दलित समाचार » करिब छ दर्जन दलित विद्यार्थीले दुई वर्षदेखि छात्रवृत्ति पाएनन् |
||
| करिब छ दर्जन दलित विद्यार्थीले दुई वर्षदेखि छात्रवृत्ति पाएनन्
Posted: May 14, 2010 बैतडी, ३१ वैशाख दशरथचन्द नगरपालिका–१० वाराकोटस्थित दानेश्वर उच्च माध्यमिक विद्यालयमा ध्ययनरत करिब ६ दर्जन दलित विद्यार्थीले विगत दुई वर्षदेखि छात्रवृत्ति पाएका छैनन्। राज्यले विद्यालयमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति दिँदै आए पनि सो विद्यालयमा अध्ययनरत छात्राछात्रहरुले दुई वर्षदेखि छात्रवृत्ति नपाएको स्थानीय अभिभावक लछुवा महरले बताउनुभयो। पहिले १० कक्षासम्म मात्र पढाइ हुने सो विद्यालयमा विगत दुई वर्षदेखि निजी स्रोतमा उच्चमाविस्तरका कक्षाहरु सञ्चालन गर्दा विद्यालयको आर्थिक स्थिति कमजोर भएकाले छात्रवृत्ति वितरण हुन नसकेको विद्यालय व्यवस्थापन पक्षले बताएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर चन्दले जिल्ला शिक्षा कार्यालयबाट नै छात्रवृत्तिको रकम प्राप्त नभएको बताउनुभयो। जिल्ला शिक्षा कार्यालयले भने जिल्लाका सबै विद्यालयमा छात्रवृत्ति रकम गइसकेको बताएको छ। कामु जिशिअ लालसिंह टेरले उच्चमाविका बारेमा आफूलाई यकिन थाहा नभए पनि मावितहका सबै दलित विद्यार्थीलाई शत्प्रतिशत दलित छात्रवृत्ति दिइसकेको बताउनुभयो। « Go Back |
Supporters / Sponsors :
