दलित समाचार » जनजाती र दलित विद्यार्थीलाई निशुल्क अध्ययन
जनजाती र दलित विद्यार्थीलाई निशुल्क अध्ययन
Posted: June 21, 2010
इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले क्याम्पसमा आदिवासी जनजाती र दलित विद्यार्थीलाई निशुल्क अध्ययन गराउने भएको छ ।
क्याम्पसले मानविकी संकायको स्नातक तहमा अध्ययरत विद्यार्थीको शुल्क मिनाहा गरेको छ । डाक्टर हस्त गुरुङ्गको शैक्षिक स्तरमा पछाडि परेका ६० जातिहरुलाई शैक्षिक शुल्क मिनाहा गनुपर्ने प्रतिवेदनले अन्तराष्ट्रिय मान्यता दिएपछि इलाम क्याम्पसले शुल्क मिनाहा गरेको क्याम्पस प्रमुख जसबहादुर लुङ्गेलीले बताउनु भएको छ ।
शैक्षिक अवस्था कमजोर भएका आदिवासि जनजाति र दलितको उच्च शिक्षा अध्ययनमा सहज पुरयाउने उद्येश्यले क्याम्पसले सो नीति बनाएको प्रमुख लुङ्गेलिले बताउनु भएको छ ।
Source: http://www.nmkhabar.com/

« Go Back
Supporters / Sponsors :