दलित समाचार » जग्गा सम्बन्धीको विवादमा प्रहरीद्वारा दलित महिलामाथि लाठीचार्ज / आधा दर्जन भन्दा बढी घाइते |
||
| जग्गा सम्बन्धीको विवादमा प्रहरीद्वारा दलित महिलामाथि लाठीचार्ज / आधा दर्जन भन्दा बढी घाइते
Posted: August 16, 2010 जितेन्द्र खडगा
राजबिराज, श्रावण ३० २०६७ सप्तरीको पातो गाविसमा मोही जग्गा सम्बन्धिको विवादमा आईतवार प्रहरीले लाठ्ठी चार्ज गर्दा करिब एक दर्जन दलित महिला तथा बालबालिका घाइते भएका छन् । जग्गा धनीले मोहीयानी हक दावी गर्ने दलितहरुलाई मोहीयानी हकबाट बेदखल गर्न खोज्दा दुवै पक्ष बिच बिवाद चल्दै आएको थियो ।पातो ३ स्थित गुलाबदेवी यादवको नाउमा रहेको जग्गामा मोही रहेको भन्दै स्थानिय दलितहरुले दावी गर्दै आएका थिए । पहिलेदेखि विवाद चलिरहेको अवस्थामा जग्गाधनीले खेती गर्न लाग्दा मोहीयानी हकबाला पलटी देवी सदाले विवादीत जग्गामा खेति नगर्न गरिएको आग्रहलाई बेवास्ता गर्दै जग्गा कमाउन थालेपछि आईतवार दुवै पक्ष बिच बिवाद उत्पन्न भएको थियो । जग्गा धनी यादवले धुस दिएर ईलाका प्रहरी कार्यालय पातोबाट हवलदार चन्द्र प्रसाद यादवको नेतृत्वमा ५-६ जना प्रहरी आएका थिए । त्यहा पुगेका प्रहरी टोलीले आफुहरुको कुरै नसुनी एक्कासी लाठी चर्ज गर्न थालेको पिडित ७० बषिर्या मायादेवी सदाले बताईन् । उनले भनिन् प्रहरीहरुले कुटपटि गर्नुका साथै तथानाम गाली गर्दे चेलीहरुको लुगासमेत च्यातिएर प्रहरीहरुले दुब्र्यवहार गरेका छन् । उनका अनुसार आफू लगायत करिब १२/१३ जना महिला तथा बालबालिकालाई जग्गाधनीको इसारामा प्रहरीले कुटपीट गरि घाईते बनाएका छन् । पीडित मोहियानीहरुले जिल्ला प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेलाई घटना बारे जानकारी गराएका छन् । प्रजिअ घिमिरेले जग्गा सम्बन्धि फैसला नहुन्जेल पीडित पक्षले नै खेतमा काम गरि रहने आश्वासन दिएको पिडित मध्येका जोगेन्द्र सदाले बताए । उनले भने, सिडीओले लिखित उजुरी दिन भन्नु भएको छ, दोषी प्रहरी तथा जग्गा धनीलाई आवश्यक कारवाही हुन्छ । यता पातो ३ का अर्का मोहियानी जोगेन्द्र सदाले आफूहरुले तिन पुस्तादेखी सो जग्गामा खेती गर्दै आइरहेको बताए । तर, यस बर्ष जग्गाधनीले आफुहरुल्ाई जग्गा बाट बेदखल गर्न बिभिन्न षडयन्त्र गरिरहेका छन् । बिवादित जग्गामा जग्गाधनीले प्रहरीलाई रकम दिएर आफ्ना परिवारका सदस्यलाई कुटपिट गराएको पीडित मध्येका उपेन्द्र सदाको आरोप छ । यस्तै १५ वषिर्या बालिका संजालाकुमारी सदाले प्रहरीले आफूहरुलाई लाठ्ठीले प्रहार गर्दै अपशब्द समेत बोल्दै लुगा समेत च्याति दिएको आरोप लगाइन् । घटना बारे बिभिन्न दलित हकहित सम्वन्धि संस्थाहरुले ध्यान आकर्षण भएको जनाउदै दोषी प्रहरी उपर कारवाही गर्न माग गरेका छन् । दलित एक्टिभिष्ट जुक्ति मरिकले दलित चेलीहरुको प्रहरीले लुगा च्यात्नु र दुव्र्यवहार गर्नु जधन्य अपराध हो, छानवीन गरि कारावाही हुनुपर्छ । « Go Back |
Supporters / Sponsors :
