दलित समाचार » छुवाछूतमुक्त गाउँ घोषणा
छुवाछूतमुक्त गाउँ घोषणा
Posted: September 8, 2010
धनकुटा
चानुवा गाविसलाई छुवाछूतमुक्त घोषणा गरिएको छ । आइतबार भएको सर्वपक्षीय भेलाले यो गाविसलाई छुवाछूतमुक्त गाविस बनाउने निर्णय गरेको हो । स्थानीय नागरिक समाज, राजनीतिक दलहरूका प्रमुखहरू र सरकारी निकायहरूका प्रमुखहरूले संयुक्तरूपमा हस्ताक्षर गरी यस्तो घोषणा गरेका हुन् ।  दलित उत्थान समूह चानुवाको पहलमा यस्तो घोषणा गरिएको दलित उत्थान समूह चानुवाका अध्यक्ष कुलबहादुर सुन्दासले बताए । यसैबीच सोही कार्यक्रममा चानुवाका १० जना दलित विद्यार्थीलाई सम्म्द्यान गरिएको छ ।
« Go Back
Supporters / Sponsors :