दलित समाचार » दलित र विपन्न मुसलमान लक्षित कार्यक्रम ढिलाइ |
||
| दलित र विपन्न मुसलमान लक्षित कार्यक्रम ढिलाइ
Posted: June 9, 2010 मकर श्रेष्ठ भक्तपुर, जेष्ठ २७ तराई र मधेशका आठ जिल्लाका दलित, विपन्न मुसलमान परिवारका छात्रालाई प्रदान गरिने विशेष छात्रवृति अन्तर्गतको पठनपाठन अझै सुरु हुन सकेको छैन । सरकारले उनीहरूलाई प्रमाणपत्र तह नर्सिङ तथा प्राविधिक एसएलसी तहका विभिन्न कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०६६/६७ को बजेट भाषणमा आठ जिल्लामा यो कार्यक्रम लागू गर्ने भनिएको थियो । आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदासमेत पठनपाठन सुरु हुन सकेको छैन । प्रमाणपत्र तह नर्सिङ तथा प्राविधिक एसएलसी तहका विभिन्न कार्यक्रमका लागि वैशाख चार गते प्रवेश परीक्षा लिएको थियो । त्यसको नतिजा बुधबार प्रकाशित गरेको छ । कार्यक्रम सञ्चालन गर्ने निर्देशिका अर्थ र शिक्षा मन्त्रालयलबाट पास गराउन ढिलाइ भएकाले पठन पाठनमा केही समय ढिलाइ भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले जनाएको छ । 'सरकारले ल्याएको कार्यक्रम नयाँ भएकाले निर्देशिका बनाउन, संस्था र विद्यार्थी छनौटमा ढिलाइ भयो,' परिषद्का प्राविधिक महाशाखाका वरिष्ठ सुरपरीवेक्षण अधिकृत शिवहरी ढकाले भने, 'सबै काम सकियो, अब असार तेस्रो हप्ताबाट पठनपाठन सुरु गर्छौं ।' प्राविधिक शिक्षामा पहुँच नपुग्दा रोजगारीका अवसरहरू प्राप्त गर्न नगर्ने समुदायहरूलाई यो अवसर दिएको हो । कार्यक्रम लागू हुने जिल्लामा बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहा पर्छन् । अध्ययनका लागि आठ जिल्लाका एक हजार एक सय ५२ जनाले आवेदन दिएकोमा आठ सय २० जना मात्र प्रवेशका परीक्षामा उत्तीर्ण भएका छन् । सबैभन्दा बढी सप्तरीका हुन् । मुसलमानभन्दा पनि दलितको सहभागिता बढी देखिएको छ । यो कार्यक्रममअन्तर्गत अध्ययन गर्ने विद्यार्थीले आपmनो खर्च गर्नु पर्दैन । अध्ययन खर्च, बस्न, खान र वर्षको दुई पटक घरमा आवतजावत गर्ने खर्च समेत सरकारले व्यहोर्छ । उनले भने, 'खाना, किताब-कापीका लागि निर्वाह भत्ता भन्दै मासिक तीन हजार पाँच सय रुपैयाँ, घरमा आवातजावतका लागि वाषिर्क एक हजार पाँच सय रुपैयाँ र पोसाकका लागि दुई हजार पाँच सय रुपैयाँ पाउँछन् ।' अनमी २९ महिने अध्ययन गर्नेले भने अध्ययन अवधिभर यातायात खर्च तीन हजार, पोसाकका लागि पाँच हजार पाउनेछन् । सरकारले ६ वटा विषयको कार्यक्रम ल्याएको छ । त्यसमा १८ र २९ महिने अनमी, १५ महिने कृषि र पशुपालन जेटिए, सिभिल सब ओभरसियर १५ महिने कार्यक्रम पर्छ । वरिष्ठ सुरपरीवेक्षण अधिकृत ढकालका अनुसार नर्सिङमा पाँच सय १८, अनमी १८ महिनेमा एक सय ३७, अनमी २९ महिनेमा एक सय ३५, जेटियमा १५, सिभिल ओभरसियरमा १५ जना उत्तीर्ण भएका छन् । १८ र २९ महिने अनमी, जेटिए, सब ओभरसियर अध्ययन गर्ने मुसलमान दुई सय २२ जना, दलित सय ७५ विद्यार्थी छन् । नर्सिङमा मुस्लिम एक सय ८७ र दलित तीन सय ३० जना छन् । अधययनका लागि दलित र विपन्न मुसलमानका छात्रा जति आए पनि प्रवेशका परीक्षामा समावेश गरिएको भए पनि उत्तीर्णले मात्र पढ्न पाउनेछन् । उत्तीर्ण भएका विद्यार्थी अध्ययनका लागि टेन्टर आह्वान गरी शिक्षण संस्थासमेत छनौट गरिसकेको छ । त्यसका लागि १८ महिने अनमी कार्यक्रम अध्ययनका लागि राजदेवी टेक्निकल इन्स्िटच्युट राजविराज, धनकुटा इन्स्िटच्युट अफ हेल्थ साइन्स धनकुटा, डा योगेन्द्र ठाकुर एजुकेसनल एकाडेमी लाहान हु्न् । २९ महिने अनमी कार्यक्रमका लागि कालिका मेडिकल एन्ड टेक्निकल इन्स्िटच्युट गंैडाकोट, सुनसरी टेक्निकल इन्स्िटच्यूट धरान, व्यवसायिक तालिम केन्द्र मोरङ छानिएको छन् । सिभिल सबओभरसियरका लागि जगदम्बा मेडिकल इन्स्िटच्युट राजविराज रहेको छ । प्रमाणपत्र तह नर्सिङका ३६ महिनेको लागि जनकपुर नर्सिङ क्याम्पस, युनिक एजुकेसनल एकाडेमी राजविराज, द हिमालय इन्स्िटच्युट अफ हेल्थ साइन्स विरगन्ज, सेती महाकाली नर्सिङ क्याम्पस महेन्द्रनगर, पिपल्स मल्टिपल हेल्थ इन्स्िटच्युट इटहरी, नेपाल इन्ष्िटच्यूट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजी काठमाडौ, विराट हेल्थ कलेज एण्ड रिसर्च विराटनगर छनौट भएको छ । श्रोत: कान्तिपुर दैनिक « Go Back |
Supporters / Sponsors :
