दलित समाचार » दलित कुटने फोरम कार्यकर्तालाई कारबाही गर्न माग
दलित कुटने फोरम कार्यकर्तालाई कारबाही गर्न माग
Posted: April 22, 2010

सिरहा, बैशाख ८, – सिरहाको अर्नमा प्र.पी. गाविसमा मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताहरुले दुइ दर्जन भन्दा बढी दलितलाई बिना कारण कुटपिट गरेको भन्दै आधा दर्जन दलित संघ संस्थाले विरोध जनाएको छ ।

सिरहाका मधेशी दलित मोर्चा, दलित विकास मंच, नेपाल दलित जागरण केन्द्र, रबिदास समाजलगायतका आधा दर्जन दलित संघ संस्थाले संयुक्त रुपमा आज बुधबार एक प्रेस विज्ञप्ती जारी गरी विरोध जनाएको हो ।
स्थानिय महिन्द्र सदा, बुधेराम सदा र कुसेश्वर सदालगायतका दुइ दर्जन दलितलाई फोरमका कार्यकर्ता छोटे यादब, राजिन्द्र यादब र धर्म साहलगायतका समुहमा गएका कार्यकर्ताहरुले विना कारण दुइदिन अघि कुटपिट गरेको मधेशी दलित मोर्चाका संजय महराले बताए ।विरोध गरेका उक्त संघ संस्थाहरुले अपराधीहरुलाई पक्राउ गरी कारवाही गर्न स्थानीय प्रशासनसंग माग गरेको छ । 

« Go Back
Supporters / Sponsors :