प्रेस विज्ञप्ती » दलित महिलाको हत्या गरिएको घटनाप्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिको प्रेस विज्ञप्ति |
||
| दलित महिलाको हत्या गरिएको घटनाप्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिको प्रेस विज्ञप्ति
Posted: March 16, 2010 संयुक्त राजनीतिक दलित संघर्ष समिति-२०६६
काठमाडौं विषय ः प्रेस विज्ञप्ति यही २०६६ फागुन २६ गतेका दिन बर्दिया राष्ट्रिय निकुाजस्थित नेपाली सेनाको ज्वालादल गणबाट खटिएका गस्तीटोलीको गोलीप्रहारबाट घाँस-दाउरा तथा काउलाको बोक्रा संकलन गर्न गएका तीनजना दलित महिलाको हत्या गरिएको घटनाप्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको प्रारम्भिक विवरणअनुसार सो दिन हरिहरपुर-२ कप्टेरी गाउँ सुर्खेतका अति विपन्न गरिब दलित समुदायका महिलाहरु देवीसरा वि।s। अमृता वि।s। र १२ वर्षीया वालिका चन्द्रकला वि।s।sाे हत्या भएको छ । राज्यको पुनस्रंरचनासँगै नेपाली सेनाको लोकतान्त्रिकरण गरिनुपर्दछ भन्ने सवाल उठान भइरहेको अवस्थामा यसरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अधिनमा रहेको भनिएको सेनाबाट निहत्था दलित महिलाहरुको हत्या हुनुले सिङ्गो दलित समुदाय स्तब्ध र आक्रोशित भएको छ । हाम्रो संयुक्त राजनीतिक दलित संघर्ष समिति सो घटनाको घोर भत्स्रना गर्दछ । हत्याकाण्ड भएको एकहप्ता वितिसक्दासमेत नेपाल सरकारका तर्फबाट प्रभावकारी कदम चाल्नुको साटो उल्टै मृतकहरुलाई चोरी सिकारीको अभियोग लगाउँदै पीडितका अभिभावक कृष्णबहादुर वि।s।लाई थुनामा राखी हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयत्न भइरहेको कुरा तथ्यहरुले पुष्टि गर्दछ । उक्त हत्याकाण्डको सत्य तथ्य छानविन गरी निम्न मागहरु पुरा गर्न नेपाल सरकारलाई हामी जोडदार माग गर्दछौं । १। हत्याकाण्डका दोषी नेपाली सेनाको ज्वालादल गणका गस्तीटोलीलाई तत्काल निलम्बन गरी तत्काल कडा कारवाही गरियोस् । २। हत्याकाण्डको सत्य तथ्य छानविन गर्न नेपाल सरकारका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोग राष्ट्रिय दलित आयोग राष्ट्रिय महिला आयोग र संयुक्त राजनीतिक दलित संघर्ष समिति समेतको सहभागिता रहनेगरी उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरियोस् । ३। पीडित पक्षका परिवारको जायज मागअनुसार प्रतिव्यक्तिवापत कम्तिमा रु १५ लाख क्षतिपूर्तिसहित निजका आश्रित परिवारलाई उचित वसोवास भरणपोषण र शिक्षादिक्षाको व्यवस्था गरियोस् । ४। बर्दिया राष्ट्रिय निकुाजको हिसासतमा राखिएका मृतकका अभिभावक कृष्णबहादुर वि।s।लाई विनासर्त तत्काल रिहा गरियोस् । ५। हत्या गरिएका तीनैजनाको सव विशेषज्ञद्वारा पुनः पोष्टमार्टम गरी ल्याव टेष्ट गरियोस् । ६। दलितहरुमाथि श्रृङ्खलाबद्धरुपमा राज्य र अन्य पक्षद्वारा हुँदै आएका यसखाले हत्या िहंसा बलात्कारजस्ता जघन्य अपराधहरु तत्काल बन्द गरियोस् । उक्त मागहरु अविलम्ब पुरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने व्यहोरा यसै प्रेस विज्ञप्तिद्वारा अवगत गराउँदछौं । १। तिलक परियार संयोजक नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा २। जीवन परियार महासचिव नेपाल दलित संघ ३। गणेश वि।sे। प्रतिनिधि नेपाल उत्पीडित जातीय मुक्ति समाज ४। राजेश विश्वकर्मा संयोजक जातीय समता समाज ५। केश वहादुर परियार अध्यक्ष उत्पीडित जातीय उत्थान संघ एकीकृत ६। रामचन्द्र राम अध्यक्ष नेपाल सद्भावना दलित माच ७। उपेन्दकुमार छटुाजेल उपाध्यक्ष नेपाल राष्ट्रिय दलित केन्द्र २०६६ चैत्र ३ गते काठमाडौ । « Go Back |
Supporters / Sponsors :
