All News from पत्रपत्रिका बाट |
||
| तीन जातिका तीन कुवा राकम कर्णाली (दैलेख), कार्तिक २ - गायक यशकुमारले गीतमा छुवाछूतको चोट सहन नसकेर बेग्लै संसार बनाउन चाहेजस्तै दैलेखको राकम कर्णालीवासीले बेग्लाबेग्लै कुवा बनाएका छन्- तीन जातिका तीनवटै । Posted: October 19, 2011 दलितद्वारा सामूहिक पूजा बिजुलीकोटको धोविस्थित झटेश्वर महादेवी मन्दिरमा बुधबार बिहान स्थ्ानीय दलितले सामूहिक प्रवेश गरी पूजाआजा गरेका छन् । Posted: September 1, 2011 पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु अछाम, अषाढ १८ - पानी पर्न केही कम भएपछि अछाममा झरेको पहिरोले पुरिएर मलाकोट साततालीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धारामा पानी भर्न गएका ध्रुव विश्वकर्मा, इसारा विश्वकर्मा र रमेश विश्वकर्माको पहिरोले शनिबार बिहान पुरिएर मृत्यु भएको छ । उनीहरु नौ देखि १३ वर्र्षका रहेका छन् । उनीहरुकी आमा गंम्भीर घाइते भएकी छन् । Posted: July 2, 2011 दलितले पाए वनमाथि अधिकार सार्वजनिक वनमा उपभोगको अधिकार माग्दै संघर्षमा उत्रेका यहाँका दलितले वन प्रयोग गर्न पाउने भएका छन् । बस्ती नजिकैको वन प्रयोग गर्न नदिएपछि दलितले 'उपल्लो जात' को घरमा हली खेताला बहिष्कार गरेर वैशाख तेस्रो सातादेखि संघर्ष थालेका थिए । दलितले हलो, कुटो, कोदालो नचलाइदिँदा खेती बालीको काम ठप्प भएकाले 'उपल्लो जात' का समुदाय वन उपभोगको अधिकार दिन बाध्य भएका हुन् । Posted: July 5, 2009 |
Supporters / Sponsors :
