दलित समाचार » पहिलो पटक दलित समुदाय यार्चा संकलनमा |
||
| पहिलो पटक दलित समुदाय यार्चा संकलनमा
Posted: May 27, 2010 बझाङ, १२ जेठ । धार्मिक अन्ध विश्वासका कारण बहुमुल्य बुटी यार्चागुम्बा संकलन गर्नबाट बञ्चित यहाँका दलित समुदाय पहिलो पटक यार्चा संकलनका लागि उच्च हिमाली भेगमा गएका छन् । यार्चा पाइने क्षेत्रमा देबीको बास स्थान रहेको र त्यहाँ अछुत जातीका मान्छेहरुले छोए देबी रिसाएर गाउँमा अनिष्ट हुने कथित धार्मीक मान्यता रहेकोले दलित समुदायका मान्छेहरुलाई वर्षौ देखि त्यहाँ जान रोक लगाइएको थियो । तर, जिल्लास्थित बिभिन्न अधिकारकर्मी संघसंस्था तथा ब्यक्तिहरुले त्यस प्रबृतिको चर्को बिरोध गरेर दलित समुदायका मान्छेहरुलाई यार्चा पाइने क्षेत्रमा जान सम्झाएपछि उनीहरु त्यस तर्फ गएका हुन् । जिल्लाको सुर्मा, दौलिचौर, काँडा, दहबगर, मेलबिसौना, लेकगाउँ लगायतका गाविसको उच्च क्षेत्रमा पाइने यार्चा संकलनका लागि आफूलाई माथिल्लो जातका मान्छे भनाउँदाहरुले दलित समुदायका मान्छेहरुलाई सो क्षेत्रमा जान परापूवकाल देखि नै रोक लगाउँदै आएका थिए । हामीहरुले बिगत दुइ वर्ष देखि बिभिन्न सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गरेर यस वर्ष दलित समुदायका मान्छेहरुलाई यार्चा संकलनका लागि पठाउन सफल भएका छौं, दौलिचौरका दलित अधिकारकर्मी कलक नेपाली बताउनुभयो । देबी रिसाउने भ्रम छरेर हिमाली क्षेत्रमा पाइने यार्चा लगायतका बहुमुल्य बुटीबाट हुने लाभ गैरदलितहरुले लिइरहेका छन् । हामी दलित समुदाय भने कथित अन्धविश्वासको विश्वासमा परेर सधैंभरि बञ्चित हुनुपर्ने यो कस्तो परम्परा हो नेपालीले भन्नुभयो यो वर्षभने ६/७ सयको संख्यामा दलित समुदायका मान्छे पनि यार्चा संकलनका लागि गएका छन् । कानुनमा कसैलाई पनि रोक्न नमिल्ने भएको बताउँदै नियम संगत वन कार्यालयमा आवश्यक शुल्क बुझाई संकलन पूपर्जि लिएर दलितगैरदलित दुबैले संकलन गर्नसक्ने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्ण बहादुर खातीले बताउनुभयो । जिल्लाको उच्च हिमाली भेगमा रहेको सुर्मासरोबर, नौमुला, धनसेरा, शालिमार, चाल्लाबन, कालापानी, निलकट्टी, राईढुङ्गा, अमलागाड, माझा लगायतका क्षेत्रमा पाइने यार्चागुम्बु संकलनका लागि वर्ष पिच्छे ३०/४० हजारको संख्यामा जिल्लाबासी तथा बाहिरी जिल्लाबाट त्यस तर्फ जाने गरेको बझाङ जडिबुटी सरोकार समूहका अध्यक्ष धर्मजंगबहादुर सिंहले बताउनुभयो । « Go Back |
Supporters / Sponsors :
