दलित समाचार » दलितले पनि गौरा मनाए
दलितले पनि गौरा मनाए
Posted: September 3, 2010
महेन्द्रनगर । कञ्चनपुरमा दलित समुदायका महिला तथा पुरुषहरुले समेत गौरा पर्व धुमधामसँग मनाए छन् । दलितहरुले गौरा मनाउनु पर्दै भन्ने मान्यतालाई त्याग्दै उनीहरुले धुमधामका साथ गौरा पर्व मनाएका हुन । भीमदत्तनगरपालिका वडा न. ७ सुकासालमा रहेको विश्वकर्माको मन्दिरमा दलितहरुले गौरा पर्व मनाएका हुन् । आजसम्म दलित समुदायले गौरा पर्व मनाउदैनथे । उनीहरुले संस्कृति सबैको साझा भएको र संस्कृतिमा जातीय विभेद गर्न नमिल्ने बताउदै गौरा पर्व मनाएको कैलाश लावडले बताउनुभयो । सुदूरपश्चिमेलीहरुको महान पर्वका रुपमा प्रचलित सांस्कृतिक पर्व गौरा सुदूरपश्चिमका जिल्लाहरुमा धुमधानका साथ मनाएको छ । गौरा पर्वको सुरुवातसँगै सुदूरपश्चिमका ७ पहाडी जिल्ला तथा कैलाली कञ्चनपुरका मन्दिर घर आँगनमा बुडापाका युवायुवती जम्मा भएर देउडा, फाग, चैत गीत गाउनुका साथै नाचेर रमाइलो गरे । पञ्चमीका दिनबाट गौरा पर्व सुरु हुने भएपनि मुख्यतया सप्तमीका दिनबाट गौराको रमझम शुरु हुने गर्दछ । पञ्चमीका दिन पञ्चनाज केराउ, गहत, गहुँ, मास र गुराँस मिलाएर भिजाईएका बिरुडा राखेपछि सप्तमीका दिन अर्थात् अस्ती खेतबाट धान, गहु, कुश, तितेपातीका बोट मिलाएर प्रतीकका रुपमा गौराको मर्ूर्ति बनाई वस्त्र र गहनाले सिङ्गारेर बाजागाजाका साथ गौरा राख्न बनाइएको घर अथवा मन्दिरमा भित्राउने गरिन्छ । अष्टमीका दिन नजिकैको खेतमा गई बनाइएको मूर्तिलाई सन्जा अर्थात् गौराको सौताको रुपमा भित्र्याई काठको शिवजीको प्रतीकसँग दुवै सँन्जा र गौराको विवाह गर्ने चलन रहेको छ । अष्टमीका दिन गाउँभरिका महिलाहरु एकैठाँउमा भेला भई गौराको धुमधामसँग पूजाआजा गर्दै दुबोधागो पनि घाटिमा लगाउने गर्दछन । गौरा पर्व घरमा नोकर राखी दास बनाउने प्रथाका विरुद्ध र ब्रत बसी गौराले शिवजी पाएको अनुसरण गर्दै मनाउन थालिएको मानिन्छ ।

« Go Back
Supporters / Sponsors :