दलित समाचार » गरिब दलित समुदायका लागि सरकारी घर
गरिब दलित समुदायका लागि सरकारी घर
Posted: April 22, 2010

कपिलवस्तु, १० चैत

गरिब दलितका लागि स्तरोन्नति कार्यक्रमअन्तर्गत सरकारको पहलमा कपिलवस्तुमा एकहजार नयाँघर निर्माण हुन थालेका छन्। जनता आवास कार्यक्रमअन्तर्गत कपिलवस्तुसहित सप्तरी र सिराहामा समेत तीन हजार घर निर्माण गरिन थालिएको हो। कपिलवस्तु जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रअन्तर्गत एक/एकवटा गाविसमा २०० का दरले एक हजार घर निर्माण गर्न लागिएको सहरी डिभिजन कार्यालयले जनाएको छ।
गरिब र दलितका लागि जनता आवास कार्यक्रमअन्तर्गत देशका तीन जिल्लामा गरिब तथा दलित र विपन्न मुस्लिम समुदायसहितका १९ समुदायलाई ती घरमा राखिनेछ। जिल्लाका हरिहरपुर, धरमपनिया, सोमडी, चनई तथा रामनगर गाविसमा नयाँ घर बन्दै छन्। कार्यक्रमअन्तर्गत प्रतिघर रु. एक लाखका दरले १० करोड बजेट निकासा भइसकेको डिभिजन कार्यालयले जनाएको छ। सरकारले नियमावली बनाउन ढिला गरेकालेे सञ्चालनमा ढिलो हुन गएको भवन निर्माण तथा आवास कार्यक्रमका उपनिर्देशक गिर्जाप्रसाद गोर्खालीले बताउनुभयो।
उहाँका अनुसार डोम, मुसहर, चमार, दुसार र राष्ट्रिय दलित आयोगले परिभाषित गरेका गन्धर्व, परियार, विश्वकर्मा, सार्की, कला, केहैहिया, कोरी, खटिक, चिडिमार, तक्मा, धोवी, पथ्थरकट्टा, पासी, वातर, मेत्तर, सरगभङ्ग, परिवारभित्र पर्ने, विपन्न, मुस्लिम परिवारलगायतका निम्न जाति लाभान्वित हुनेछन्।

Source: www.dainikee.com


« Go Back
Supporters / Sponsors :