दलित समाचार » एमाले दलित नेतालाई थुनामा राख्न आदेश
एमाले दलित नेतालाई थुनामा राख्न आदेश
Posted: August 10, 2010
काठमाडौं, साउन २४ । पाँचथर जिल्लाका जिल्ल न्यायधिशको एकल ईजलाशले एमाले दलित नेता भवानी शंकरलाई थुनामा राखी कार्वाही गर्न आदेश दिएको हो ।

अन्तरजातीय विवाह गर्ने तीन जोडीले जिल्ला प्रहरीमा ठगी गरेको जाहेरी दिएपछि भवानीसंग अर्का एमाले नेता वीरबहादुर धमलासमेतले प्रोत्साहन रकम ठगी गर्ने गरेको खुलासा भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले गत साउनयता विवाह गर्ने जिल्लाका १४ अन्तरजातीय जोडीलाई सरकारी नीति अनुरुप दिइने प्रोत्साहन एक लाखमध्ये पहिलो किस्तामा ५० हजारको दरले उपलब्ध गराएको भएपनि सो रकम अधिकांश जोडीलाई नदीईशंकर र धमलाले आफै कुम्ल्याएको आरोप छ ।
« Go Back
Supporters / Sponsors :