दलित समाचार » मृत भेटिएकी महिला दलित |
||
| मृत भेटिएकी महिला दलित
Posted: March 3, 2010 मध्यपुर, थिमी, बिहीबार बिहान भक्तपुरको कमलबिनायकको खाली टहरोमा मृत अवस्थामा फेला परेकी महिलाको शुक्रबार सनाखत भएको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ। अर्धनग्न अवस्थामा मृत फेला परेकी महिला सिन्धुपाल्चोकको पीपलडाँडा गाविस घर भई भक्तपुर सूर्यबिनायकमा बस्दै आएकी ३० वर्षीया सावित्री वि.क. रहेकी उनकी बहिनी तारा वि.क.ले जाहेरी दिएकी छिन्। पीपलडाँडाकै रामशरण बस्नेतसँग अन्तरजातीय विवाह गरी दुई सन्तानसमेत जन्मिएपछि बस्नेतले दलित भनेर घरबाट निकाला गरेको र त्यसपछि मानसिक अवस्था आधा गुमेजस्ती सावित्रीलाई कसैले कर्तव्य गरी हत्या गरेकाले छानबिन गरी पाऊँ भनी ताराले निवेदन दिएको नायब प्रहरी निरीक्षक लीला खत्रीले बताए। « Go Back |
Supporters / Sponsors :
