दलित समाचार » दलित कुट्नेलाई ३० हजार जरिवाना |
||
| दलित कुट्नेलाई ३० हजार जरिवाना
Posted: March 8, 2010 पानी छोएको निहुँमा दलित बालिका कुट्ने शारदा बतासे-५ की अनिता थापाले ३० हजार जरिवाना तिरेकी छिन् । आइतबार जिल्ला प्रहरी कार्यालयमा अनिताले पीडित बालिका शारदा बतासे-७ की पार्वती विकलाई क्षतिपूर्तिस्वरूप ३० हजार बुझाएकी हुन् । सार्वजनिक धारामा पानी भरिएको डेक्ची छोएको भन्दै अनिताले गत १६ फागुनमा पार्वतीलाई कुटपिट गरी घाइते बनाएकी थिइन् । अनिताले बालिकासँग माफी माग्दै जरिवाना तिर्न सहमति गरेको प्रहरीले जनाएको छ ।स्थानीय दलका प्रतिनिधि, पीडित पक्ष, दलित अधिकारकर्मीको रोहबरमा अनिता जरिवाना तिर्न सहमत भएकी हुन् । सो अवसरमा शारदाबतासेलाई छुवाछुतमुक्त गाउँ घोषणा गर्ने सहमतिसमेत भएको थियो । अनिता आइतबार नै थुनामुक्त भएकी छिन् । पीडक पक्षबाट पाएको रकम आफ्नी छोरीका लागि पढाइमा खर्च गर्ने पार्वतीका बाबु हरिबहादुर विकले बताए । « Go Back |
Supporters / Sponsors :
