दलित समाचार » अनिश्चितकालीन विद्यालय बन्द
अनिश्चितकालीन विद्यालय बन्द
Posted: August 31, 2010
रुकुम , भाद्र १३
सदरमुकामस्थित त्रिभुवन जनता उच्च माविमा आइतबारदेखि उच्च मावि तहको पठन-पाठन अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दलित विद्यार्थी भर्नामा शुल्क लिएको भन्दै संयुक्त दलित विद्यार्थी मञ्चले उच्च माविका प्राचार्य मीनबहादुर पुनको कुर्सी जलाएपछि विद्यालय प्रशासनले आइतबारदेखि अनश्चितकालका लागि विद्यालय बन्द गरेको हो ।

विद्यालयलाई पूर्व जानकारीबिना कुर्सी जलाएको भन्दै विद्यालय प्रशासनले अनिश्चित कालीन बन्द गरेको हो । 'विद्यार्थी आफ्ना माग लिएर नियमसंगत तरिकाबाट आउनुपर्नेमा उनीहरूले अराजकता प्रदर्शन गरे ।' निमित्त प्रधानाध्यापक प्रजित रावलले भने, 'त्यसैले विद्यालय बन्द गरिएको हो ।'

रुकुम जिल्लाका सबै सरकारी शैक्षिक संस्थामा दलित विद्यार्थीलाई भर्ना शुल्क नलिने र लिएको शुल्क फिर्ता गर्ने माग राख्दै आएका रुकुमका दलित विद्यार्थीले आफ्ना माग सुनुवाई नभएको भन्दै कुर्सी जलाएका थिए ।
« Go Back
Supporters / Sponsors :