दलित समाचार » दलितले दलितलाई ठगे: सुचना प्रवाह गर्ने पत्रकारले नै सुचना लुकाए
दलितले दलितलाई ठगे: सुचना प्रवाह गर्ने पत्रकारले नै सुचना लुकाए
Posted: June 5, 2010
अष्ट्रेलिया मोहमा दलित पत्रकारलाई झुक्याइयो
विरोचन अधिकारी
काठमाडौं । अरुलाई झुक्याएर आफू अगाडि बढ्ने प्रपाच रचेका जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा र समता फाउण्डेशनका अध्यक्ष सुभास दर्नालले अष्ट्रेलिया मोहमा चुर्लुम्म डुबेर दलित समुदायकै पत्रकारलाई झुक्याएका छन् ।
दलित समुदायको हक अधिकार सुनिश्चित गर्नका लागि आमसाचारमार्फत् काम गर्छौं भनेर बारम्बार भन्दै िहंड्ने दर्नाल र विश्वकर्माले अष्ट्रेलिया सरकारले दलित समुदायका पत्रकारका लागि भनेर अष्ट्रेलियामा गर्न लागेको एक महिने क्षमता अभिवृद्धि तालिममा आफ्नो सेरेफेरोका केही पत्रकार र आफ्नै संस्थाको हालीमुहाली हुने गरी सुटुक्क नाम पठाएर आफ्नो चरित्र उदाङ्गो पारेका छन् । पत्रकार छनोटका लागि जागरण मिडिया सेन्टरले जिम्मेवारी पाएको थियो । त्यसमा पनि समता फाउण्डेशनका अध्यक्ष दर्नालको मुख्य चलखेल रहेको बताइएको छ ।
विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका दलित समुदायका धेरैजना पत्रकारलाई खबरै नगरी एकाएक गैरपत्रकारहरुको नाम छनौट भएको सुन्दा भने दलित अधिकारकर्मीहरु समेत अचम्भित भएका छन् ।
यसरी नाम सिफारिस गरिएकाहरुमा कान्तिपुर टेलिभिजनका प्रकाशचन्द्र परियार नागरिक दैनिकका गोविन्द परियार कान्तिपुर दैनिककी मधु साही समुन्द्री नयाँ पत्रिकाका भोला पासवान रहेका छन् । अष्ट्रेलियन सरकारले एक जना गैरदलित हुनुपर्ने भनेपछि बीबीसी वल्र्ड ट्रस्टमा कार्यरत विद्या चापागाईं रहेकी छन् भने अन्य सबै रेम विश्वकर्मा कमला विश्वकर्मा उमा पौडेल उर्मिला विश्वकर्मा लक्ष्मण दर्नाल र सुभास दर्नाल जागरण मिडियासँग आबद्ध रहेका छन् । एक दुई जना वाहेक अरु मिडियाका कर्मचारी र वोर्डका सदस्य हुन् ।
यसरी आफ्नै संस्थामा आबद्ध भएका ६รท६ जना एउटै कार्यक्रममा जानुले पनि अध्यक्षद्वय विश्वकर्मा र दर्नालको मनसाय प्रष्ट भएको छ । समता फाउण्डेशनका अध्यक्ष दर्नालले आफूले चाहेको खण्डमा आफूमात्रै पनि जान सक्ने भए पनि अन्यलाई समेट्न खोज्दा विरोध गर्नु राम्रो नभएको भन्दै िहंडेको स्रोतले जनाएको छ । उनले कसैले विरोध गरे एक्लै जाने धम्की दिइरहेका छन् ।
सूचनाको हक र लोकतान्त्रिक प्रकि्रयाको बारम्बार कुरा गर्ने जागरण मिडिया सेन्टरका अध्यक्ष विश्वकर्माले नै अलोकतान्त्रिक काम गरेको अन्य पत्रकारहरुको गुनासो छ । यस विषयमा जागरण मिडिया सेन्टरका अध्यक्ष विश्वकर्मासँग सोध्दा उनले आफ्नो संस्थाले २१ जना पत्रकारको नाम सिफारिस गरेको र सोमध्ये १२ जनाको नाम छनोट भएको बताएका छन् । तर राष्ट्रिय दैनिक पत्रिकामा नै काम गर्ने अन्य पत्रकारहरुले विश्वकर्मालाई ुहामी तपाईंको निरन्तर सम्पर्कमा हुँदाहुँदै पनि किन खबर नगरेको हामी २१ जनाको सूचीमा पर्दैनौंं ु भनेर प्रश्न गरेपछि भने अध्यक्ष विश्वकर्माले ुयो त्यस्तो केही ठूलो कुरा होइन अरु अरु तालिममा पनि जान सकिन्छु भनेर टार्न खोजेको एक पत्रकारले प्रतिपक्षीलाई बताए । दातासँग रकम हात पार्नका लागि दलितभित्रै पनि ुफलानो जात कुलिन वर्गको फलानो जात गरिबु भनेर प्रचारवाजी गर्दै िहंड्ने समता फाउण्डेशनका सुभास दर्नालकै कारण स्वयम् जागरण मिडिया सेन्टर फुटको संघारमा पुगेको छ । सेन्टरकै बोर्ड सदस्यहरुबीच पानी बाराबारको अवस्था आएको स्रोतको भनाइ छ ।
जीवनका हरेक पाइलामा विभेदको पीडा भोग्दै आइरहेको दलित समुदायमाथि दलितले नै झुक्याएर आफू अगाडि बढ्ने प्रपाच रच्न थालेपछि भने यो विषयमा सोच्नैपर्ने दलित अधिकारकर्मीहरुको भनाइ छ । यतिमात्रै नभएर स्वयम् सूचनाको हकको पक्षमा लडाइ गर्ने पत्रकारहरुलाई झुक्याएर अगाडि बढ्न खोजिएपछि भने कतिपय दलित पत्रकारहरुले कम्तीमा आफूले निवेदनसम्म दिन नपाएकोमा अध्यक्षद्वयलाई लोकतान्त्रिक बनिदिन आग्रह गरेका छन् । उनीहरुले दलित र दलित समुदायजस्तै पछाडि पारिएको समुदायको लागि अधिकारका विषयमा बोल्ने दातृ निकाय र अन्य राष्ट्रहरुले समेत यस्ता अलोकतान्त्रिक कामप्रति सोच्नुपर्ने बताएका छन् ।
श्रोत: प्रतिपक्षी, २०६७ साल जेठ २१ गते शुक्रबार

« Go Back
Supporters / Sponsors :