दलित समाचार » बालीघरे प्रथामा काम गर्न बाध्य छन् अझै पनि दलित समुदाय |
||
| बालीघरे प्रथामा काम गर्न बाध्य छन् अझै पनि दलित समुदाय
Posted: July 27, 2010 कृष्ण दर्नाल/पाल्पा बालीघरे प्रथामा काम गर्ने चलन पाल्पामा अझै पनि दलित समुदायले अगाल्न बाध्य भएका छन् । बालीघरे प्रथालाई उन्मूलन गर्न सरकारले बेवास्ता गरेकै कारण पुस्तौ पुस्तादेखि सिलाई पेशामा काम गर्ने परियार थरका अधिकांश मानिसहरुले र फलामका घरासी प्रयोजनका लागि हातहतियार निर्माण गर्ने विश्वकर्मा थर गरेका अधिकांश मानिसहरुले गाउँ गाउँमा अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन । दलित समुदाय अन्र्तगत सुचीकारहरुले विष्टको कपडा सिलाईदिए वापत र विश्वकर्माहरुलॆ विष्टको फलामको काम गरीदिए वापत पाउने निश्चित अन्न बाली धान मकै कोदो लगायतका बाली प्रथामा गरिने कामबाट यो समुदाय आर्थिक रुपमा ठगिदै आएको कुरा उनीहरुले बताउदै आएका छन् । विष्ट्को घरमा पुगेरका काम गरेपनि पैसा देख्नै रहर हुने भएकाले गर्दा घरखर्च चलाउन पनि कठीन हुने गरेको गुनासो उनीहरुले राख्दै आएका छन् । पाल्पा जिल्लाको ६५ गाविसमाहरु कचल भुवनपोखरीताहू सिलुवा झडेवाकसेनी जल्पा देवीनगर बहादुरपुर लगायतका गाविसहरुमा बालीघरे प्रथामा काम गर्ने पुरानो रोगले दलित समुदायलाई अझै पनि सताएका रहेकॊ छ । दलित समुदायले वर्ष भरि बालीघरे प्रथामा काम गरेता पनि जिविकोपार्जन गर्न नै यो पेशा कठिन हुन लागेको छ । दलित समुदायलले खोलेका होटल व्यवसायहरु संचालन हुन कठीन भएका कारण आजको सुचना र प्रविधिको युगमा दलित समुदायले अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन । बालीघरे प्रथामा काम गर्दा दलित समुदायले विष्टको घरमा पुगेर काम गर्नुपर्ने बाध्यता अझै पनि रहेकै कारणले उनीहरु दोहोरो मारमा परेको कुरा दलित नेता केशव दर्नालको भनाई रहेको छ । ज्यालाको रुपमा पाइने अन्न बाली लिन पनि उनीहरुको घर खेतमा पुग्नु पर्ने सामन्ती प्रथामा काम गर्न बाध्यता रहेको कुरा बाली घरे प्रथामा काम गर्ने दलित समुदायको गुनासो रहेको छ । बालीघरे प्रथामा वर्ष भरि काम गरेपनि नौ दश पाथी धान वा मकै वा कोदो लगायतका बाली पाइने भएकाले गर्दा यो समुदाय आर्थिक रुपमा शोषणमा परेको हो । बालीघरे प्रथामाा गरिने कामभन्दा व्यवसायिक रुपमा चलाएका टेलरिङ पसलमा काम गर्दा दोबर पैसा तिर्दछन तर बाली प्रथामा काम गर्दा वर्षमा नौे दश पाथी अन्न बाहेक अन्य केही पनि नपाउदा गुजारा चलाउन नै कठिन हुन अवस्था सिर्जना भइसककाले अन्य काम गर्नु परेको छ । यो प्रथामा काम गर्दा पैसा देख्न रहर हुने पाल्पा जिल्लाको फेक गाविसका प्रेम कुमार नेपालीकॊ गुनासो रहेको छ । दुई मुठी चामलमा साहुका लुगाा सिउनेहरु जति फलाम ठोके पनि दुःखी जिवन जिउनेहरु दलित समुदाय वर्षभरि बालीघरे प्रथामा काम गरेतापनि जिविकापार्जन गर्न नै धौ धौ बन्न थालेको छ । फेक गाविसको आठ नौ वडासम्म काम गरेतापनि दशै तिहार मनाउनका लागि साहुको घरका ऋणको लागि धाउनुपर्ने बाध्यता अझै पनि बालीघरे प्रथामा काम गर्न दलित समुदायको रहेको नेपालीले बताउछन् । वर्षभरि यो पेशामा काम गरेतापनि छोराछोरी पढाउने खच्र बिरामी हुदा उपचार खर्च जुठाउनका लागि ऋण खोज्नु पर्ने बाध्यता रहेको नेपालीलॆ गुनासो पोख्र्दछन् । फलामको काम गर्दा कडा श्रम हुने भएतापनि त्यस अनुरुपको प्रतिफल पाउन नसकिएको गुनासो फेक गाविस वडा -७ सोमहरका धनबहादर विश्वकर्माले रहेको छ । ूआरनमा काम गरे अनुसारको ज्याला पाउन सकिएको छैन । त्यसैले गर्दा घरखर्च जुटाउन पनि कठिन भएको छू-धनबहादुरले बताउछन । « Go Back |
Supporters / Sponsors :
