दलित समाचार » जातीय विभेद गर्ने सञ्चारकर्मीले माफी मागे |
||
| जातीय विभेद गर्ने सञ्चारकर्मीले माफी मागे
Posted: August 26, 2010 सुरबहादुर परियार कैलाली । भदौ ७ गते गेटा गाविस- ७ निवासी खप्तड एफएममा प्राविधिक पदमा कार्यरत खगेन्द्र भण्डारीले सोही ठाँउमा कार्यरत समाचार प्रस्तोता कञ्चनपुर जिल्ला शकंरपुर गाविस-७ निवासी कुष्ण पिल्कोटीलाई जातीय दुर्व्यवहार गरेकोमा ०६७ भदौ ६ गते सार्वजानिक रुपमा माफी मागे । सञ्चारकर्मी खगेन्द्रं भण्डारीले भदौ १ गते पिल्कोटीलाई जातिय विभेदयुक्त शब्द प्रयोग गरी क्यान्टीनमा दुर्व्यवहार गरेका थिए । पीडित पिल्कोटीले आफूमाथि पटकपटक जातीय विभेद भएकाले एफएम व्यवस्थापनसंग न्यायका लागि आग्रह गरे पनि सुनवाइ नगरेको भन्दै धनगढीस्थित विभिन्न मानवअधिकारकर्मी र दलित अधिकारकर्मीसँग न्यायका लागि पहल गरिदिन आग्रह गरेका थिए । धनगढीस्थित राष्ट्रिय दलित नेटवर्कको सभाकक्षामा मानवअधिकारकर्मी, दलित अधिकारकर्मी, महिला अधिकारकर्मी र पत्रकारको उपस्थितिमा भण्डारीले आफूले गल्ती गरेको भन्दै माफी मागेका हुन् । पीडक भनिएका भण्डारी सोही गाविस प्रथामिक विद्यालयमा कार्यरत शिक्षक पनि हुन । एफएम व्यवस्थापनले दुवै जनालाई संस्थाबाट राजिनामा दिन लगाएको छ । Source: INSEC « Go Back |
Supporters / Sponsors :
