दलित समाचार » दलित मोर्चाद्वारा आयोगमा अनिश्चितकालिन तालाबन्दी |
||
| दलित मोर्चाद्वारा आयोगमा अनिश्चितकालिन तालाबन्दी
Posted: August 17, 2010 काठमाडौं, ३१ साउन । कर्मचारी भर्ना आवेदनको म्याद थप १५ दिन लम्ब्याउन माग गर्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले राष्ट्रिय दलित आयोगमा तालाबन्दी गरेको छ । मोर्चाका केन्द्रीय सह संयोजक रणेन्द्र बरालीद्वारा आज जारी प्रेस विज्ञप्तीमा कर्मचारी भर्ना आवेदनको म्याद थप १५ दिन लम्ब्याउने मागका विषयमा यही साउन १९ गते आयोगलाई एक ज्ञापन पत्र दिइएको बताईएको छ । विज्ञप्तीमा ज्ञापनपत्रलाई वेवास्ता गरेपछि क्रमिक रुपमा आफ्ना जायज मागहरु राखेर यही साउन २६ गते ५ दिने अल्टिमेटम दिइएको पनि उल्लेख गरिएको छ । मोर्चाले अल्टिमेटम पश्चातपनि आयोगले आफ्ना मागप्रति कुनै चासो नदिएको भन्दै आज तालाबन्दी गरेको बिज्ञप्तीमार्फ जनाईएको छ । मोर्चाले दलित अधिकारस“ग सम्बन्धित जायज माग पुरा नहुञ्जेलसम्म कुनै पनि हालतमा आफुहरु त्ाला नखोल्ने बताएको छ । अनावश्यक बल प्रयोग गरी ताला फोड्ने प्रयत्न गरेको त्यसबाट आउने कडा कदमको जिम्मेवारी स्वयं आयोग पदाधिकारी हुने पनि मोर्चाले विज्ञप्तीमार्फ चेतावनी दिएको छ । विज्ञप्तीको पुर्ण पाठ यस प्रकार छ । यही २०६७ असार ३० गतेको मितिमा राष्ट्रिय दलित आयोगमा कर्मचारी भर्नासम्बन्धी गोरखापत्रमा प्रकाशित सूचनाको समय अवधि ज्यादै छोटो भएकाले दूरदराजमा बस्ने दलित समुदायका आवेदकहरूले जानकारी पाउन नसक्दा आवेदन दिनबाटै वञ्चित भएको कुरा र्सवविदितै छ । दलित समुदायको हक, अधिकार सम्बन्धी काम गर्ने सरकारी आयोगले भएका कर्मचारी हटाएर नया“ कर्मचारी भर्ना गर्ने प्रक्रियामा देखाएको अपादर्शी र गैरजिम्मेवार शैलीले तमाम न्यायप्रेमी दलित समुदायलाई स्तब्ध पारेको छ । यसै कुरालाई मध्यनजर गरेर हाम्रो गौरवशाली संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले अत्यन्तै सिष्ट, मर्यादित ढंगले कर्मचारी भर्ना आवेदनको म्याद थप १५ दिन लम्ब्याउन माग राखेको थियो । त्यसै विषयमा यही साउन १९ गते आयोगलाई एक ज्ञापन पत्र दिइएको थियो । ज्ञापनपत्रलाई उल्टै वेवास्ता गरेपछि क्रमिक रुपमा आफ्ना जायज मागहरु राखेर यही साउन २६ गते ५ दिने अल्टिमेटमन दिइएको थियो । सहमति र सहकार्यबाट अगाडिबढ्नुपर्ने वर्तमान दलित मुक्ति आन्दोलनको भावनाविपरित आयोग नेतृत्वले वार्तामा बस्दा माग सम्बोधन गर्नुको सट्टा उल्टै अमर्यादित भाषा प्रयोग गरेको र अल्टिमेटमलाई पुरै उपेक्षा गरेर अगाडि बढ्न खोजेकोले आयोगको कार्यालयमा आज विहान १० बजे अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएका छौं । दलित अधिकारस“ग सम्बन्धीत जायज माग पुरा नहुञ्जेलसम्म हामी कुनै पनि हालतमा तालाखोल्ने छैनौं । अनावश्यक बल प्रयोग गरी ताला फोड्ने प्रयत्न गरेको त्यसबाट आउने कडा कदमको जिम्मेवारी स्वयं आयोग पदाधिकारी हुने कुरा समेत चेतावनी दिन चाहन्छौं मुक्ति मोर्चाले भनेको छ। « Go Back |
Supporters / Sponsors :
