दलित समाचार » दलित महिलाहरुले समूह बनाएर जडिबुटी खेती गर्न शुरु |
||
| दलित महिलाहरुले समूह बनाएर जडिबुटी खेती गर्न शुरु
Posted: August 26, 2010 रुपा गहतराज नेपालगंज रझेना -४ प्रेमनगर सुर्खेतका महिलाहरुले प्रगतिशिल दलित महिला जडिबुटी समुहको स्थापना गरी जडिबुटी खेती गर्न शुरु गरेका हुन । जडिबुटी खेतीको शुरुमा कालोमेघ तुलसी र बेसार खेतीको शुरु गरेका महिलाहरुले अहिले लेमनग्रासको खेती शुरु गरेका छन । व्यवसायीक रुपमा जडिबुटी खेती गर्न शुरु गरेका ती महिलाहरुले वार्षिक डेड लाखसम्म वचत गर्ने गरेको समूहकी अध्यक्ष गिता सुनारले जानकारी दिइन् । समुह २०६१ सालमा स्थापना भएको हो । जर्मन डेनमार्क तथा प्रुान्सबाट अवलोकनमा आएको एक टोलीले प्रोत्साहन स्वरुप रकम प्रदान गरेपछि ती महिलाहरु अझ जडिबुटि खेतीमा आर्कषित भएका हुन । « Go Back |
Supporters / Sponsors :
