दलित समाचार » शिक्षकले नै दलित विद्यार्थीमाथि गरे विभेद |
||
| शिक्षकले नै दलित विद्यार्थीमाथि गरे विभेद
Posted: March 30, 2010 राजु रसाली आफ्नो घरमा डेरा गरि वस्ने विद्यार्थीलाई दलित भन्दै निकालेका लमजुङ चन्द्रेश्वरका शिक्षक कृष्णप्रसाद अधिकारीले सार्वजनिक रुपमा माफी मागेकाछन् । सर्वाेदय उच्च मावि केन्द्रबाट प्रवेशिका परीक्षा दिँदै आएका पुरानकोट गाविसस्थित सेवासदन माविका विद्यार्थी सुकबहादुर विश्वकर्मालाई अगाडि राखेर अधिकारीले गल्ती गरेको र आगामी दिनमा यस्ता घटना नदोहोर् याउने बाचासहित स्थानीय दलित समुदायसमक्ष माफी मागेका हुन् । दुराडाँडाको ओख्लेपानी स्थित शान्ति सदन प्राथामिक विद्यालयका शिक्षक समेत रहेका अधिकारीलाई सर्वोदय उच्च मावि परीक्षा केन्द्रको गार्डबाट निस्काशन गरिएको छ । दलित समुदायले भने अधिकारीलाई शिक्षक पेशाबाट निलम्बन गरि सामाजिक अपराधी घोषित गरेर कानुनी कारवाही गर्न माग गरेकाछन् । सेवासदन मावि कक्षा १० का प्रथमस्थानका विद्यार्थी विश्वकर्मा आफ्ना साथीहरुसंग मिलेर डेरागरि बस्ने क्रममा घरवेटी अधिकारीले दलित भन्दै निकालेका थिए । घर फिर्ता भएका विश्वकर्मा अहिले परिवार र विद्यालय ब्यवस्थापन समितिको पहलमा स्थानीय च्यामबहादुर विश्वकर्माको घरमा डेरा बसी परीक्षा दिईरहेकाछन् । घटना बारेमा जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी नआएको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले वताउनुभएको छ । « Go Back |
Supporters / Sponsors :
