दलित समाचार » दलित बालबालिकालाई छात्रवृत्ति
दलित बालबालिकालाई छात्रवृत्ति
Posted: June 2, 2010
रसुवा, (नेस), नेपाल उत्पीडित र दलित वर्ग उत्थान विकास समितिको आयोजनामा लहरेपौवा गाविसमा एक सभाबीच दलित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ।


रसुवा जिल्लाको धैबुङ र भोर्ले गाविसका ६ विद्यालयका १ सय जना बालबालिलाई जनही विद्यालय झोला एक थान र कापी १ दर्जनका दरले वितरण गरिएको थियो। कार्यक्रममा उत्पीडित र दलित वर्ग उत्थान विकास समितिका उपाध्यक्ष डीबी परियार नेपाली कांग्रेसका नेता बालचन्द्र पौडेल, ओमप्रसाद आचार्य, शिक्षक रामचन्द्र चालिसे, नुवाकोटका पार्टीसभापति ध्रुव अधिकारीलगायतका वक्ताले उत्पीडत दलित वर्गको उत्थानका लागि सबैले लाग्नुपर्ने र दलितहरू एकजुट भएर लाग्न आग्रह गरेका थिए।


« Go Back
Supporters / Sponsors :