा काठमाण्डौको वातावरण विकासका लागि नविकरणीय उर्जा कार्यक्रमले बागलुङको हिल गाविस ९ को २२ घरमा सौर्य विद्युतीकरण गरेको पछि गाउ झिलिमिली भएको हो कार्वन उर्त्सजनलाई कम गर्ने उदेश्य लिएको सो संस्थाले ७५ प्रतिशत सहुलियतमा बागलुङ हिलको दलित बस्तीमा सौर्य उर्जाबाट विद्युत सेवा विस्तार छ। उक्त विद्युतीकरणबाट उपभोक्ताले कम्तिमा ३ वटा वत्ति, रेडियो, मोवाइल
Posted: August 17, 2010 | Category: दलित समाचार
असुरक्षित प्रसुती गराउने क्रममा अछाममा ३२ वर्षीय दलित महिलाको मृत्यु
असुरक्षित प्रसुती गराउने क्रममा अछाममा एक दलित महिलाको आइतवार मृत्यु भएको छ । जिल्लाको मष्टामाण्डु गाविस ६ भण्डारी गाउकी ३२ वर्षीय सुर्जा दमाइको मृत्यु भएको हो । गाउँ नजिकको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी संग नलिएर घरमै असुरक्षीत प्रसुती गराएपछि अत्याधिक रक्तश्राव भए पछि उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
Posted: August 16, 2010 | Category: दलित समाचार
जग्गा सम्बन्धीको विवादमा प्रहरीद्वारा दलित महिलामाथि लाठीचार्ज / आधा दर्जन भन्दा बढी घाइते
राजबिराज, श्रावण ३० २०६७ ०८:३६ - सप्तरीको पातो गाविसमा मोही जग्गा सम्बन्धिको विवादमा आईतवार प्रहरीले लाठ्ठी चार्ज गर्दा करिब एक दर्जन दलित महिला तथा बालबालिका घाइते भएका छन् ।
Posted: August 16, 2010 | Category: दलित समाचार
सर्पको टोकाइबाट एकै दलित परिवारका तीनको मृत्यु
बाँकेको इन्द्रपुर–६ मा मङ्गलबार सर्पको टोकाइबाट एकै घरका तीन जनाको ज्यान गएको छ। सोमबार राति घरमा सुतिरहेका बेला सर्पले टोकेर सिकिस्त भएका इन्द्रपुर–६ का दुखीराम खटिकका एक छोरा र दुई छोरीको भेरी अञ्चल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको हो।
Posted: August 11, 2010 | Category: दलित समाचार
पहिरोमा परि सातको मृत्यु
बाजुराको बाह्रबिस गासिस- ५ जुवापानीको दलित बस्तीमा मङ्गलबार बिहान गएको पहिरोमा परी सातजनाको मृत्यु भएको छ ।
Posted: August 11, 2010 | Category: दलित समाचार
दलित समुदायको शिक्षामा पहुच पुर् याउन वर्तमान शिक्षा ऐन तथा नियमावली संसोधन गर्न आवश्यक
वर्तमान शिक्षा ऐन तथा नियमावली दलित मुखि बनाउनका लागि शिक्षा ऐन तथा नियमावली शंसोधनका लागि सझाब संलकन अन्तरकि्रया कार्यक्रम शिक्षा मन्त्रालयका सह-सचिव जनार्दन नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
Posted: August 11, 2010 | Category: दलित समाचार
गैरदलितकी छोरी बिहे गरेको भन्दै ५५ हजार जरिवाना
दलितले गैरदलितकी छोरीसँग बिहे गरेको आरोपमा सुनसरीको छिटाहा- ५ मा गाउँलेहरुले एक दलित परिवारलाई ५५ हजार रुपैयाँ जरिवाना तिराएका छन् । गाउँमा स्थानीय प्रहरी प्रशासनलाई समेत साथमा लिएर पन्चेती (भेला) राखेर दलित भनिने बद्री राम र उनका बाबु रामप्रसाद रामलाई एक महिनाअघि उपल्लो जातिकी छोरीलाई बिहे गर्ने आँट गरेको भन्दै सोही ठाउँका भोला पालले गाउँलेको सहयोगमा जरिवाना तिराएका हुन् ।
Posted: August 11, 2010 | Category: दलित समाचार
आर्थिक उपार्जनमा दलित महिलाको सक्रियता
आर्थिक उपार्जनका लागि सहरबजार नै पस्नुपर्दैन भन्ने उदाहरण बाँके जिल्ला चिसापानी गाविस वडा ५ का दलित समुदायका महिलाले प्रस्तुत गरेका छन् । सो गाविसका करिब २५ भन्दाबढी महिलाले सङ्गिनी समूह गठन गरी आफ्नै गाउँमा व्यावसायिक खेतीतर्फ अग्रसर भएका छन् । समूहमार्फत ती महिला अहिले व्यावसायिक रूपमा तरकारी, मकै, धानखेती तथा कुखुरा र बाख्रापालनमा सक्रिय देखिएका छन् ।
Posted: August 10, 2010 | Category: दलित समाचार
प्रवेशिका उत्तीण् गर्ने दलित विद्यार्थीलाई सम्मानित भए
शैक्षिक शत्र २०६६/०६७ मा यस जिल्लामा प्रवेशिका परिक्षा उत्तिण गरेका दलित तथा उत्पीडित विद्यार्थीहरुलाई सम्मान तथा अभिनन्दन गरिएको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाज लमजुङले जिल्लामा २०६६ सालको प्रवेशिका परिक्षा उत्तिण गरेका १५९ जनालाई एक कार्यक्रमका विच सम्मान तथा अभिनन्दन गरिएको हो ।
Posted: August 10, 2010 | Category: दलित समाचार
अन्तरजातीय विवाहको पक्षमा सर्वोच्चको फौसला
भनिन्छः अगाध प्रेमका अगाडि जस्तोसुकै शक्ति पनि परास्त हुन्छ । यस्तै प्रेमका अगाडि आइतबार अभिभावक परास्त भए । फलस्वरूप सर्वोच्च अदालतले पनि प्रेमी-प्रेमिकाको पक्षमा फैसला सुनायो । दुई वर्षको प्रेमपछि अन्तरजातीय विवाह गरेका सप्तरीका एक जोडीको पक्षमा सर्वाेच्च अदालतले आइतबार फैसला गरेको हो ।
Posted: August 10, 2010 | Category: दलित समाचार
एमाले दलित नेतालाई थुनामा राख्न आदेश
पाँचथर जिल्लाका जिल्ल न्यायधिशको एकल ईजलाशले एमाले दलित नेता भवानी शंकरलाई थुनामा राखी कार्वाही गर्न आदेश दिएको हो ।
Posted: August 10, 2010 | Category: दलित समाचार
दलित विद्यार्थीका लागि सिफारिसले काम गरेन
छात्रवृत्तिको कोटामा निशुल्क अध्ययनको लागी उच्च शिक्षा परिषदले प्रवेश प्ररिक्षा लिएर सिफारिस गरेका विद्यार्थी हरुवाट धरानका केही उच्च मावि हरुले विभिन्न वाहानामा शुल्क लिइरहेको पाइएको छ । यता केही उमावि हरुले भने परिषदले शिफारीस गरेका विद्यार्थी हरुलाई कोटा पुरा भएको भन्दै फर्काउने गरेको छ ।
Posted: August 8, 2010 | Category: दलित समाचार
राष्टि्य जनगणनामा दलित समुदायको चासो
अगामी राष्टि्य जनगणनाबाट दलित समुदायको वास्तबिक तथ्याÍ आउनुपर्नेमा दलित समुदायका अगुवाहरुले गम्भिर चासो व्याक्त गरेका छन् । केन्द्रीय तथ्याÍ विभागले २०६८ सालको राष्टि्य जनगणनाको कामलाई अगाडि वढाइरहेको सन्दर्भमा दलित समुदायको वास्तविक जनसंख्या र आगामी जनगणना विषयमा दलित गैर सरकारी संस्था महासंघले अन्तरकि्रया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
Posted: August 8, 2010 | Category: दलित समाचार
घर बन्द गरेर रोजगारीमा गएका दलितहरू विदेशमै पलायन
धेरैलाई आफ्नो घर त्यसै छोड्न मन लाग्दैन । त्यसमा पनि विपन्न परिवारले भएको आफ्नो घर पनि त्यसै छोडे भने उनीहरूको अवस्था कस्तो होला - यहाँका अधिकांश गाविसका दलित समुदायका परिवार भारततिरै पलायन हुँदा उनीहरूले छोडेका यस्ता हजारौं घर त्यसै अलपत्र परेका छन् ।
Posted: August 8, 2010 | Category: दलित समाचार
प्रेमले पार्‍यो बिचल्ली
प्रेम र सम्बन्धले मान्छेलाई कतिसम्म तान्छ ? यो प्रश्न सप्तरीकी रञ्जनकुमारी सिंह र उनको प्रेमी किशोरकुमार पासवानलाई सोध्नु सान्दर्भिक हुन्छ । एउटै गाउँ जगतपुरमा हुर्के बढे पनि फरक जात र फरक सामाजिक पृष्ठभूमि भएका यी दुईले आफ्नो प्रेमका लागि घरपरिवार मात्रै होइन आफैंलाई पनि दाउमा राखेका छन् ।
Posted: August 8, 2010 | Category: दलित समाचार
एमाले दलित नेता निलम्बित
एमालेले आर्थिक अनियमितता गरेको आरोपमा दुई दलित नेतालाई जिल्ला समितिबाट निलम्बन गरेको छ । एमाले पाँचथरको आइतबार सम्पन्न बैठकले आर्थिक प्रलोभनमा परी पार्टी हितविपरीत कार्य गरेको भन्दै जिल्ला सदस्य तथा जनवर्गीय संंगठन दलित मुक्ति समाजका केन्द्रीय सदस्य भवानी विश्वकर्मा र समाजका जिल्ला अध्यक्ष क्षेत्र नं. १ का उपसचिव वीरबहादुर धमलालाई कारबाही गरेको हो ।
Posted: August 3, 2010 | Category: दलित समाचार
दलित सहभागीता बढ्दै
शान्तिबहालीसँगै पिछडिएका दलित समुदायले राज्यबाट विविध अवसर एवम् सुविधा पाउन थालेका छन् । बडहरा दुवौलिया गाविस-७ का रामलखन हरिजन आफू दलित भएका कारण सिंचाइ महासङ्घका केन्द्रीय महासचिव भएको बताउनुहुन्छ ।
Posted: August 1, 2010 | Category: दलित समाचार
बालीघरे प्रथामा काम गर्न बाध्य छन् अझै पनि दलित समुदाय
बालीघरे प्रथामा काम गर्ने चलन पाल्पामा अझै पनि दलित समुदायले अगाल्न बाध्य भएका छन् । बालीघरे प्रथालाई उन्मूलन गर्न सरकारले बेवास्ता गरेकै कारण पुस्तौ पुस्तादेखि सिलाई पेशामा काम गर्ने परियार थरका अधिकांश मानिसहरुले र फलामका घरासी प्रयोजनका लागि हातहतियार निर्माण गर्ने विश्वकर्मा थर गरेका अधिकांश मानिसहरुले गाउँ गाउँमा अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन ।
Posted: July 27, 2010 | Category: दलित समाचार
दलित विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालय एकवर्ष भित्र बन्दहुने अवस्थामा
पर्वत साउन १० । गाउँमै निःशुल्क र गुणस्तरीय अङ्ग्रेजी शिक्षा दिने उद्देश्यले पर्वतको सुदूर दक्षिणी रानीपानी गाविसमा सन्चालनमा आएको एक सामुदायिक विद्यालय स्रोतको अभावमा एक वर्षमै बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयसँग प्रयाप्त आर्थिक स्रोत नभएकाले विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । मुलुकमा शान्ति बहालीसँगै रानीपानीमा साचालित सामुदायिक प्राथमिक विद्यालयमा निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यममा पढाइ साचालनमा आएको थियो । गाउँमै गुणस्तरीय रुपमा अङ्ग्रेजी शिक्षाको पठनपाठन हुन थालेपछि पर्वत ज
Posted: July 26, 2010 | Category: दलित समाचार
National Dalit Commission(NDC)- vacancies announcement
National Dalit Commission(NDC)- vacancies announcement राष्ट्रिय दलित आयोग पदपूर्ति समिित बानेश्वर काठमाण्डौको पदपूर्ति सम्बन्धी सूचना निम्न पदहरुको तियोगितात्मक परीक्षाद्वारा करारमा पदपूर्तिका लागि निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगद्वारा स्वीकृत फाराम भरी दरखास्त आवहान गरिन्छ ।
Posted: July 16, 2010 | Category: दलित समाचार
दलित बालबालिकालाई अध्ययनमा समस्या
आर्थिक अभावका कारण नारायणपुर खैरामा रहेको दलित बस्तीका बालबालिकालाई अध्ययनमा समस्या आएको छ । उनीहरूलाई अध्ययनखर्चका साथै घर्रखर्च जुटाउन साँझबिहान काममा खटिनुपर्ने भएकाले यस्तो समस्या आएको हो । 'मलाई अरूको घरमा पढाउने र्सतमा काम गर्न राखियो, तर मलाई पढ्न दिइएन,' नारायणपुर निवासी नारायण नेपालीले राजधानीसँग गुनासो गरे । 'लामो समयसम्म काम गर्दा पनि विद्यालय जान नपाएपछि मैले काम गर्ने घर छाडेर अहिले इँटाभट्टामा काम थालेको छु,' उनले भने । आर्थिक अभावका कारण गुजारा चलाउन र पढ्न समस्या भएको उनको भनाइ छ
Posted: July 16, 2010 | Category: दलित समाचार
नगरपालिकाको लार्पावाहीले दलित बालसंरक्षणको रकम फिर्ता
दलित बालबालिकाको कुषोषण हटाउन सरकारले छुट्टाएको रकम पोखरा उप-महानगरपालिकाको लार्पवाहीको कारण फिर्ता भएको छ । उप-महानगरपालिकाले यस क्षेत्रका दलित बालबालिकाको तथ्याङ्क समयमै जिल्ला बिकास समितिमा नपठाई दिदा सहयोग रकम फिर्ता हुन पुगेको हो ।
Posted: July 16, 2010 | Category: दलित समाचार
दलित समुदायका कुरा उठाउन युवाको भुमिका महत्वपूर्ण
पश्चिमाञ्चल विकास क्षेत्रका दलित युवाहरुले दलित सवालमा कुरा उठाउनु दलित युवाहरुको मुख्य सवाल भएको बताएका छन्। जागरण मिडिया सेन्टरको आयोजनामा दलित समुदायका युवा लागि तानसेनमा आयोजित आधारभुत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै सहभागीहरुले सवै क्षेत्रको सहभागिता हरेक क्षेत्रमा हुनका लागि युवाको भुमिका प्रमुख हुनेमा जोड दिए। नेपाल पत्रकार महासंघ पाल्पाको स्थानीय संयोजनमा भएको सो कार्यक्रममा कपिलवस्तुका सहभागी चिन्ता परियार, विना विश्वकर्मा, प्रशिक्षक एकल सिलवाल, दलित अधिकार कर्मी तीर्थ गौतम,
Posted: July 16, 2010 | Category: दलित समाचार
आखिर पुरातनवादीहरु यथास्थितिवादीहरु दलितको अगाडी घुडा टेके
पर्वत पकुवा ४ घर भई हाल शिवालय ८ मा बस्ने लाल बहादुर वि।s। र ऐ जिल्ला दुर्लुङ्ग गाविस निवासी पुण्यवती शर्माले सामाजिक कलंकको रुपमा रहेको जातीय विभेदलाई अन्त्य गर्ने हिसाबले अन्तरजातीय रुपमा गरेको विवाहलाई वदर गराउने हिसावले केटीका परिवारजनले गरेको पडयन्त्र प्रहरी प्रशासनको गरेको दलित विरोधी कार्यको भण्डाफोर गर्दै समाजलाई यथास्थिति मै राख्ने पुरातनवादी यथास्थितिवादी परिवर्तनका विरोधीहरुलाई घुडा टेकाएरै छाडे ।
Posted: July 14, 2010 | Category: दलित समाचार
अन्तरजातीय बिबाह गर्ने जोडी सुरक्षा खोज्दै बागलुङमा
अन्तरजातीय बिबाह गरेपछि आफुहरु असुरक्षीत भएको भन्दै पर्वत दुर्लुङका एक जोडी बागलुङका अधिकारकर्मीहरुको शरणमा आईपुगेका छन । झण्डै २ बर्षको प्रेम सम्बन्धपछि विवाह गरेका पर्वत दुर्लुङ गाविसका लालबहादुर सुनार र सोही गाविस निवासी पुण्यवती शर्मा न्यायको खोजीमा बागलुङमा कि्रयाशिल मावनअधिकारकर्मीहरु समक्ष पुगेका हुन ।
Posted: July 12, 2010 | Category: दलित समाचार
दलित आन्दोलनलाई विश्वव्यापी रुपमा जोड्ने अभियानमा आईसीडिआर
अन्तराष्ट्रिय दलित अधिकार आयोग आईसीडिआरको कार्यकारी परिषद्को तेश्रो बैठक विश्वव्यापी मानवता र न्यायका निम्ति दलित अधिकार भन्ने मुल नाराका साथ हालै काठमाडौंमा सम्पन्न भएको छ ।
Posted: June 29, 2010 | Category: दलित समाचार
बर्दिया गोलीकाण्ड घटनाको सहमति बदरको माग गर्दै अख्तियारमा उजुरी
काठमाडौं । असार ११ गते बर्दिया गोलीकाण्ड घटनामा कानुन विपरित सहमति गरिएको तथा निर्णयहरू बदरको माग गर्दै बर्दिया घटनाका लागी दबाब समूहले ०६७ असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा अनुसन्धान तहकिकातको अवस्था रहेको जाहेरी दरखास्तलाई सार्वजनिक पद धारण गरेको व्यक्तिबाट प्रत्यक्ष असर पर्ने गरी ०६६ चैत २६ गते गरिएको सहमति तथा निर्णयहरू बदर गर्न माग गरिएको हो ।
Posted: June 25, 2010 | Category: दलित समाचार
दलित र गैर दलित विहे गर्ने दुई जोडीले पाए १–१ लाख रकम
जनकपुर ११ असार दलित र गैर दलित बिच विवाह गर्ने दुई जना जोडिलाई जिल्ला प्रशासन कार्यालय धनुषाले प्रोत्साहन रकम प्रदान गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा दुई जना जोडिले रकमको लागि माँग दाबि गरेपछि उनिहरुलाई एक एक लाख रुपैयाको दरले रकम प्रदान गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय धनुषाका लेखा अधिकृत शम्भुनाथ मिश्रले गराएका छन्।
Posted: June 25, 2010 | Category: दलित समाचार
एकपछि अर्को मुद्दा खेप्दै दलित समुदाय
बाग्लुङ, ११ असार : पर्वतको खुर्कोट- ७ खाल्टाका ३३ घर कुरिया दलित समुदायले एकपछि अर्को गर्दै पाँच वर्षदेखि आधा दर्जन मुद्दा खेप्दै आएका छन् । भट्टेखाल्टे सामुदायिक वन उपभोगको विषयमा असन्तुष्ट पक्ष थममाया उपाध्यायलगायतका गैरदलित समुदायले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
Posted: June 25, 2010 | Category: दलित समाचार
दलित तथा मधेसी दलितका लागि ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन फितलो भएको दलित प्रतिनिधिको गुनासो
दलित हक अधिकारको पक्षमा काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिले दलित तथा मधेसी दलितका लागि ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन फितलो भएको गुनासो गरेका छन्।
Posted: June 25, 2010 | Category: दलित समाचार
हलो जोत्ने दलित महिलालाई गाऊँ निकाला
श्रीमान हुदाँहुदै सेतो लुगा लगाएको र हलो जोतेको आरेापमा कैलाली जिल्लाको चौमला गाबिसकी एक दलित महिलालाई स्थानिय बासिन्दाहरुले गाऊँ निकाला गरेका छन ।
Posted: June 23, 2010 | Category: दलित समाचार
सिराहा जिल्ला चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवालाई त्यहाँका गैरदलितले सार्वजनिक इनारको पानी प्रयोग गर्न नदिएको बारे प्रेस विज्ञप्ति
सिराहा जिल्ला चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवालाई असार १ गते देखि त्यहाँका गैरदलितले सार्वजनिक इनारको पानी प्रयोग गर्नबाट बिाचत गरिएको घटनाप्रति दलित गैरसरकारी संस्था महासंघको गम्भीर ध्यानाकर्षण भएको छ र सो घटनाको निन्दा एवं घोर भत्स्रना गर्दछ ।
Posted: June 22, 2010 | Category: प्रेस विज्ञप्ती
छुवाछुत विरुद्धको अभियान सम्पन्न
बागलुङ । घुम्टे दलित साजाल गल्कोट बागलुङले दक्षिण भेगका १२ गाविसमा छुवाछुत विरुद्धको अभियान असार ६ गते सम्पन्न भएको छ । सामाजिक विभेद विरुद्धको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ गत चैत १५ गते देखि सुरु भएको अभियान आज हरिचौरमा एक अन्तकि्रया गर्दे सम्पन्न गरिएको हो ।
Posted: June 22, 2010 | Category: दलित समाचार
'दलितको पसल हटाउन टहरा भत्काईयो'
पोखरा, अषाढ ७ - दलितको पसल हटाउने केही गाउँलेको उद्देयलाई साथ दिदै प्रहरीले लेखनाथ नगरपालिकाको मालेपाटनस्थित बुडुवामा बाटो छेउको टहरा भत्काएको अधिकारकर्मीले बताएका छन । गाउँका केही ब्यक्तिहरुको दवावमा लेखनाथ नगरपालिकाको राजनीतिक संयन्त्रले गरेको टहरा भत्काउने निर्णयलाई जिल्ला प्रशासन र प्रहरीले कार्यान्वयन गरेको थियो ।
Posted: June 21, 2010 | Category: दलित समाचार
जनजाती र दलित विद्यार्थीलाई निशुल्क अध्ययन
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले क्याम्पसमा आदिवासी जनजाती र दलित विद्यार्थीलाई निशुल्क अध्ययन गराउने भएको छ ।
Posted: June 21, 2010 | Category: दलित समाचार
दलित युवालाई प्रशिक्षण
दलित समुदायको अधिकार र न्यायबारे पनौतीमा दलित समुदायका युवावर्गलाई तीन दिने सचेतीकरण तालिम दिइएको छ ।
Posted: June 21, 2010 | Category: दलित समाचार
दलितका लागि आवास निर्माण हुदै
जनता आवास कार्यक्रमअन्तर्गत दलितहरूको लागि आवास निर्माणको काम तीव्र रुपमा चलिरहेको छ । सप्तरीको ६ वटै संसदीय क्षेत्रमा दलितका लागि नेपाल सरकारले उपलब्ध गराएको दलित अवासअन्तर्गत घर निर्माण क्षेत्र नम्बर- १ को घोघनपुर, क्षेत्र नम्बर- २ को बथनाहा, क्षेत्र नम्बर- ३ को बरही वीरपुरको हाटी, क्षेत्र नम्बर- ४ को पात्तो औरही, क्षेत्र नम्बर- ५ को कल्याणपुर र क्षेत्र नम्बर- ६ को मानराजामा सुरु गरिएको छ ।
Posted: June 21, 2010 | Category: दलित समाचार
दलित विद्यार्थीको लागि छात्रबास
जिल्लामा उच्चशिक्षा अध्ययन गर्न सदरमुकाम आउने दलित विद्यार्थीको समस्यालाई ध्यान दिँदै दलित छात्रबास निर्माण गरिने भएको छ । दलितवर्ग उत्थान समन्वय समितिको पहलमा महेन्द्र बहुमुखी क्याम्पस, बागलुङमा अध्ययन गर्ने दलित छात्रहरूका लागि छुट्टै छात्रबास निर्माण गरिने भएको हो ।
Posted: June 21, 2010 | Category: दलित समाचार
प्रहरी र गाउँलेले टहरा भत्काएपछि दलित परिवारको बिचल्ली
पोखरा, अषाढ ५ - गाउँले र प्रहरी मिलेर टहरामा राखेको पसल भत्काई दिएपछि लेखनाथ १५ मालेपाटन बुडुवाका एक दलित परिवारको बिचल्ली भएको छ । करिव तीन बर्षअघिदेखि बस्दै आएको टहरा शुक्रबार भत्काईदिएपछि गर्भवती बुहारीसहितका अपाङ्ग ५१ वर्षीय शमशेर गहतराज नौ जनाको परिवार गाउँबाट बिस्थापित भएका छन ।
Posted: June 19, 2010 | Category: दलित समाचार
अन्तर्जातीय विवाह गर्ने दलित परिवार गाउँनिकाला
आफूभन्दा 'माथिल्लो जात' की युवतीसँग विवाह गरेको भन्दै सप्तरीको एक दलित परिवार गाउँनिकाला भएको छ । प्रसवनी-१ का गुगली रजक साफीसहित उनको ६ जनाको परिवारलाई 'उपल्लो जात' जातका अगुवाले गाउँनिकाला गरेका हुन् ।
Posted: June 18, 2010 | Category: दलित समाचार
दलित परिवार इनार प्रयोगबाट वञ्चित
सिरहाको चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवारलाई त्यहाँका गैरदलितले सार्वजनिक इनार प्रयोगबाट वञ्चित गरेका छन् । गैरदलितले 'पानी छोइन्छ' भन्दै दुई दिनदेखि दलित परिवारलाई पानी भर्न रोक लगाएका हुन् ।
Posted: June 17, 2010 | Category: दलित समाचार
महासंघको नयाँ कार्यसमिति चयन
विगत लामो समयदेखी दलित अधिकारका क्षेत्रमा कि्रयाशिल दलित गैरसरकारी संंस्थाहरुको छाता स्ंगठन दलित गैरसरकारी संस्था महासंघ डिएनएफको चौथो राष्ट्रिय महाधिवेशन हालै सम्पन्न भएको छ ।
Posted: June 17, 2010 | Category: दलित समाचार
एमबीबीएस परीक्षामा दलित विद्यार्थीको नाम ननिकालिदिए पछि केही विद्यार्थी संगठनहरु असन्तुट
काठमाडौं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत चैत्र २८ गते लिएको एमबीबीएस परीक्षामा दलित विद्यार्थीको नाम ननिस्केपछि केही विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
Posted: June 10, 2010 | Category: दलित समाचार
पर्वतमा ९० लाख बराबरको छात्रवृत्ति वितरण
पर्वत/बैशाख २८, जिल्ला शिक्षा कार्यालय पर्वतले गत शैक्षिक सत्रमा ९० लाख बरावरको छात्रवृति वितरण गरेको छ । प्राथमिक विद्यालयमा अध्ययनरत् दलित १० हजार १३६ छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सरकारले निर्धारण गरेको विशेष लक्षित समूहका लागि छात्रवृत्तिअर्न्तगत दलित र राष्ट्रिय दलित छात्रवृत्तिअर्न्तगत छात्रवृति वितरण गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक रामचन्द्र तिमिल्सिनाले बताए ।
Posted: June 10, 2010 | Category: दलित समाचार
एकीकृत माओवादी कार्यकर्ताद्वारा दलित युवकलाई 'यातना'
डडेल्धुरा / एकिकृत माओवादीका भद्रपूर गाविस-२ का इन्चार्ज रामदत्त भट्टले सोही गाविसको मटेला बस्ने ३५ वर्षीय देवबहादुर ओडलाई कुटपिट गरी यातना दिएका छन् ।
Posted: June 10, 2010 | Category: दलित समाचार
मन्त्रीको कार्यक्रम दलितद्वारा बहिस्कार
गुल्मी जिल्ला परिषदको कार्यक्रम स्थानीय दलितहरुले बुधबार बहिस्कार गरेका छन् । बिगतमा छुट्याउँदै आएको दलित बर्ग उत्थान कार्यक्रम सञ्चालनका लागि जिल्ला परिषदले बजेट कटौती गरेकोप्रति गम्भीर असन्तुष्टि जनाउँदै दलित समुदायले जिल्ला परिषद बहिष्कार गरेका हुन् ।
Posted: June 9, 2010 | Category: दलित समाचार
दलित र विपन्न मुसलमान लक्षित कार्यक्रम ढिलाइ
तराई र मधेशका आठ जिल्लाका दलित, विपन्न मुसलमान परिवारका छात्रालाई प्रदान गरिने विशेष छात्रवृति अन्तर्गतको पठनपाठन अझै सुरु हुन सकेको छैन ।
Posted: June 9, 2010 | Category: दलित समाचार
दलित बालबालिकाका लागि महायज्ञ
तनहुँ/दलित तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका भानु-६ को श्री मनकामना सामुदायिक विद्या मन्दिरको सहयोगार्थ सोमबारबाट सुरु गरिएको श्रीमद् भागवत सप्ताहव्यापि ज्ञान महायज्ञको दोश्रो दिन १ लाख २५ हजार रुपैयाँ दान संकलन भएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष गणेशभक्त घिमिरेले जानकारी गराउनु भयो ।
Posted: June 8, 2010 | Category: दलित समाचार
अन्तरजातीय जोडीले अनुदान पाएनन्
हेटौंडा/ सरकारले दलित र गैरदलितबीच विवाहलाई प्रोत्साहन दिने उद्देश्यले चालू आवको बजेटमा एक लाख उपलब्ध गराउने भने पनि अहिलेसम्म त्यस्ता जोडीले यस्तो रकम पाउन सकेका छैनन् । कथित दलित युवती विवाह गर्ने १२ भन्दा बढी दम्पती लाख रुपैयाँ लिन जिल्ला प्रशासन मकवानपुर पटकपटक पुगेका छन् ।
Posted: June 8, 2010 | Category: दलित समाचार
अन्तरजातिय विवाह गरेका पाल्पाका ४ जोडिले प्रोत्साहान रकम बुझे
पाल्पा/धेरै परम्परागत रीतिरिवाजहरु परिमार्जन गरि विकृतीहरु हटाएर एउटा सभ्य समाजको परिवर्तन तर्फ अहिलेको अवस्था उन्मुख हुनुपर्नेमा नेपालमा त्यसो हुन सकिरहेको छैन । सामाजिक परिवर्तनसँग जोडिएको अन्तरजातिय विवाहले पनि एउटा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । तर अन्तरजातिय विवाह गर्नेहरु समाज र परीवारबाट तिरस्कृत हुने क्रम अझै पनि कायमै छ । यि जोडीहरुको अन्तरजातिय विवाहले तल्लो र माथिल्लो जात भन्ने समाजलाई राम्रो शिक्षा दिएको छ ।
Posted: June 8, 2010 | Category: दलित समाचार
देशकै एकमात्र दलित छात्रावास अस्तव्यस्त
३४ वर्षघि विजेश्वरीमा स्थापना भएको एकमात्र दलित छात्रावास उचित व्यवस्थापन र आर्थिक अभावका कारण अस्तव्यस्त बन्न पुगेको छ। २०३३ सालमा स्थापना भएको छात्रावासलाई व्यवस्थापन गर्न २०५१ माघ ८ गते पहिलो कार्यसमिति गठन भएको थियो। कार्यसमिति गठन भएको १३ वर्षछि २०६४ सालमा समितिका अध्यक्ष मोहनलाल कपालीको मृत्यु भएपछि अहिलेसम्म कार्यसमितिको चयन हुन सकेको छैन।
Posted: June 6, 2010 | Category: दलित समाचार
बालिघरे प्रथाले दलित समस्यामा
सुर्खेत (खजुरा) । वर्षभर अर्काको काम गरेर ज्याला माग्न जाँदा पनि रित्तो हात फर्किनुपर्छ । वर्षभर काम गराएका विष्टले उब्जनी नभएको बहाना बनाएर बालिघरे दलितलाई रित्तो हात फर्काउने गरेको उनीहरूको गुनासो छ ।
Posted: June 6, 2010 | Category: दलित समाचार
अमलाचौर छुवाछूतमुक्त गाउँ घोषणा
बाग्लुङको दक्षिणवर्ती बलेवाको अमलाचौर गाविस छुवाछूतमुक्त गाउँ घोषणा भएको छ । गाविसमा क्रियाशील राजनीतिक दल, सामाजिक संघ-संस्था, गाविस सचिव, सुरक्षा निकायका प्रतिनिधि, द