दलित समाचार » आर्थिक उपार्जनमा दलित महिलाको सक्रियता |
||
| आर्थिक उपार्जनमा दलित महिलाको सक्रियता
Posted: August 10, 2010 नेपालगन्ज। आर्थिक उपार्जनका लागि सहरबजार नै पस्नुपर्दैन भन्ने उदाहरण बाँके जिल्ला चिसापानी गाविस वडा ५ का दलित समुदायका महिलाले प्रस्तुत गरेका छन् । सो गाविसका करिब २५ भन्दाबढी महिलाले सङ्गिनी समूह गठन गरी आफ्नै गाउँमा व्यावसायिक खेतीतर्फ अग्रसर भएका छन् । समूहमार्फत ती महिला अहिले व्यावसायिक रूपमा तरकारी, मकै, धानखेती तथा कुखुरा र बाख्रापालनमा सक्रिय देखिएका छन् । सो समूहका सचिव विमला सुनारका अनुसार समूहमा आवद्ध महिला आयआर्जन व्यवसायका साथै सामाजिक कार्यमासमेत सहभागी हुदैआएका छन् । गाँउमा विद्यालय निर्माण, सङ्घ, संस्था स्थापना तथा राजनीतिकरूपमा पनि समूहका महिला सक्रिय देखिएपछि जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायले पनि सहयोग उपलव्ध गराउन थालेको सचिव सुनारको भनाइ थियो । सो समूहले सञ्चालन गरेको व्यावसायिक कामलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण समितिले आर्थिक तथा प्राविधिक सहयोग पुर्याउँदै आएको छ । समितिले सो समूहलाई धान तथा मकैको बीउ, रासायनिक मल र सिँचाइका लागि डिजेल पम्पसेट निःशुल्क उपलव्ध गराएको समितिका अध्यक्ष देउमल सुनारले बताउनुभयो । « Go Back |
Supporters / Sponsors :
