दलित समाचार » असुरक्षित प्रसुती गराउने क्रममा अछाममा ३२ वर्षीय दलित महिलाको मृत्यु |
||
| असुरक्षित प्रसुती गराउने क्रममा अछाममा ३२ वर्षीय दलित महिलाको मृत्यु
Posted: August 16, 2010 २०६७ श्रावण ३१, सोमवार अछाम - असुरक्षित प्रसुती गराउने क्रममा अछाममा एक दलित महिलाको आइतवार मृत्यु भएको छ । जिल्लाको मष्टामाण्डु गाविस ६ भण्डारी गाउकी ३२ वर्षीय सुर्जा दमाइको मृत्यु भएको हो । गाउँ नजिकको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी संग नलिएर घरमै असुरक्षीत प्रसुती गराएपछि अत्याधिक रक्तश्राव भए पछि उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । उनका श्रीमान भारतमा काम गर्न भारतमा गएका छन । असुरक्षित प्रसुती गराउदा सुर्जाको मृत्यु भए पनि उनले जन्म दिएको शिशुको स्वास्थ्य राम्रो रहेको छ । यस अघि उनका चार छोरी र एक छोरा छन । « Go Back |
Supporters / Sponsors :
