दलित समाचार » दलित भन्ने थाहा पाए पछि विद्यार्थी घर निकाला
दलित भन्ने थाहा पाए पछि विद्यार्थी घर निकाला
Posted: March 30, 2010
लमजुङ ।
लमजुङको चन्द्रेश्वर गाउँ विकास समिति वडा नं। ३ मा डेरा गरी सर्वोदय उच्च मावि केन्द्रबाट प्रवेशिका परिक्षा दिदै आएका एक दलित विद्यार्थीलाई घरबेटीले निकालेका छन् ।
पुरानकोट गाविसको सेवासदन माविका विद्यार्थी सुकबहादुर विश्वकर्मालाई चन्द्रेश्वरका कृष्णप्रसाद अधिकारीको घरमा अन्य विद्यार्थीसँग बस्दै आएकोमा दलित भन्ने थाहा पाए पछि घरबेटी अधिकारीले आफ्नो घरबाट निकालेका हुन् । अन्य विद्यार्थीलाई भने घर बस्न दिइएको छ
दुराडाँडाको खोख्ले पानीस्थित शान्ति सदन प्राविका शिक्षकसमेत रहेका कृष्णबहादुर अधिकारी सर्वोदय उच्च मावि परिक्षा केन्द्रमा गार्डसमेत हुन् ।
घरबाट निकालिएका पीडितविद्यार्थी कुकबहादुर विश्वकर्मा घार फिर्ता भएपछि परिवार र विद्यालय व्यवस्थापन सकिमतिको पहलमा स्थानीय च्यामबहादुर विश्वकर्माको घरमा बसेर परिक्षा दिँदै गरेको सेवासदन मावि व्यवस्थापन समितिका सदस्य ह्षिकान्त खनाले जानकारी दिनुभयो ।
श्रोतः नेपाल समाचार पत्र २०६६ चैत्र १८


« Go Back
Supporters / Sponsors :