दलित समाचार » गरिबी निवारणद्वारा १३ लाख ऋण प्रदान |
||
| गरिबी निवारणद्वारा १३ लाख ऋण प्रदान
Posted: September 3, 2010 वीरगन्ज/ सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको पहलमा तथा गरिबी निवारण कोषको सहयोगमा दोस्रो चरणको दलित समुदायलाई ऋण उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पर्साको देवरवानासहित विभिन्न गाविसको दलित समुदायलाई अनुदान ऋण प्रदान गरिएको छ । दोस्रो चरणको कार्यक्रमअन्र्तगत सो संस्थाका दलित सदस्यलाई २ लाख ४६ हजार अनुदान ऋण प्रदान गरिएको छ । त्यसैगरी सगरमाथा सामुदायिक संस्थाका दलित सदस्यलाई २ लाख २२ हजार, जिल्लाकै भौराटारमा रहेको जयदुर्गाका सदस्यलाई १ लाख ६७ हजार, ब्रह्मबाबा सामुदायिक संस्थाका सदस्यलाई २ लाख ३९ हजार र लक्ष्मी दुर्गा समितिका सदस्यलाई २ लाख ३३ हजार अनुदान ऋण वितरण गरिएको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका कार्यक्रम प्रमुख वृजकिशोर पटेलले जानकारी दिए । त्यसैगरी विश्रामपुरको सतिमाईका सदस्यलाई २ लाख ७५ हजार आयआर्जनका लागि ऋण प्रदान गरिएको पनि उनले जानकारी दिए । हालसम्म विभिन्न दलित समुदायलाई आत्मनिर्भर गराउनका लागि १३ लाख ८२ हजार ऋण प्रदान गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष इब्राइम देवान र महासचिव रामप्रवेश साह उपस्थित थिए । रासस« Go Back |
Supporters / Sponsors :
