दलित समाचार » दलित र गैर दलित विहे गर्ने दुई जोडीले पाए १–१ लाख रकम
दलित र गैर दलित विहे गर्ने दुई जोडीले पाए १–१ लाख रकम
Posted: June 25, 2010
अजयकुमार साह
जनकपुर ११ असार
दलित र गैर दलित बिच विवाह गर्ने दुई जना जोडिलाई जिल्ला प्रशासन कार्यालय धनुषाले प्रोत्साहन रकम प्रदान गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा दुई जना जोडिले रकमको लागि माँग दाबि गरेपछि उनिहरुलाई एक एक लाख रुपैयाको दरले रकम प्रदान गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय धनुषाका लेखा अधिकृत शम्भुनाथ मिश्रले गराएका छन्। यसरी दलित र गैर दलित बिच विवाह गर्ने दुई जना जोडिले पहिलो पटक धनुषामा रकम प्राप्त गरेका हुन्। रकम प्राप्त गर्ने जोडिहरुमा धनुषाको दुवरकोट हथलेटवाका रामलाल साफी र रिताकुमारी मण्डल र बटेश्वरका देवसागर दास तत्मा र बेंगाडावरका शारदा पहाडी रहेका छन्।
सरकारले माघ १० गते दलित र गैर दलित विवाह गर्ने दम्पतीलाई प्रोत्साहन स्वरुपमा एक लाख रकम प्रदान गर्ने कार्य विधि बनाएपछि त्यस्तो विवाह गर्ने जोडीलाई रकम प्रदान गर्न थालिएको हो।
श्रोत: http://www.dainikee.com/

« Go Back
Supporters / Sponsors :