दलित समाचार » आखिर पुरातनवादीहरु यथास्थितिवादीहरु दलितको अगाडी घुडा टेके
आखिर पुरातनवादीहरु यथास्थितिवादीहरु दलितको अगाडी घुडा टेके
Posted: July 14, 2010
पर्वत पकुवा ४ घर भई हाल शिवालय ८ मा बस्ने लाल बहादुर वि।s। र ऐ जिल्ला दुर्लुङ्ग गाविस निवासी पुण्यवती शर्माले सामाजिक कलंकको रुपमा रहेको जातीय विभेदलाई अन्त्य गर्ने हिसाबले अन्तरजातीय रुपमा गरेको विवाहलाई वदर गराउने हिसावले केटीका परिवारजनले गरेको पडयन्त्र प्रहरी प्रशासनको गरेको दलित विरोधी कार्यको भण्डाफोर गर्दै समाजलाई यथास्थिति मै राख्ने पुरातनवादी यथास्थितिवादी परिवर्तनका विरोधीहरुलाई घुडा टेकाएरै छाडे । जब केटा लाल बहादुर सुनार र केटी पुण्यवती शर्मा भागि मन्दिर विवाह गरेपछि केटीका दाजु शेषकान्त शर्माले प्रहरी कार्यालयमा केटाका आफन्तहरुलाई अपहरण र शरिर बन्धक मुद्धामा जाहेरी दिई षडयन्त्र पुर्वक फसाउने योजना विफल भएको छ । उक्त घटनाको विरुद्ध धवलागिरीका दलित अधिकारकर्मीहरुले ज्यानको बाजी लगाएर मैदानमा खुलेर संघर्ष गरे र त्यो संघर्षलाई नेपालभरीका दलित अधिकारकर्मी व्यक्ति संघसंस्थाहरुको एक्यैबद्धताले गर्दा दलित विरुद्ध लागेको प्रहरी प्रशासन लगायत दलित विरोधी शक्तिहरु आखिर दलितको अगाडी घुँडा टेके । दलितको शक्ति अगाडी कुनै बाहुवल नचले पछि मात्र पर्वत प्रहरी प्रशासनले असार ३० गते केटीलाई मानव अधिकारकर्मी पत्रकार नागरिक समाजका अगुवाका रोहवरमा केटीलाई केटाको जिम्मा लगाउने कार्य गरेको हो । नव विवाहित जोडीलाई दलित साझा मंच पर्वतको आयोजनामा असार ३० गते एक समारोह विच बधाई ज्ञापन कार्यक्रमको आयोजना गरि सफल जीवनको शुभकामना दिने कार्य गरियो । यसरी यस घटनालाई सहयोग गर्ने केन्द्रिय स्तरमा रहेका दलित अधिकारको क्षेत्रमा कार्यरत दलित भातृ संगठनहरु दलित गैर सरकारी संस्था महासंघ राष्ट्रिय दलित आयोग ल्यानकाउ नेपाल दलित अधिकारकर्मीहरुलाई हामी धवलागिरीका दलित समुदायले हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा समेत गर्दछौ । र आफनो ज्यानको समेत प्रवाह नगरि यस आन्दोलनलाई रातदिन सहयोग गर्नुहुने धवालागिरीका दलित अधिकारकर्मी समेतलाई हामी पर्वतवासीहरुले हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौं

« Go Back
Supporters / Sponsors :