दलित समाचार » चुलो छोएको निहुमा हत्या भएकोमा सर्वत्र विरोध
चुलो छोएको निहुमा हत्या भएकोमा सर्वत्र विरोध
Posted: December 14, 2011
सीता बि.के.
बुटवल,२८ मंसिर । 
कालिकोट जिल्लाको जुविथा ६ स्थित माइधाराको पसलमा चुलो छोएको  निहुँमा कुटपिट गरि एक दलित युवाको हत्या गरेको  विरोधमा सर्वत्र निन्दा एंव विरोध भएको छ । 
जसबहादुर शाहीको चिया पसलमा मनवीरे सुनारले चुरोट सल्काउन लाग्दा मदिरा सेवन गरिरहेका  ३५ वर्षिय मिमबहादुर शाही र वडा ९ का ४५ वर्षिय दीपबहादुर शाहीले कुटपिट गर्दा जुविथा ४ कै ३१ बर्षिय मनवीरेको मृत्यु भएको हो । छुवाछुतमुक्त राष्ट्र घोषणा भईसकेको पनि बर्षेा वितिसक्दा पनि चुल्हो छोइएएको निहुमा दलितले मृत्यू वरण गनु परेको भन्दै यस क्षेत्रका दलित संघसंस्था एंव अधिकारकर्मिले विरोध गरेका हुन । 
यसैक्रममा अर्घाखाचीमा मंसिर २८ गते बुधबार  दलितहरुले दलित युवाको मृत्यूको विरोधमा २ घन्टा चक्काजाम गरेका छन् । दलित मुक्ति मोर्चा,नेपाल दलित संघ, मुक्ति समाज,समता समाज,अघाखाची सुनचादी ब्यवसायि संद्ध लगायतका संघसंस्थाले सन्धिखर्कमा दुई घन्टा बजार तथा यातायात बन्द गरेका हुन ।  

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य खड्क दर्नालको नेतृत्वमा विहान १० बजेदेखि १२ बजेसम्म उद्योग ब्यपार एंव सवारी साधन आवगमन ठप्प पारिएको थियो । सो अवसरमा बोल्दै उहाँले २१ २१ औं शताब्दिमा चुरोट सल्काउने जादा हत्या हुनु निकै लजास्पद र आपत्तिजनक भएको भन्दै दोषीलाई कडा कारवाहि गर्न माग गर्नुभयो । शनिबार दिउसो जंगलमा दाउरा काटेर बेलुकी घर फकिर्एर गाउको पसलमा चुरोट किन्न गएका सुनारलाई कुटपिट गरेपछि छिमेकीले बोकेर घर ल्याएका थिए । घाइतेको पिसाब बन्द भएपछि स्थानीय रस्मी मेडिकल लगिएको र मेडिकलले पनि जिल्ला अस्पताल लैजान भनेपछि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको थियो । कुटपिटमा संलग्न दुवै जनालाई जुविथास्थित खल्लागाड प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेको छ । 


« Go Back
Supporters / Sponsors :