दलित समाचार » कालिकोट घटनाको विरोधमा आज रुपन्देही बन्द
कालिकोट घटनाको विरोधमा आज रुपन्देही बन्द
Posted: December 23, 2011
सीता बि .के., 
बुटवल ,पुष ८
कालिकोट जुविथा ६ का मनविर सुनारको  चुल्हो छोएको निहुुमा हत्या भएको विरोधमा संयुक्त संघर्ष समिति रुपन्देहीले आज रुपन्देही  बन्द गरेको  छ ।बन्दले रुपन्देहीको जनजिवन प्रभाबित भएको छ । बन्दका कारण शिक्षण संस्था ,यातायात ,कलकारखाना ,व्यापार पुर्णरुपमा ठप्प भएको छ । यसैविच प्रशाशसनलाई दवाव दिनको लागि बन्द आह्वान गरिएकाले एम्बुलेन्स,दुध बोक्ने गाडी,प्रेस लगायतका अत्यावश्यक सवारी साधनलाइ भने छुट दिएको छ ।  रुपन्देहीका विभिन्न दल निकटका जनबर्गिय संगठनहरुले मनविर सुनारलाई शहिद घोषण गर्नुपर्ने,परिवारलाई क्षतिपूर्ति र दोषीलाई कडा कारवाहिको माग गर्दै बन्द आह्वान गरेका हुन् ।बुटवलमा प्रदर्शनी संचालन अवधिभर बन्द नगर्ने माउ पार्टिहरुले प्रतिबद्धता जनाएपनि सुनारको हत्यामा सरकार र दलहरु कसैले पनि वास्ता नगरेको भन्दै बन्द गरिएको दलित मुक्ति मोर्चाका पदम विश्वकर्माले बताउनुभयो ।

दलित मुक्ति मोर्चा,नेपाल दलित संघ,उत्पीडित जातिय मुक्ति समाज,समता समाज सहितका विभिन्न जनबर्गिय संगठन र दलित अधिकारकर्मिहरुले संयुक्त रुपमा बन्द आह्वान गरेका हुन् ।संघर्ष समितिले प्रदर्शनीका लागि बुटवल आएका वेला प्रधानमन्त्रि डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझेपनि प्रधानमन्त्रिले कुनै पनि जवाफ नदिएको भन्दै सरकारले यो घटनालाई बेवास्ता गरेको संघर्ष समितिले  जनएको छ ।  


« Go Back
Supporters / Sponsors :