दलित समाचार » दलित बस्ति बाढीको जोखिममा
दलित बस्ति बाढीको जोखिममा
Posted: August 26, 2010
मोरङको लोहोन्द्रा खोलामा आएको बाढीले कटान गर्दा बेलबारी-२ स्थित श्री भानु मेमोरियल अंग्रेजी बोर्डिङ्ग सार्वजानिक शैक्षिक गुठी विद्यालय जोखिममा परेको छ । विद्यालयको पश्चिम पट्टी बाढीले कटान गरी विद्यालय क्षेत्रभित्र प्रवेश गर्न लागेको विद्यालयका पि्र_िन्सपल हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।विद्यालय क्षेत्रमा बाढी पस्न करिब १० मिटर मात्र बाँकी रहेको छ । विद्यालयको स्थानीय व्यक्तिको सहयोग र शैक्षिक गुठीका गुठीहारहरुको सहायोगमा बनेको हो । तीन कठ्ठा जग्गामा निर्मित १५ कोठे दुई तले सो विद्यालयमा माध्यमिक तहसम्मका कक्षा साचालन हुँदै आएको छ ।विद्यालयले खोला नियन्त्रणको लागि २० हजार रुपैयाँ सहयोग गरेको भएपनि बाढी नियन्त्रण हुन सकेको छैन् । तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने विद्यालयसहित विद्यालयदेखि दक्षिणतर्फको टोलमा रहेका करिब ५० घर दलित घर परिवार जोखिममा छन् ।
« Go Back
Supporters / Sponsors :