दलित समाचार » अन्तरजातीय जोडीले अनुदान पाएनन् |
||
| अन्तरजातीय जोडीले अनुदान पाएनन्
Posted: June 8, 2010 हेटौंडा/ सरकारले दलित र गैरदलितबीच विवाहलाई प्रोत्साहन दिने उद्देश्यले चालू आवको बजेटमा एक लाख उपलब्ध गराउने भने पनि अहिलेसम्म त्यस्ता जोडीले यस्तो रकम पाउन सकेका छैनन् । कथित दलित युवती विवाह गर्ने १२ भन्दा बढी दम्पती लाख रुपैयाँ लिन जिल्ला प्रशासन मकवानपुर पटकपटक पुगेका छन् । तर सरकारद्वारा घोषणा भएको प्रोत्साहन रकम कत्ति पनि नपाएको उनीहरूले बताए । बजेट भाषणपछि प्रशासनमा रकम लिन आउनेलाई निर्देशिका नआएको भन्दै फर्काउने गरेको छ । निर्देशिका साताअघि जिल्ला प्रशासन आइपुगेको छ तर रकम लिन भने झन्झटिलो छ । रकम लिनका लागि कुनै पनि दम्पतीले प्रक्रिया सुरु गरेका छैनन् । सरकारले दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न चालू आवको तीन महिना बाँकी रहँदा यस्ता जोडीलाई रकम वितरण कार्यविधि ०६६ जारी गरेको छ । 'अन्तरजातीय विवाह गर्ने दम्पतीले उक्त कार्यविधि पूरा गरेर जिल्ला प्रशासनबाट अनुदान रकम लिन हम्मे पर्छ', प्रशासनका एक अधिकृतले भने, 'बजेट भाषणमा दिएर, कार्यविधिबाट खोस्ने काम भएको छ । कार्यविधिमा दलित र गैरदलितबीचको अन्तरजातीय विवाह गर्ने केटी १८ वर्ष पुगेको र केटा २२ वर्ष पुगेको हुनुपर्ने छ ।' प्रशासनमा 'कोर्ट म्यारिज' गरेको हुनुपर्ने उल्लेख छ । कार्यविधि आफंैमा बाझिने खालको बनाएको छ । प्रशासनमा विवाह दर्ता गरेको ३० दिनभित्रमा प्रोत्साहन रकम किस्ताबन्दीले उपलब्ध गराउने व्यवस्था गरेको छ । « Go Back |
Supporters / Sponsors :
