दलित समाचार » छुवाछुत विरुद्धको अभियान सम्पन्न |
||
| छुवाछुत विरुद्धको अभियान सम्पन्न
Posted: June 22, 2010 बागलुङ । घुम्टे दलित साजाल गल्कोट बागलुङले दक्षिण भेगका १२ गाविसमा छुवाछुत विरुद्धको अभियान असार ६ गते सम्पन्न भएको छ । सामाजिक विभेद विरुद्धको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ गत चैत १५ गते देखि सुरु भएको अभियान आज हरिचौरमा एक अन्तकि्रया गर्दे सम्पन्न गरिएको हो । साजालका केन्द्रिय अध्यक्ष ओम सुनारको अध्यक्षतामा भएको अन्तकि्रयामा बोल्दै सामुदायिक विकास केन्द्र काठमाडौका उपाध्यक्ष हिरालाल विकले दलितलाई सरकारले दिएको हक अधिकार सुनिश्चित र्गेन दलितहरु एक भएर लाग्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा साजालका उपाध्यक्ष उमिन परियार महासचिव लाल वहादुर विश्वकर्मा कोषाध्यक्ष याम बहादुर विश्वकर्मा हरिचौर गाविस निर्देशक चन्द्रविर विक नरेठाटी उपाध्यक्ष दुर्गा परियार लगाएतले बोल्नु भएको थियो । दिवा सुनारले स्वागत गर्नुभएको कार्यक्रमको साचालन खिम परियारले गर्नु भएको गल्कोटबाट रेशम परियारले बताउनु भएको छ । « Go Back |
Supporters / Sponsors :
