दलित समाचार » दलित महिलाद्वारा प्रावि सञ्चालन शिक्षिकाले तीन वर्षसम्म तलब पाएनन् |
||
| दलित महिलाद्वारा प्रावि सञ्चालन शिक्षिकाले तीन वर्षसम्म तलब पाएनन्
Posted: June 2, 2010 कञ्चनपुर, जेठ १९ गते । विद्यालयमा विद्यार्थी छन्, बस्न बेन्च छैन, खानेपानी छैन, चर्पी छैन, काठ जङ्गलले दिन्छु भनेको छ, बनाउने पैसा छैन । महिलाले मात्र सञ्चालन गरेको प्राथमिक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णा लोहारको भनाइ हो यो । विद्यालयमा समस्यै-समस्या रहेको जानकारी दिादै उहााले भन्नुभयो- "गाउामा महिला मात्र छन्, पुरुष कोही छैनन् । दलितको बाहुल्य रहेको र आर्थिक अवस्था कमजोर भएको गाउामा महिलाले उज्यालोको ज्योति छर्न खोलेको विद्यालयमा समस्या नै समस्याले भरिएको छ । राज्यले शिक्षा अभियान र साक्षरता अभियानमा अर्बौं रुपियाा खर्च गरिरहेको अवस्थामा स्थानीय सक्रियतामा खुलेको विद्यालयमा दरबन्दी त छैन नै, राहतका शिक्षक पनि छैनन् । कञ्चनपुरको झलारी गाविस-९ दीपनगरमा दलित महिलाद्वारा सञ्चालित विद्यालयमा समस्याको थु्रपो छ तर समाधान छैन । तीन कक्षासम्म सञ्चालित दीपनगर प्राथमिक विद्यालयमा रहेका ५६ विद्यार्थी सबैले निःशुल्क पुस्तक समेत पाउन सकेनन् । तीन महिला शिक्षिका छन् तर तलब दिने पैसा नहुादा तीन वर्षदेखि स्वयंसेवक भएका छन् । विद्यालयकी शिक्षिका भागरथी विष्टले तीन वर्षदेखि आउने जाने खर्च समेत आफै ब्यहोरेको बताउनुभयो । विद्यालय सञ्चालन गर्ने काम गर्दा खुसी छु, उहााले भन्नुभयो-"आफूले केही नपाए पनि शिक्षाको उज्यालोतिर लैजाने प्रयास गरेकी छु ।" समस्याको पोको लिएर शिक्षा कार्यालय पुगेका अध्यक्ष र शिक्षिका दुवैलाई कक्षा १ सम्मको स्वीकृति भएकाले सोहीअनुरूप प्रशासनिक खर्च तथा पुस्तक पठाएको जानकारी बाहेक केही मिलेन । जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले विद्यालयको कक्षा तीनसम्मको सरकारी रेकर्डमा नभएकाले सहयोग पनि हुन नसक्ने जानकारी दिनुभयो । « Go Back |
Supporters / Sponsors :
