दलित समाचार » दलित बस्तीमा शौचालय निर्माण अभियान
दलित बस्तीमा शौचालय निर्माण अभियान
Posted: August 26, 2010
डोटी
डोटीमा पहिलो पटक एक घर एक शौचालय अभियान सञ्चालन गरिएको छ ।  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने छपाली-६, चेडीगाउँको दलित बस्तीमा सो  अभियान सुरु गरिएको हो ।
वर्षौदेखि खुला रूपमा दिसापिसाब गर्दै आएका दलितहरूले हाल शौचालय  निर्माण गरी प्रयोग गर्न थालेका छन् । दलित बस्तीका प्रत्येक घरमा  अहिले शौचालय निर्माण भएपछि दर्ुगन्ध हट्नुका साथै दिसा गर्न जंगल  जानुपर्ने समस्या टरेको स्थानीय चन्द्र नेपाली बताउँछन् ।
सो बस्तीमा शौचालय नहुँदा बस्ती नै दर्ुगन्धित हुनुका साथै बर्सर्ेे  झाडापखालाका कारण अकालमै मान्छे मर्न थालेपछि शौचालय निर्माणको  अभियान थालिएको उनले बताए । फिनल्यान्ड सरकार र नेपाल सरकारको  सम्झौतामा जिल्ला विकास समिति डोटीमार्फ सञ्चालित ग्रामीण जलस्र ोत व्यवस्थापन कार्यक्रमअर्न्तर्गत सो अभियान सञ्चालन गरिएको जिविस डो टीले जनाएको छ ।
 छपाली गाविसमा सुरु गरिएको सो कार्यक्रमअर्न्तर्गत सो दलित बस्तीलगायत  पूरै गाविसमा चार सय पाँच शौचालय र ६५ ओटा खानेपानी धारा निमार् ण भइरहेको  ग्रामीण जलस्रोत व्यवस्थापन सल्लाहकार रामबहादुर  थापाले बताए । जनश्रमदान, गाविस र परियोजनाको गरी करिब एक करोड  १७ लाख रुपैयाँको लागतमा सो अभियान सञ्चालन गरिएको छ ।
बर्सर्ेे झाडापखाला, टाइफाइड, आउँ र जन्डिसजस्ता पानीजन्य रोगबाट  ग्रसित हुने दलित बस्तीमा शौचालय निर्माण भएपछि स्वास्थ्य चौकीमा  अहिले बिरामी आउन छोडेको उपस्वास्थ्य चौकी छपालीका अहेव  वीरबहादुर थापाले बताए । 'गत वर्षगाउँभरि झाडापखाला फैलिँदा  बिरामीले स्वास्थ्य चौकी भरिएपछि उपचार गर्न भ्याईनभ्याई परेको  थियो, अहिले एकजना पनि आएका छैनन्,' अहेव थापाले भने ।
'दिसापिसाब गर्न टाढाको जंगल जानुपथ्र्यो भने साना केटाकेटीले  बाटोमै दिसा गरिदिँदा हिँड्दा नाखमुख थुनेर हिँड्नुपथ्र्यो ।  अहिले घरमै शौचालय बनेपछि सजिलो भएको छ,' स्थानीय सुरेश नेपाली  बताए ।
नेपालीले थपे, 'पोहोर साल झाडापखालाका कारण दर्ुइजना मरेका  थिए, तर यस वर्षभने स्वच्छ पानी पिउन पाउँदा कसैलाई पनि केही  भएको छैन ।' खुला दिसापिसाबका कारण पानी परेका बेला पानीको  मुहानमा मिसिने र सोही पानी पिउनुपर्ने बाध्यताले हरेक वर्षगाउँमा  झाडापखाला फैलिने गरेको समेत नेपालीले स्मरण गराए । सो दलित  बस्तीलाई खुला दिसामुक्त बनाउने अभियानअर्न्तर्गत गाउँमा गठन गरिएको  खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र स्थानीय सामाजिक  परिचालकलाई परिचालन गरिएको कार्यक्रम सल्लाहकार थापाले बताए ।
« Go Back
Supporters / Sponsors :