प्रदीप न्यौपाने/राजधानी
काठमाडौं, १६ चैत
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
(सीटीइभीटी) ले मुस्लिम तथा विपन्न वर्गका दलित छात्रालाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको छ ।
पहुँचमा मुस्लिम तथा विपन्न वर्गका दलित छात्रालाई प्राविधिक शिक्षा ल्याउन शिक्षा परिषद्ले निःशुल्क शिक्षा दिन लागेको हो ।
अनमी,
नर्सिङ, इन्जिनियरिङलगायत विषयको शिक्षा दिइने तथा नर्सिङ तीन
बर्सर्ेेजेटीए १५ महिने र अनमी तालिम २९ महिने हुने परिषद्ले जनाएको छ ।
रौतहट,
बारा, पर्सर्ाामहोत्तरी, धनुषा, सिरहा, र्सलाही र सप्तरी गरी आठ जिल्लाका
मुस्लिम तथा विपन्न वर्गका दलित छात्रालाई निःशुल्क प्राविधिक शिक्षा दिन
लागिएको परिषद्का परीक्षा नियन्त्रक रमेश बखतीले बताए ।
एसएलसी
उत्तर्ीण्ा वा अनुत्तर्ीण्ा दुवैलाई अध्ययनको मौका दिइने योजना रहेको
उल्लेख गर्दै बखतीले राजधानीसँग भने, 'प्रवेश परीक्षामा उत्तर्ीण्ा हुने
सबैलाई अध्ययनको मौका दिइनेछ ।'
मुस्लिम तथा विपन्न वर्गका दलित
छात्रालाई पहिलो पटक निःशुल्क शिक्षा दिन लागेको सरकारले चालू आर्थिक
वर्षो बजेटमा नै सो शिक्षाका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
विनियोजित रकम अपुग भएमा आवश्यक रकम माग गर्ने परिषद्ले जनाएको छ ।
प्रत्येक
छात्राका लागि परिषद्ले अध्ययन खर्चमा करिब दर्ुइ लाख ५० हजार रुपैयाँ
खर्च गर्ने बताएको छ । प्रत्येकलाई खानाका लागि मासिक तीन हजार पाँच सय र
पोसाकका लागि दर्ुइ हजार पाँच सय रुपैयाँ वाषिर्क रूपमा छुट्टयाइएको छ ।
सोबाहेक अन्य खर्च शैक्षिक सामग्री र अतिरिक्त प्राविधिक शिक्षालयको
शुल्कमा खर्च हुने परिषद्ले जनाएको छ ।
अध्ययन गर्न चाहने तर्राईका आठ जिल्लाका छात्राहरूबाट परिषद्ले चैत अन्तिम सातासम्म आवेदन माग गरेको छ ।
छात्रालाई
शिक्षा दिनका लागि परिषद्ले वैशाखको पहिलो सातासम्ममा विभिन्न
विद्यार्थीलाई पढाउन प्राविधिक शिक्षालयबाट बोलपत्र माग गर्ने भएको छ ।
बोलपत्रका आधारमा छात्रालाई विभिन्न शिक्षालयमा पढाइने परिषद्ले जनाएको छ
।
हाल मुलुकका ३२ विद्यालयमा परिषद्ले प्राविधिक विषय पढाउँदै आए पनि
सो विषयप्रति विद्यार्थीको आकर्षा बढ्नसकेको छैन । प्राविधिक विषयको
बारेमा विद्यार्थी तथा अभिभावकले पर्ूण्ा जानकारी नपाएका कारण
विद्यार्थीको आकर्षा बढ्न नसकेको स्वयं शिक्षकहरू स्वीकार गर्छन् ।
राजधानी दैनिकबाट