दलित समाचार » दलित बालबालिकालाई अध्ययनमा समस्या
दलित बालबालिकालाई अध्ययनमा समस्या
Posted: July 16, 2010
सविन प्रियासन/राजधानी
दाङ, ३१ असार
आर्थिक अभावका कारण नारायणपुर खैरामा रहेको दलित बस्तीका बालबालिकालाई अध्ययनमा समस्या आएको छ । उनीहरूलाई अध्ययनखर्चका साथै घर्रखर्च जुटाउन साँझबिहान काममा खटिनुपर्ने भएकाले यस्तो समस्या आएको हो ।
'मलाई अरूको घरमा पढाउने र्सतमा काम गर्न राखियो, तर मलाई पढ्न दिइएन,' नारायणपुर निवासी नारायण नेपालीले राजधानीसँग गुनासो गरे । 'लामो समयसम्म काम गर्दा पनि विद्यालय जान नपाएपछि मैले काम गर्ने घर छाडेर अहिले इँटाभट्टामा काम थालेको छु,' उनले भने । आर्थिक अभावका कारण गुजारा चलाउन र पढ्न समस्या भएको उनको भनाइ छ ।
पारिवारको आर्थिक अवस्था कमजोर भएपछि उनले काम गर्नुपर्नेे वाध्यता सिर्जना भएको हो । उनकी दिदी र दाजु  पनि अरूको घरमा काम गर्न बसेका छन् । उनीहरूले मकै  खन्ने, धान रोप्ने, मौसमअनुसार मजदुरका काम गर्नेे गर्छन्  ।
नारायण मात्र होइन, यहाँका दलित बस्तीका बालबालिकाहरूमा पढ्ने चाहना हुँदाहँुदै पढ्ने अवसरबाट वञ्चित भएका छन् ।
श्रम गर्नु उनीहरूको रहर नभई बाध्यता हो । यहाँका अधिकांश बालबालिकाहरू पढाइ खर्च जुटाउन आफैं श्रम गर्छन् भने केही आर्थिक अभावका कारण कमाउन बाबुआमासँगै भारततर्फजाने गरेका छन् ।
'हामीले त कमसेकम सँगै काममा लगाए पनि पढाउन पाएका छौं,' यहाँका हाम्रा समुदायका बालबालिकाले पढ्न पाएका छैनन्,' नारायणका आमा उर्मिला नेपालीले भनिन्, 'छिमेकीका दर्ुइ घरमा ६ जना बच्चाबच्ची थिए । उनीहरू पुसमाघको जाडो होस् वा  चैतवैशाखको गर्मी, बुबाआमासँग  इँटाभट्टामा काम गर्नुपथ्र्योे । अहिले उनीहरू भारत पलायन भएका छन् ।'
आर्थिक अवस्था कमजोर भएकाले बालबालिकालाई सरकारी विद्यालयमा पनि पढाउन मुस्किल भएको अभिभावकहरू बताउँछन् ।
विद्यालयले किताब मात्र दिने गरेको छ, तर कापी र पोसाक किन्न पनि समस्या पर्नेेे उनीहरूले बताए । खैराका दलित बस्तीमा ३० बालबालिका छन् । तीमध्ये २५ जना बालबालिका विद्यालय जाने गरेका  छन् ।
'हाम्रो कमाउने आधार छैन, पुख्र्यौली पेसाबाट कमाएको पैसा खानामा खर्च गर्ने कि छोराछोरीको पढाइमा - हामी आफंै  अन्योलमा  छौं,' स्थानीयवासी मोहनी नेपालीले भनिन् । साँझबिहान हातमुख जोड्न धौ-धौ भएपछि बालबालिकालाई पढाउन समस्या भएको उनको भनाइ छ । 

« Go Back
Supporters / Sponsors :