दलित समाचार » अन्तरजातीय विवाह गरेको जोडीलाई प्रहरीले पक्रियो |
||
| अन्तरजातीय विवाह गरेको जोडीलाई प्रहरीले पक्रियो
Posted: April 7, 2010 अन्तरजातीय विवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई ०६६ चैत २२ गते पथरी गाविसबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सिजुवा गाविस-५ की अस्मिता ढकाल र इटहरा गाविस-१ का अर्जुन सिवा नेपाली रहेका छन् । उनीहरु राजीखुसी अन्तरजातीय विवाह गरेर पथरी गाविस गएका थिए । सोही क्रममा युवतीका बाबु शंकर ढकालको उजुरीमा पथरी प्रहरी चौकीका इन्चार्ज असई तिलक श्रेष्ठको नेतृत्वमा पीडितहरुलाई गिरफ्तार गरिएको हो । गिरफ्तारपछि पीडितहरुलाई इलाका प्रहरी कार्यालय सिजुवा पठाइएको असई श्रेष्ठले बताए । सो घटनाका बारेमा दलित संस्थाका प्रतिनिधिहरुले आपत्ति प्रकट गरेका छन् । यसै क्रममा दलित गैरसरकारी संस्था महसंघ पूर्वाञ्चकका सदस्य उमेश विकले अन्तरजातीय विवाह गरेकै कारण उनीहरुलाई प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने पर्ने सरकारी नीतिविपरीत गिरफ्तार गर्नु कानुनको बर्खिलाप भएको बताए । कानुनको बर्खिलाप गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने उनले स्थानीय प्रशासनसँग माग पनि गरेका छन् । « Go Back |
Supporters / Sponsors :
