संविधान सभा » लोकतान्त्रिक संवाद सम्पन्न
लोकतान्त्रिक संवाद सम्पन्न
Posted: June 12, 2009
कृष्ण विश्वकर्मा
जेष्ठ २८- गुल्मी उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीको आयोजनामा जिल्लाको हुगां गाविसमा लोकतान्त्रिक संवाद कार्यक्रम जेष्ठ २८ गते सम्पन्न भएको छ । 
आगामी संविधानमा दलित अधिकारको हक अधिकारको ग्यारेन्टी र दलित समुदायलाई संविधानका वारेमा सुसुचित गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सहजकर्ता कमला विश्वकर्मा वताउनुहुन्छ । युएनडिपीको आर्थिक सहयोगमा राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र उत्पीडित समुदाय उत्थान केन्द्रको आयोजनामा आगामी संविधानमा दलित अधिकारको सुनिश्चतता कार्यक्रम जिल्लाको २४ वटा गाविसमा संचालन गर्न लागिएको हो । 
उक्त हुगां गाविसमा भएको कार्यक्रममा युएनडिपीका ग्यारेन्ट म्यानेजर सुरेन्द्र चौधरी र मोम विश्वकर्माको पनि उपस्थिती रहेको थियो । दलित समुदायको उत्साहजनक उपस्थिती रहेको कार्यक्रमको सहजीकरण कमर्ला विश्वकर्माले गर्नुभएको थियो ।

« Go Back
Supporters / Sponsors :