दलित समाचार » दमाई बनिन् कल्पना सोब |
||
| दमाई बनिन् कल्पना सोब
Posted: September 6, 2010 काठमाडौं । नेपाली कांग्रेसबाट समानुपातिक सभासद् बनेकी कल्पना सोबले सभासद् बन्नका लागि थर परिवर्तन गरेको रहस्य खुलेको छ । उनले सभासद् हुनका लागि कल्पना सोब दमाई लेखेकी छन् । संविधानसभाको निर्वाचनका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको ठाडो आदेशमा उनको थर सोब पछाडि दमाई थपिएको हो । स्रोतका अनुसार उनी सम्पन्न भएको तर राजनीतिमा राम्रो ज्ञानसमेत नभएकाले अन्य दलितलाई सभासद् बनाउन नेपाली कांग्रेसको डोटी जिल्ला कार्य समितिले सिफारिस गरेको थियो तर उनी देउवाको भक्त भएकोले उनलाई दमाई थर लेखेर सभासद् बनाइएको हो । सोब थर लेख्दा सभासद् बनाउन असम्भव भएपछि दमाई लेखिएको बताइन्छ । संविधानसभामा रहेका सभासद्हरुको सुचीमा उनको नाम कल्पना सोब दमाई लेखिएको छ । उनी सुदुर पश्चिमकी सम्पन्न सुनार हुन् । उनी नेपाली कांग्रेसको आशन्न बाह्रौ महाधिवेशनमा दलित महिला कोटाबाट देउवा प्यानलबाट केन्द्रीय सदस्य उठ्दैछन् । « Go Back |
Supporters / Sponsors :
