दलित समाचार » बाँसपानी घटनामा संलग्न सेनाविरुद्ध जाहेरी दर्ता |
||
| बाँसपानी घटनामा संलग्न सेनाविरुद्ध जाहेरी दर्ता
Posted: March 30, 2010 मानबहादुर चौधरी बर्दिया । चैत १६ गते बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी इलाकामा ०६६ फागुन २६ गते नेपाली सेनाको गोलीवाट मृत्यु भएका तीन जना महिलाको पीडित परिवारको तर्फबाट सुर्खेत जिल्ला हरिहर गाविस-२ का टिकाराम विकले ०६६ चैत १५ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा कर्त्तव्य ज्यानको मुद्दाको जाहेरी दिएका छन् । ०६६ फागुन २६ गते राति ८ देखि ९ बजेको बीचमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको ज्वाला दल गणबाट गस्तीमा खटिएका नेपाली सेना चलाएको गोलीबाट सुर्खेत जिल्लाको हरिपुर गाविस-२ का १२ वर्षीय चन्द्रकला बिक, ३२ वर्षीय अमृता विक र ३५ वर्षीय देवीसरा विकको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुर्यप्रसाद उपाध्यायले जाहेरी यसअगाडि नै दर्ता भई घटनाको अनुसन्धान अगाडि बढिसकेको बताउँदै पीडित पक्षबाट आएको जाहेरी पनि लिएर अनुसन्धान गर्दा घटनाको यथार्थसम्म पुग्न थप बल पुग्ने बताए । ०६६ चैत ३ गते घटनाका प्रत्यक्षदर्शी र पीडित कृष्ण भनि चिनिने तुलबहादुर विकलाई हस्ताक्षर गराई जाहेरी दर्ता गरेको थियो । पीडित पक्षबाट आएको जाहेरीलाई पहिले दर्ता भइसकेको मुद्दासंगै अनुसन्धान गर्ने गरी दर्ता गरेको छ । जाहेरीमा तीन महिलालाई नियन्त्रणमा बलात्कारपछि हत्या गरेकोले दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ । पीडित पक्षवाट दिएको जाहेरीमा बर्दिया ठाकुरद्वारा ब्यारेक ज्वाला दल गणमा कार्यरत उपसेनानी सुवोध कुँवरलाई मुख्य दोषी भएको दावी गरिएको छ । जाहेरीमा संयुक्त गस्ती टोलीका १७ जना सैनिक र चार जना सशस्त्र वनरक्षकहरुलाई पनि विपक्ष बनाइएको छ । जाहेरी दर्ता गराउन सँगै गएका मानवअधिकारकर्मीहरुले कुनै पक्ष नलिई स्वतन्त्र रुपमा घटनाको सत्य तथ्य अनुसन्धान गर्न अनुरोध गरेका थिए । प्रहरीमार्फत कानुनी प्रक्रिया पूरा गरी दर्ता गरेको जाहेरीका पीडकको नाम खुलाइएको छैन । पीडित पक्षले जाहेरी दिन जाँदा उनीहरुसंग ओएचसीएचआर, आईसीजे, पीबीआई, वकालत मञ्च, इन्सेक, दलित गैरसरकारी संस्था महासंघ लगायत स्थानीय मानविअधिकारवादी संस्थाहरुको उपस्थिति रहेको थियो । « Go Back |
Supporters / Sponsors :
