दलित समाचार » प्रेस विज्ञप्ती |
||
| प्रेस विज्ञप्ती
Posted: February 4, 2010 मितिः २०६६÷१०÷२० गते प्रेस विज्ञप्ती देश संविधान सभाको चुनाव सम्पन्न पश्चात नया संविधान बनाउनदै छ र अन्तिम चरणमा पुगिसकेको छ । सरकारले राज्यलाई छुवाछूत मुक्त तथा धर्म निरपेक्ष राष्ट घोषण गरिसकेको छ । बर्तमान सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई पुरस्कार समेत दिने निर्णय गरेको छ । त्यो स्वागतयोग्य छ । तर समाजमा सामन्तबादी कुप्रथाको जरो अझै गडिरहेको छ । छुवाछूत कायम गराउने नाईकेहरु अझै प्रसस्त छन् । यसैले संगै वाच्ने र जिवन विताउने कसम खाएर प्रेम विवाह गर्ने जोडीलाई यहाको समाजले अलग बनाउने घट्नाहरु हट्न सकेका छैनन् । नेपालको कानूनले अन्तरजातीय विवाहलाई मान्यता दिदादिदै पनि समाजमा ब्रामणबादका सोच भएका सामन्तहरुको कारणले यसता घट्नाहरुले प्राथमीकता पाईरहेका छन् । यसैक्रममा कैलाली जिल्ला गेटा गाविस वर्डा नं ४ बस्ने २१ वर्षीय दलित युवती सरु वि।s र सोही गाविस वर्डा नं ७ वस्ने २१ वर्षीय तिर्थराज चौधरी बीच भएको प्रेम सम्बन्ध पछि २०६६ पुष २० गते प्रेम विवाह गरी घर भित्रिएका थिए । अन्तरजातीय विवाह गर्नेलाई हामी हाम्रो घरमा वस्न दिदैनौ भनि समाजको डर थम्कीका कारण उक्त जोडिलाई घर परिवारले विवाहको ४ दिनपछि निकालिदिएका छन् र उनिहरुको मानव अधिकारको हनन् भईरहेको छ । यसैले उक्त विवाहित जोडीलाई यथावत रहने गरी सम्मानजनक रुपले आफ्नो घरमा वस्न पाउने व्यवस्था मिलाईदिनका लागि हामी सम्पूर्ण न्यायप्रेमी राजनैतिक पार्टीहरु मानव अधिकारकर्मीहरु संचारकर्मीहरु प्राध्यापक तथा कानून व्यवसायीहरु प्रशासनिक निकायहरुमा हामी तपशीलका संघ सस्थाहरु जोडदार माग गर्दर्छौ । तपशील प्रेम वि।s राष्टिय दलित नेटवर्क कैलाली विर्षलाल विश्वकर्मा दलित गैसस महासंघ सु।प क्षत्रीय कार्यालय धनगढी वसन्ती चौधरी ओरेक नेपाल कैलाली मदन कुमार नेपाली म्ल्ँ कैलाली अम्विका ताम्राकार दलित महिला संघ जवाल िसंह तिरुवा भूमि भधिकार अभियान कैलाली माहेनिगार अन्सारी मुस्लिम सेवा समाज कैलाली पार्वती आग्री अध्यक्ष इन्साफ « Go Back |
Supporters / Sponsors :
