दलित समाचार » दलित छात्रवृत्ति हिनामिना |
||
| दलित छात्रवृत्ति हिनामिना
Posted: March 25, 2010 परासी - यहाँको एक विद्यालयका लेखापालले दलित छात्रवृत्ति रकम किर्ते हस्ताक्षर गरेर अनियमित तरिकाले हिनामिना गरेको खुलासा भएको छ । नवलपरासीको कुश्मास्थित सिद्धार्थ उच्चमाविका लेखापाल रमेश यादवले किर्ते हस्ताक्षर गरी हिनामिना गरेको रहस्य खुलासा भएको हो । दलित बालबालिकालाई छात्रवृत्तिस्वरूप आएको लाखौंको रुपैयाँ लेखापाल यादवले आफैं भर्पाइमा हस्ताक्षर गरी बुझेर अनियमित गरेको व्यवस्थापन समिति अध्यक्ष नाथुप्रसाद गुप्ताले बताए । छात्रवृत्तिमात्र होइन, लेखापालले विभिन्न विषयमा अनियमित गरेर रकम हिनामिना गरेको जनाउँदै त्यसबारे छानबिन भइरहेको अध्यक्ष गुप्ताले बताए । प्रधानाध्यपक शशिभूषण पाण्डेको लापरबाहीले विद्यालय र दलित छात्रवृत्ति रकम हिनामिना गरेको उनले बताए । छात्रवृत्तिलगायत विद्यालयको हिसाबकिताब हेर्दा लेखापालले १ लाख १९ हजार १९ हिनामिना भएको देखिएको छ । लेखापालमाथि कारबाही मागसमेत अभिभावकले गरेका छन् । यसबारे सार्वजनिक भएपछि लेखापाल दलितको घर घरमै गएर रकम बुझाउँदै आएको व्यवस्थापन समिति सदस्य अमरनाथ बर्माले बताए । « Go Back |
Supporters / Sponsors :
